ऋषिङ्ग गाउँपालिका
स्वरूप
ऋषिङ्ग गाउँपालिका | |
|---|---|
| निर्देशाङ्क: २७°५४′१३″N ८४°३२′२४″E / 27.9037°N 84.5399°E | |
| देश | |
| प्रदेश | गण्डकी प्रदेश |
| जिल्ला | तनहुँ |
| स्थापित | २७ फागुन २०७३ |
| सरकार | |
| • अध्यक्ष | राजेन्द्रकृष्ण श्रेष्ठ (नेपाली काङ्ग्रेस) |
| • उपाध्यक्ष | गिनुमाया थापा (नेपाली काङ्ग्रेस) |
| क्षेत्रफल | |
| • जम्मा | २१५ किमी२ (८३ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | १७,९१८ |
| • घनत्व | ८३/किमी२ (२२०/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
| क्षेत्रीय सङ्केत | +९७७-६५ |
| केन्द्र | साविक कोटदरबार गाविसको कार्यालय |
| वेबसाइट | आधिकारिक वेबसाइट |
ऋषिङ्ग गाउँपालिका तनहुँ जिल्लाका ६ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कोटदरबार, भिरकोट, ऋषिङ रानीपोखरी (१-८), काहूँशिवपुर, राम्जाकोट (१-८) र बैदी (१-३) गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार ऋषिङ्ग गाउँपालिकाको कुल जनसङ्ख्या १७,९१८ रहेको छ भने यहाँ ४,६६९ घरधुरी रहेका छन्।[२]
भौगोलिक अवस्थिति
[सम्पादन गर्नुहोस्]ऋषिङ गाउँपालिकामा ८ वडाहरू रहेका छन्। ऋषिङको कुल क्षेत्रफल २१५ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा देवघाट गाउँपालिका र व्यास नगरपालिका पर्दछन् भने पश्चिममा घिरिङ गाउँपालिका र भिमाद नगरपालिका छ। यसको उत्तरी भागमा व्यास नगरपालिका र म्याग्दे गाउँपालिका छ भने दक्षिणी क्षेत्रमा नवलपरासी जिल्ला पर्दछ।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ ३.० ३.१ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति