सामग्रीमा जानुहोस्

रुपन्देही जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रूपन्देही जिल्लाबाट अनुप्रेषित)
रुपन्देही जिल्ला
सिद्धार्थ गौतमको जन्मस्थल
सिद्धार्थ गौतमको जन्मस्थल
रुपन्देहीको स्थानको अवस्थिति
रुपन्देहीको स्थान
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
सदरमुकामसिद्धार्थनगर
स्थानीय तहहरू
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, रुपन्देही
क्षेत्रफल
 • जम्मा१३६० किमी (५३० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१११८९७५
 • घनत्व८२०/किमी (२१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली, भोजपुरी, अवधी, थारु

रुपन्देही नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यस जिल्लाको पूर्वमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पश्चिममा कपिलवस्तु जिल्ला, उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ। गौतम बुद्धको पवित्र जन्मस्थलको रूपमा विश्वमा नै परिचित यो जिल्ला ऐतिहासिक भौगोलिक एंव पर्यटकीय दृष्टिले ज्यादै महत्त्वपूर्ण मानिन्छ।[]

यस जिल्लाको नामाकरणको सम्वन्ध भगवान गौतम बुद्धसँग जोडिएको छ। गौतम बुद्धको आमा माया देवी यसै जिल्ला देवदहको भवानीपूरमा जन्मिएकी थिइन। उनी अत्यन्त सुन्दरी भएकोले उनलाई रूपिदेवी भनिन्थ्यो र त्यही शब्द रूपिदेवीवाट रूपिन्देही र रुपन्देही भएको हो भन्ने भनाई छ।[]

यहाँका प्रमुख जनजातिमा ब्राहमण,क्षेत्री, थारु, मसुलमान, यादव, लोध, गुरुङ्ग, पासी, तेली, मल्लाह, धोवी आदि हुन। राष्ट्रिय भाषा नेपाली भएपनि यस जिल्लामा ६१%ले भोजपुरी, २४%ले नेपाली, ९% लेथारु र ६%ले विभिन्न भाषाहरू बोल्ने गरेके पाइन्छ।[]

यस जिल्लाको मुख्य पेशा कृषि नै हो र कुल क्षेत्रक्रल मध्ये ८५९२२२ हेक्टर जमिन खेतीपातीको लागि उपयुक्त रहेको छ। यस जिल्लामा सतह सिंचाई, भूमिगतसिंचाई र लिफ्ट सिंचाईको माध्यमबाट ४८% खेती योग्य जमिनका सिंचाई सुविधा उपलब्ध छ। सिंचाईको मूख्य स्रोत नदि नाला भएपनि वर्षा याममा अध्यधिक पानीका बहावले गर्दा भू-क्षय, बाढी पहिरोर नदि कटान जस्ता गम्भीर समस्याहरू उत्पन्न हुने गर्दछन्। समतल भू-भाग, यातायातको सुविधा (सिर्द्धार्थ र महेन्द्र राजमार्गको मुख्य योगदान), कच्चा पर्द्धार्थ उपलब्धता, मेशिनरी औजारहरूको पैठारीमा सुगमता र उपलब्ध बजारको कारणले गर्दा यस जिल्लामा ठुला, मझौला र स(साना विविध उद्योगहरू स्थापना भएका छन्। बुटवल र सिर्द्धार्थनगर यस जिल्लाका महत्त्वपूर्ण औधौगिक एंव व्यापारी क्षेत्र हुन्।[][]

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

जिल्लामा १ उपमहानगरपालिका ५ नगरपालिका र १० गाउँपालिकाहरू गरि १६ वटा स्थानीय तहहरू रहेका छन्।[]

रुपन्देही जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तहहरू समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग किमी) जनघनत्व (वर्ग किमी)
बुटवल उपमहानगरपालिका सेमलारमोतिपुर १९ वुटवल १,९४,३३५ १०१.६१ १,९००
देवदह नगरपालिका देवदह, केरवानीसिक्टहन १२ देवदह ७२,४५७ १३६.९५ ५३०
लुम्बिनी सांस्कृतिक नगरपालिका लुम्बिनी आदर्श, भगवानपुर, तेनुहुवा, एकला, खुदावागर, मधुवनीमसिना १३ लुम्बिनी आदर्श ७२,४५७ ११२.१२ ६५०
सैनामैना नगरपालिका पर्रोहादुधराक्ष ११ बुद्धनगर ७८,३९३ १६२.१८ ४८०
सिद्धार्थनगर नगरपालिका १३ भैरहवा ७४,४३६ ३६.०३ २,१००
तिलोत्तमा नगरपालिका गङ्गोलिया, मधवलिया, करहिया, टिकुलिगढ, मक्रहर, शङ्करनगरआनन्दवन १७ आनन्दवन १४९,४७९ १२६.१९ १,२००
ओमसतिया गाउँपालिका छोटी रामनगर, पडसरी, हाटी फर्साटिकर, पटखौलीवसन्तपुर हाटी फर्साटिकर ४१,१४१ ४८.५४ ८५०
कञ्चन गाउँपालिका रुद्रपुरगजेडी ब्यहोरी ४२,५२८ ५८.५१ ७३०
कोटहीमाई गाउँपालिका सक्रौनपकडी, सिपवा, मझगावा, मर्यादपुर, र बैरघाट मझगावा ४५,९४५ ५८.२६ ७९०
१० गैडहवा गाउँपालिका सूर्यपुरा, जोगडा, साडीविष्णुपुरा विष्णुपुरा ५६,१४९ ९६.७९ ५८०
११ मर्चवारी गाउँपालिका रायपुर, बगौली, सिलौटियासेमरा मर्चवार रायपुर ४०,८८० ४८.५५ ८४०
१२ मायादेवी गाउँपालिका गोनाहा, धमोली, हाटी बनगाईकम्हरिया कम्हरिया ५६,१७० ७२.४४ ७८०
१३ रोहिणी गाउँपालिका धकधइ, बगाहा, पजरकट्टी, पोखरभिण्डी, छिपागढबोदवार धकधइ ४३,३२७ ६४.६२ ६७०
१४ शुद्धोधन गाउँपालिका खडवा वनगाई, मानपकडी, सौराहा फर्साटिकरमानमटेरिया मानपकडी ४१,९०७ ५७.६६ ७३०
१५ सम्मरीमाई गाउँपालिका करौता, थुमहवा पिप्रहवा, फरेना, असुरैना, रोइनिहवाबेतकुइया फरेना ४३,०४४ ५०.७८ ८५०
१६ सियारी गाउँपालिका मैनहिया, हर्नैया, चिल्हिया, पश्चिम अमुवादयानगर हर्नैया ४४,९८५ ६६.१७ ६८०
रुपन्देही जिल्लाका पूर्व गाविसहरूको नक्सा

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "National Population Census 2016", National Planning Commission Secretariat, Central Bureau of Statistics (CBS), Government of Nepal, सेप्टेम्बर २०११, मूलबाट २०१२-०४-१५-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०४-१५ मिति
  2. २.० २.१ २.२ २.३ "जिल्ला विकास समिति, रुपन्देही (जनसाङ्ख्यिकीय रिपोर्टहरू तथा भौगोलिक अवस्थिति र हावापानी)", जिल्ला विकास समिति, रुपन्देही, http://www.ddcrupandehi.gov.np/app/webroot/index.php/content_pages/view/1035। 
  3. "रुपन्देही जिल्लाको सङ्क्षिप्त परिचय", जीविस रुपन्देही 
  4. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]