व्यास (ऋषि)
महर्षी वेदव्यासलाई भगवान् विष्णुका २४ अवतारहरूमा एक अवतार मानिएको छ। उनको नाम कृष्ण द्धैपायन हो | श्री मद्देवीभागवतका अनुसार महर्षि वेदव्यास प्रत्येक द्वापर युगमा अवतरित हुन्छन्। यहाँ भन्दा पहिले २८ वटा व्यासहरू अवतरित भइ सकेको पुष्टी गरिएको छ।[१]
व्यास ऋषिको जन्म[सम्पादन गर्ने]
व्यास ऋषिको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि ८ कि.मि. पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा ब्यासकी माता सत्यवतीको जन्म भएको थियो | माछाको रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको हो भनिन्छ| सत्यवती ६,७ बर्षकी सानी बालिका छदा घुम्दै, फिर्दै दमौलीमा माझीहरूको डुंगा चलेको ठाउँमा पुगीछिन् र ती माझीहरूले यति सानी माया लाग्दी बालिकालाई देखेर घरमा लगी केही दिन पालेछ्न् | त्यतिबेला पराशर ऋषिको आश्रम पनि दमौली नजीकै रहेछ | घुम्दै फिर्दै एकदिन पराशर ऋषि र सत्यवातीको भेट भएछ | भेटको सिलसिलामा तत्काल पराशर ऋषिले ऋतुदान लेउ भनी सत्यवतीसँग अनुरोध गर्दा सत्यवतीले 'म यति सानी बालिका , तपाई जवान मानिससंग कसरी ऋतुदान लिने ' भन्दा पराशरले म तिमीलाई म जस्तै जवान बनाइदिन्छु भनी प्रतिज्ञा गरी सत्यवातीलाई आफूसमान बनाए पश्चात् ऋतुदानका लागि पराशरले अनुरोध गर्दा सत्वतीले यस्तो चकमन्न घाममा यो कसरी सम्भव हुन्छ भनी सोधनी गर्दा पराशरले म कुहिरो उत्पन्न गरिदिन्छु भनेछन् र तत्कालै कुहिरो उत्पति हुन गर्इ पराशर र सत्यवतीकाे सम्बन्ध भई उनै सत्यवतीले व्यासलाई जन्म दिएकी हुन भन्ने विश्वास गरिन्छ। पछि आमाको पूजाको लागि व्यास ऋषिले दमौलीबाट पूर्व दिशामा छाब्दी बराहमा माछाको पूजाअाजा चलाएको मानिन्छ। जुन अाजसम्म पनि निरन्तर छ र व्यासको जन्म दमौलीमा नै भएको भन्ने बलियो प्रमाणको रुपमा रहेको छ।
मख्य कार्य[सम्पादन गर्ने]
ऋषि व्यासलाई बेद व्यास भनी चिनिन्छ किनकी यिनले ४वटै वेद र महाभारत महत्वपुण कार्य गरेका छन्।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ श्रीमद्देवीभागवत
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
हिन्दू धर्म |
![]() |
आस्था र विश्वास
दर्शनशास्त्र · धर्म |
हिन्दू धर्मका पवित्र ग्रन्थहरू
वेद · उपनिषद |
सम्बन्धित विषयहरू
हिन्दू बसोबास भएका देशहरू |
|
![]() |
विकिमिडिया कमन्समा Vyasa सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |