भानु नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भानु
भानु नगरपालिकाको वडा विभाजन
भानु नगरपालिकाको वडा विभाजन
राष्ट्र नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल
अञ्चलगण्डकी
जिल्लातनहुँ
स्थापना२०७२ आस्विन १
सरकार
 • मेयरआनन्द राज त्रिपाठी
 • उप मेयरउमा गोतामे
क्षेत्रफल
 • जम्मा७३.५ किमी (२८.४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,२४९
 • घनत्व२५०/किमी (६४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
 • ग्रीष्म (डिएसटी)पोखरा
क्षेत्रीय सङ्केत+९७७-६५
वेबसाइटbhanumun.gov.np

भानु नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चलमा पर्ने तनहुँ जिल्लामा अवस्थित एक नगरपालिका हो।[१][२][३][४] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा तनहुँ जिल्लामामा भानुबरभञ्ज्याङ यी २ गाउँ विकास समितिहरूलाई समेटेर भानु नगरपालिका घोषणा गरिएको हो।[४] भानु नगरपालिकाको केन्द्र साविकको भानु गाउँ विकास समितिको कार्यालयमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[५]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

भानुबरभञ्ज्याङ यी २ गाउँ विकास समितिहरूलाई मिलाएर भानु नगरपालिका बनाइएको हो।[६] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी २ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर भानु नगरपालिकाको जनसङ्ख्या १८,२४९ रहेको छ ।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "२६ नयाँ नगरपालिका थप", नागरिक न्युज, अन्तिम पहुँच १ असोज २०७२ 
  2. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, अन्तिम पहुँच १ असोज २०७२ 
  3. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबर, अन्तिम पहुँच १ असोज २०७२ 
  4. ४.० ४.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति
  5. "तनहुँमा दुई नगरपालिका थपिए भानु र आँबुखैरेनी नगरपालिका", सेतीमादी, १ असोज, २०७२, अन्तिम पहुँच १ असोज [dead link]
  6. ६.० ६.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]