सामग्रीमा जानुहोस्

व्यास नगरपालिका

व्यास
भानुघाँसी स्मारक पार्कमा रहेको भानुभक्तको शालिक
भानुघाँसी स्मारक पार्कमा रहेको भानुभक्तको शालिक
व्यास मा पर्दछ गण्डकी प्रदेश
व्यास
व्यास
नक्सामा व्यासको अवस्थिति
व्यास मा पर्दछ नेपाल
व्यास
व्यास
व्यास (नेपाल)
निर्देशाङ्क: २७°५८′३५″उ ८४°१६′०५″पू / 27.97639°N 84.26806°E / 27.97639; 84.26806
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लातनहुँ जिल्ला
वडा सङ्ख्या१४
नगरपालिकावि.सं. २०४८ चैत्र ३०[]
सम्मिलित (गाविस)फराकचौर, गुणाडी र घाँसीकुवा
सम्मिलित (गाविस)पोखरी भञ्ज्याङ
सम्मिलित मितिवि.सं. २०७१ पुस २८[]
सम्मिलित (गाविस)केशवटार (२-७), क्यामिन, घाँसीकुवा (२-८), तनहुँसुर (४-९), रिस्ती (१-५, ७-९), श्याम्घासतिश्वरा (६-९)
सम्मिलित मितिवि.सं. २०७३ फाल्गुण २७[]
सरकार
  नगरप्रमुखवैकुण्ठनाथ न्यौपाने (नेपाली काङ्ग्रेस)[]
  उपप्रमुखइन्दिरा दरै (नेपाली काङ्ग्रेस)[]
क्षेत्रफल
  जम्मा२४८ किमी (९६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा७८,९३९
  घनत्व३२०/किमी (८२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
३३९००
क्षेत्रीय सङ्केत+९७७-६५
वेबसाइटआधिकारिक वेबसाइट

व्यास नेपालको गण्डकी प्रदेशमा पर्ने तनहुँ जिल्लाको एक नगरपालिका हो। तनहुँ जिल्लाको सदरमुकाम दमौली यस नगरपालिका भित्रको एक केन्द्रीय स्थल हो। यो नगरपालिका मादी नदीको किनारमा पर्दछ। व्यास नगरपालिका नेपालको राजधानी सहर काठमाडौँदेखि १५० किलोमिटर पश्चिममा तथा प्रादेशिक राजधानी पोखराबाट ५० किलोमिटर पूर्व पृथ्वी राजमार्गको छेउमा रहेको छ।

नेपालको नगरपालिका ऐन, २०४७ लाई आधार बनाएर तत्कालीन सरकारले वि.सं. २०४८ चैत्र ३० गतेदेखि लागु हुने गरि गरेको निर्णय र सोही मितिमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार तनहुँ जिल्लाको तत्कालीन फराकचौर, गुणाडी र घाँसीकुवा गाउँ विकास समितिको आंशिक भूभागहरूलाई समेटेर यसलाई नगरपालिका घोषणा गरेको थियो। व्यास नगरपालिका तनहूँ जिल्लाको मध्य भागमा रहेकाले आवागमन सुविधा, प्रचुर जलप्रवाह तथा अपेक्षाकृत भू-समताले गर्दा आर्कषणको केन्द्र विन्दु बनेको हो। जिल्ला सदरमुकाम दमौली समेत यसै नगरपालिकाको केन्द्रीय स्थल रहेकोले जिल्लाका विभिन्न स्थानहरूबाट सरकारी कामकाजको लागि मानिसहरूको आवतजावत भइरहेको हुन्छ।

राजनैतिक तथा प्रशासनिक इतिहास

[सम्पादन गर्नुहोस्]

पञ्चायती व्यवस्थाको अन्त्य भएपछि तत्कालिन श्री ५ को सरकारद्वारा वि.सं. २०४७ साल जेठ २८ गते[] नगरपालिका ऐन, २०४७ घोषणा गरिएको थियो। यसै ऐनलाई टेकेर तत्कालिन सरकारले वि.सं. २०४८ चैत्र ३० गते नेपालमा तीन वटा नयाँ नगरपालिका थप्दा व्यास पनि नयाँ नगरपालिका बन्न पुगेको थियो।[] नगरपालिका ऐन, २०४७ बमोजिम गठन हुने नेपालको पहिलो तीन नगरपालिकाहरू मध्ये व्यास नगरपालिका पनि एक हो।

व्यासलाई तत्कालिन सरकार मन्त्रिपरिषदको विकास समितिले वि.सं. २०७१ साल मङ्सिर १६ गते गरेको निर्णय र वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार तत्कालिन पोखरी भञ्ज्याङ गाविसलाई समावेश गरेर यो नगरपालिकाको क्षेत्र विस्तार गरेको थियो।[] सङ्घीय शासन व्यवस्था लागू भएपछि देशमा स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार यो नगरपालिकामा तत्कालीन केशवटारको वडा नं. २ देखि ७, क्यामिन, घाँसीकुवाको वडा नं. २ देखि ८, तनहुँसुरको वडा नं. ४ देखि ९, रिस्तीको वडा नं. १ देखि ५ र वडा नं. ७ देखि ९, श्याम्घासतिश्वराको वडा नं. ६ देखि ९ वडासम्मको गाउँ विकास समितिहरू थपेर यसको क्षेत्र विस्तार गरेको थियो।[][][१०][११]

