म्याग्दे गाउँपालिका
म्याग्दे | |
---|---|
![]() म्याग्दे गाउँपालिकाको वडा विभाजन | |
देश | ![]() |
प्रदेश | प्रदेश नं. ४ |
जिल्ला | तनहुँ |
स्थापना | २७ फाल्गुण २०७३ |
क्षेत्रफल | |
• जम्मा | ११५ किमी२ (४४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २२,५०२ |
• घनत्व | २००/किमी२ (५१०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६५ |
केन्द्र | साविकको छाङ गाविसको कार्यालय |
म्याग्दे तनहुँ जिल्लाको मध्य भागमा फैलिएको एक गाउँपालिका हो ।[१] विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा तनहुँ जिल्लामा छाङ, जामुने र मनपाङ गाउँ विकास समितिहरूलाई समेटेर म्याग्दे गाउँपालिका घोषणा गरिएको हो ।[२]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
प्रदेश नं. ४ स्थित तनहुँ जिल्लामा छाङ, जामुने र मनपाङ गाविसहरूलाई मिलाएर म्याग्दे गाउँपालिका बनाइएको हो । राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर म्याग्दे गाउँपालिकाको जनसङ्ख्या २२,५०२ रहेको छ ।[३][४]
भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]
म्याग्दे गाउँपालिकामा ७ वडाहरू रहेका छन । म्याग्देको कुल क्षेत्रफल ११५ वर्ग किमी छ । यो गाउँपालिकाको पूर्वमा व्यास नगरपालिका पर्दछ भने पश्चिममा शुक्लगण्डकी नगरपालिका र भिमाद नगरपालिका छ । यसको उत्तरी भागमा व्यास नगरपालिका र शुक्लगण्डकी नगरपालिका छ भने दक्षिणी क्षेत्रमा भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका पर्दछ ।[५]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३।
- ↑ "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१७ मिति
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।