सामग्रीमा जानुहोस्

मनाङ जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मनाङ
मनाङ जिल्लामा अवस्थित एक गाउँ को दृश्य
मनाङ जिल्लामा अवस्थित एक गाउँ को दृश्य
नेपालको नक्शामा मनाङ जिल्ला (रातो)को अवस्थिति
नेपालको नक्शामा मनाङ जिल्ला (रातो)
देश नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल
अञ्चलगण्डकी अञ्चल
जिल्लामनाङ जिल्ला
सदरमुकामचामे
क्षेत्रफल
 • जम्मा२,२४६ किमी (८६७ वर्ग माइल)
उच्चतम उचाई
८,१६३ मिटर (२६७८१ फिट)
न्यूनतम उचाई
१,८८० मिटर (६१७० फिट)
जनसङ्ख्या
 (वि. सं. २०६८)नेपालको राष्ट्रिय जनगणना[][]
 • जम्मा६,५३८
 • घनत्व३/किमी (८/वर्ग माइल)
जातीयता
 • मुख्य जातीयताब्राह्मण, घले, लिम्बु, भोटे, शेर्पा
भाषा
 • मुख्य भाषाहरूनेपाली, लिम्बु, शेर्पा, राई भाषा
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६६
गाविस संख्या१३
नगरपालिकाचामे
वेबसाइटwww.ddcmanang.gov.np

मनाङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चलमा अवस्थित हिमालपारीको सुन्दर जिल्ला हो। नेपाल सरकारको मापदण्ड अनुसार अति दुर्गम जिल्ला अर्थात् "क" वर्गको जिल्लाको रूपमा मनाङ पर्दछ।[]

कुल क्षेत्रफल २,२४६ वर्ग कि.मी. ओगटेको यस जिल्लाको सिमाना पूर्वमा गोरखालमजुङ, पश्चिममा मुस्ताङम्याग्दी, दक्षिणमा कास्कीलमजुङ तथा उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ। जिल्लाको भौगोलिक सुन्दरताको वयान गर्दा अति नै लोभ लाग्दा दृश्यहरू, अग्ला भिराला पहाडहरू र उच्च हिमश्रृखलाहरू जस्ता विषेशताहरू भएको यस जिल्लामा पूर्वमा मनास्लु, पश्चिममा दामोदर, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल पर्दछन् भने उत्तरमा तिब्बतको पेरी र चीन हिमाल पर्दछन्। मनाङ जिल्ला थुप्रै स्वदेशी तथा विदेशी पर्यटक/पदयात्रीको गन्तव्य मार्ग, बहुमुल्य जडिबुटी, वन सम्पदा, अपार जलस्रोतको धनी, विश्वको सबभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल तथा कुण्डहरूको बेजोड संगम भएको जिल्ला हो।[]

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

जिल्लामा ४ गाउँपालिकाहरू रहेका छन्।[]

मनाङ जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तहहरू समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग किमी) जनघनत्व (वर्ग किमी)
मनाङ ङिस्याङ गाउँपालिका भ्राका, खाङ्सार, मनाङ, पिसाङ, टङ्कीमनाङ, घ्यारुङावल मनाङ १,५९५ ६९४.६३ २.३
नार्पा भूमि गाउँपालिका नारफू नार ३९६ ८३७.५४ ०.४७
चामे गाउँपालिका चामे चामे १,२७६ ७८.८६ १६
नासोँ गाउँपालिका धारापानी, थोचे, र ताचैबगरछाप धारापानी १,६७१ ७०९.५८ २.४
मनाङ जिल्लाका पूर्व गाविसहरूको नक्सा

राष्ट्रिय जनगणना २०६८ अनुसार मनाङ जिल्लाको कूल जनसङ्ख्या ६,५३८ जना मध्ये पुरुष ३,६६१ जना र महिला २,८७७ रहेका छन ।[][]

जिल्लाको सबैभन्दा ठूलो गाउँ मनाङबाट नै जिल्लाको नामाकरण भएको पाइन्छ। मनाङ् शब्द तिब्बती भाषाको "म्हनाङ्" शब्दबाट अपभ्रंश भएर आएको मानिन्छ। तिब्वती भाषामा "म्ह"को अर्थ सहायता र "नाङ"को अर्थ देउ भन्ने हुन्छ। बिकट भौगोलिक परीवेशमा रहेको र वाह्य साहयता बिना जनजीवन अतीकष्टकर रहेको भन्ने अर्थमा बुझ्नु पर्ने हुन्छ।[]

जिल्लाको इतिहास

[सम्पादन गर्नुहोस्]

सन १७८१मा रणबहादुर शाहको शासनकालमा नेपाल राज्यमा एकिकरण हुनु भन्दा आगाडी यो जिल्ला लमजुड राज्य कै एक अङ्गको रूपमा रहेको थियो। पछि यस जिल्लालाई पश्चिम ३ नं. गोश्वारा अन्तर्गत पोखरा स्थित बडाहाकिम मार्फत राखि प्रशासन सञ्चालन गरियो। वि.सं. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा बिभाजन गर्दा गण्डकी अञ्चल अन्तर्गत एउटा छुट्टै जिल्लाको रूपमा स्थापित भएको हो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ "नेपालका जिल्लाहरूको सम्पूर्ण विवरण (जनसङ्ख्या, क्षेत्रफल, सदरमुकाम )", http://www.statoids.com/ynp.html 
  2. २.० २.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१८ मिति
  3. ३.० ३.१ ३.२ ३.३ "जिल्ला विकास समिति, मनाङ (तथ्याङकीय जानकारी)", जिल्ला विकास समिति, मनाङ, http://www.ddcmanang.gov.np/index.php?page=page&cid=1&id=78। 
  4. "मनाङ जिल्ला" 
  5. "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]