सामग्रीमा जानुहोस्

भानु नगरपालिका

भानु नगरपालिका
{{{official_name}}}को अवस्थिति
भानु नगरपालिका तनहुँ जिल्ला-को अवस्थिति
भानु नगरपालिका
भानु नगरपालिका गण्डकी प्रदेश-को अवस्थिति
भानु नगरपालिका
भानु नगरपालिका नेपाल-को अवस्थिति
भानु नगरपालिका
निर्देशाङ्क: २७°५४′१३″ उत्तर ८४°३२′२४″ पूर्व / २७.९०३७° उत्तर ८४.५३९९° पूर्व / 27.9037; 84.5399
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लातनहुँ
स्थापित२१ पुस २०७२
सरकार
  नगरप्रमुखआनन्दराज त्रिपाठी (ने.का.)
  उपप्रमुखउमा गोतामे (ने.का.)
क्षेत्रफल
  जम्मा१८४.२९ किमी (७१.१५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४२,७९४
  घनत्व२३०/किमी (६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-६५
केन्द्रसाविक भानु गाविसको कार्यालय, फुस्रेटार
वेबसाइटआधिकारिक वेबसाइट

भानु नगरपालिका तनहुँ जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २१ पुस २०७२ मा, नगरपालिका घोषणा गर्दा साविकका भानुबरभञ्ज्याङ गाविसहरू गाभिएर थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा वसन्तपुर, मिर्लुङ, रिस्ती (६), सतिस्वाँरा (१-५), तनहुँसुर (१-३), चोकचिसापानीरूपाकोट गाविसहरू यसमा गाभिएका थिए। यो नगरपालिका १३ वडाहरूमा विभाजित छ। यसको नाम आदिकवि भानुभक्त आचार्यको नामबाट राखिएको थियो।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भानु नगरपालिकाको कुल जनसङ्ख्या ४२,७९४ रहेको छ भने यहाँ १२,७०५ घरधुरी रहेका छन्।[]

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार भानु नगरपालिकाको कुल जनसङ्ख्या ४२,७९४ रहेको छ। यस नगरपालिकालाई १३ वटा वडाहरूमा विभाजन गरिएको छ। नगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

भानु नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरू/गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
भानु (५)४,३८५५.५१७९५.८३
भानु (६-७)३,२२७१२.०३२६८.२५
भानु (१,८)३,९३३९.०७४३३.६३
भानु (२-४,९)३,११५१८.०३१७२.७७
बरभञ्ज्याङ (१-६)३,०२६१९.११५८.४३
तनहुँसुर (१-३), बरभञ्ज्याङ (७-९) र सतिस्वाँरा (१)३,०६७१६.३४१८७.७०
वसन्तपुर२,८१७२०.५७१३६.९५
पुर्कोट (४,६-९)३,५३६११.३९३१०.४५
पुर्कोट (१-३,५)३,५५२७.६५४६४.३१
१०चोकचिसापानी३,३२०१४.९२२२.८२
११रुपाकोट३,५७७१६.९२११.६६
१२मिर्लुङ (१-६)२,७८६१६.३३१७०.६१
१३मिर्लुङ (७-९), रिस्ती (६) र सतिस्वाँरा (२-५)२,४५३१६.४७१४८.९४
जम्मा४२,७९४१८४.२९२३२.२०

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]