हिन्दू धर्मका महर्षि वेदव्यासको जन्म यसै पावनभूमिमा भएको विश्वासको आधारमा उनै ऋषि वेदव्यासको नामबाट यस नगरपालिकाको नामकरण गरिएको हो। मगर भाषामा 'व्यास' को अर्थ 'भूलभूल' वा 'जमीनबाट पलाएको पानी' भन्ने हुन्छ। यो क्षेत्र आदिम कालदेखि नै महर्षिहरूको आदर्श तपोभूमि मानिएको छ।

यो मादीसेती नदीको सङ्गमदेखि उत्तर किनारमा अवस्थित छ। समुद्र सतहदेखि ३०८ मिटरको उचाइमा पर्ने यो नगर महाभारत पर्वत शृङ्खलाको उत्तरी खोचमा पर्दछ। यस नगरपालिकाको पूर्वमा भानु नगरपालिकाबन्दीपुर गाउँपालिका, पश्चिममा म्याग्दे गाउँपालिकाशुक्लगण्डकी नगरपालिका, उत्तरमा लम्जुङकास्की जिल्ला तथा दक्षिणमा ऋषिङ्ग गाउँपालिकादेवघाट गाउँपालिका रहेको छ। चारैतिर हराभरा वनजङ्गल तथा फाँट र नदीहरूको साथमा अवस्थित यो नगरपालिका आफ्नो प्राकृतिक क्षेत्रको लागि लोकप्रिय रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार व्यास नगरपालिकाको कुल जनसङ्ख्या ७८,९३९ रहेको छ भने यहाँ २२,५८५ घरधुरी रहेका छन्।[]

व्यास नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश गाविस / नगरपालिकाजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
व्यास (१)१४,५९४८.९२१६३६.१०
व्यास (२)७,६११०.३४२२३८५.२९
व्यास (१०)३,८५१०.७४५२०४.०५
व्यास (११)८,०००२.१२३७७३.५८
व्यास (६–८)८,०८३२०.१६४००.९४
श्याम्घा४,५२९३५.३४१२८.१६
क्यामिन (१, ३, ७–९)३,३४४२१.२१५७.७४
क्यामिन (६) र रिस्ती (१–५, ७–९)१,८१६२०.०८९०.४४
क्यामिन (२, ४, ५), तनहुँसुर (६, ८) र सतिस्वाँरा (६–९)३,०६१२५.०६१२२.१५
१०व्यास (५, ९)७१९४१५.११४७६.१०
११व्यास (३, ४), घाँसीकुवा (६) र तनहुँसुर (४, ५, ७, ९)६,३१६३३.३३१८९.५०
१२घाँसीकुवा (२–५, ७, ८)४,७०३१५.४३०५.३९
१३पोखरी भञ्ज्याङ३,५२५२६.०७१३५.२१
१४केशवटार (२–७)२,३१२२४.४९९४.४१
जम्मा७८,९३९२४८.३६३१७.८४

पर्यटकीय स्थल

[सम्पादन गर्नुहोस्]

व्यास नगरपालिकाभित्र भानुघाँसी स्मारक पार्क, छाब्दी बराह, तनहुँसुर[१२], व्यास गुफा[१३], मानहुँकोट[१४], गलेखामकोट लगायतका प्राकृतिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरू रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "नगरपालिकाको क्षेत्र तोकेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०४८ चैत्र ३०, पृ: १२, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १२
  2. 1 2 "शंखरापुर लगायत बिभिन्न नगरपालिका घोषणा" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७१ पुस २८, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन ७
  3. 1 2 "गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाको क्षेत्र तोकी केन्द्र कायम गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७३ फाल्गुण २७, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९
  4. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  5. 1 2 3 निर्वाचित पदाधिकारी विवरण, व्यास नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, व्यास, व्यास नगरपालिका, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १३
  6. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  7. "नगरपालिका ऐन, २०४७" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०४७ जेठ २८, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १०
  8. "ईलाम समेतका क्षेत्रलाई नगर क्षेत्र घोषणा गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०४७ जेठ ३०, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १०
  9. "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन ०७ अभिलेखिकरण २०२२-०२-१९ वेब्याक मेसिन
  10. काफ्ले, प्रतिक्षा (वि.सं. २०७३ फाल्गुन ३०), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन ०७ अभिलेखिकरण २०१७-०५-०६ वेब्याक मेसिन
  11. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, वि.सं. २०७३ फाल्गुन ३०, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन ०७ अभिलेखिकरण २०१७-०५-१८ वेब्याक मेसिन
  12. "यस्तो छ ‘तनहुँसुर’को इतिहास", घटना र विचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२६
  13. "व्यास गुफा", नेपालीपत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२६ अभिलेखिकरण २०२२-०२-२६ वेब्याक मेसिन
  14. "पर्यटकीय गन्तव्य बन्दै मानहुँकोट", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२६

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]