शुक्लगण्डकी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शुक्लगण्डकी
शुक्लगण्डकी नगरपालिका
शुक्लगण्डकी नगरपालिका
देश नेपाल
अञ्चलगण्डकी अञ्चल
जिल्लातनहुँ जिल्ला
स्थापना२०७१ वैशाख २५
सरकार
 • मेयरकृष्णराज पण्डित
 • उप मेयरखुम बहादुर बिक राजु
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा३८,३०७[१]
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
३३९००
क्षेत्रीय सङ्केत०६५
वेबसाइटwww.shuklagandakimun.gov.np

पश्चिम नेपालको तनहुँ जिल्लामा रहेको शुक्लगण्डकी नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । दुलेगौँडा बजार रहेको ठाँउलाई केन्द्र बनाइएको छ ।[२] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा दुलेगौँडा,खैरेनीटारढोरफिर्दी गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

दुलेगौँडा, खैरेनीटारढोरफिर्दी गाविसहरूलाई मिलाएर शुक्लगण्डकी नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर ३८,३०७ रहेको छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  2. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [dead link]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]