सामग्रीमा जानुहोस्

द्वापर युग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हिन्दु धर्मको मान्यता अनुसार, महाभारतका घटनाहरू द्वापर युगमा भएका थिए।

द्वापर युग हिन्दु धर्मका अनुसार एक युग चक्रका चार युगहरू मध्ये तेस्रो र तेस्रो-सर्वोत्तम युग हो। यो त्रेता युग पछि आउँछ र यसपछि कलि युग सुरु हुन्छ।[][] द्वापर युग ८,६४,००० वर्ष (२,४०० दिव्य वर्ष) सम्म रहन्छ।[][][]

पुराणहरूका अनुसार, जब भगवान् कृष्ण आफ्नो शाश्वत धाम वैकुण्ठ फर्किन्छन्, तब यो युगको अन्त्य भएको थियो।[] द्वापर युगमा धर्मका दया र सत्यगरी दुईवटा स्तम्भहरू मात्र बाँकी। यस युगमा भगवान् विष्णुले पहेँलो वर्ण (रङ) धारण गर्छन् र वेदहरूलाई ऋग्वेद, सामवेद, यजुर्वेदअथर्ववेद गरी चार भागमा वर्गीकृत गरिन्छ।

व्युत्पत्ति

[सम्पादन गर्नुहोस्]

यस सन्दर्भमा युगको अर्थ "विश्वको एक कालखण्ड" हुन्छ, जसको प्राचीन हिज्जे युग् हो भने अन्य रूपहरूमा युगम्, युगानाम्युगे पर्दछन्। यो युज् (जोड्नु वा जोत्नु) बाट बनेको हो, जुन आदिम भारोपेली शब्द (अर्थात् 'जोड्नु वा एक हुनु') बाट आएको मानिन्छ।[]

द्वापर दुई शब्दहरू द्वा (अर्थात् दुई) र अपर (अर्थात् पछि) को सन्धि हो। त्यसैले द्वापर युग को अर्थ "दुई पछिको युग" अर्थात् तेस्रो युग हुन्छ। भागवतका अनुसार, यस युगमा नैतिकताको प्रतीक मानिने धर्म रूपी वृषभ (साँढे) दुई खुट्टामा उभिन्छ; ती हुन्: दयासत्य[]

द्वापर युगको वर्णन महाभारत, मनुस्मृति, सूर्यसिद्धान्त, विष्णुस्मृति र विभिन्न पुराणहरूमा गरिएको छ।[१०]

अवधि र संरचना

[सम्पादन गर्नुहोस्]

हिन्दु धर्मग्रन्थहरूले एक युग चक्र भित्र चारवटा युग (विश्वका कालखण्ड) हरूको वर्णन गरेका छन्। पहिलो युग सत्य युग बाट सुरु भएर प्रत्येक युगको लम्बाइ ४:३:२:१ को अनुपातमा घट्दै जान्छ। प्रत्येक युगको एक मुख्य अवधि (युग) हुन्छ, जसको सुरुमा युग-सन्ध्या (बिहानी) र अन्त्यमा युग-सन्ध्यांश (साँझ) हुन्छ। प्रत्येक सन्ध्या (बिहानी/साँझ) त्यस युगको मुख्य अवधिको १०% (१० भागको एक भाग) बराबर रहन्छ। युगको लम्बाइ दिव्य वर्ष (देवताहरूको वर्ष) मा दिइएको छ, जहाँ एक दिव्य वर्ष ३६० सौर्य (मानव) वर्ष बराबर हुन्छर

एक चक्रको तेस्रो युग, द्वापर युग, ८,६४,००० वर्ष (२,४०० दिव्य वर्ष) सम्म रहन्छ। यसको मुख्य अवधि ७,२०,००० वर्ष (२,००० दिव्य वर्ष) को हुन्छ भने दुवै सन्ध्याहरू ७२,०००–७२,००० वर्ष (२००–२०० दिव्य वर्ष) का हुन्छन्। वर्तमान युग चक्रको द्वापर युगको मितिहरू ३१०२ ईसापूर्वमा सुरु भएको चौथो युग कलि युग का आधारमा निम्नुअनुसार छन्:

द्वापर युग
भाग सुरुवात (– अन्त्य) लम्बाइ (वर्ष)
द्वापर-युग-सन्ध्या (बिहानी) ८,६७,१०२ ईसापूर्व ७२,००० (२०० दिव्य)
द्वापर-युग (मुख्य अवधि) ७,९५,१०२ ईसापूर्व ७,२०,००० (२,००० दिव्य)
द्वापर-युग-सन्ध्यांश (साँझ) ७५,१०२–३१०२ ईसापूर्व ७२,००० (२०० दिव्य)
कुल वर्ष: ८,६४,००० सौर्य (२,४०० दिव्य)
वर्तमान: कलि-युग-सन्ध्या (बिहानी)। [११]

    सन्दर्भ सामग्रीहरू

    [सम्पादन गर्नुहोस्]
    1. "yuga", Dictionary.com Unabridged (Online), n.d., अन्तिम पहुँच २०२१-०२-२७
    2. "dvapara yuga", Dictionary.com Unabridged (Online), n.d., अन्तिम पहुँच २०२१-०२-२७
    3. Godwin, Joscelyn (२०११), Atlantis and the Cycles of Time: Prophecies, Traditions, and Occult Revelations, Inner Traditions, पृ: 300–301, आइएसबिएन 9781594778575
    4. Merriam-Webster (१९९९), "Merriam-Webster's Encyclopedia of World Religions", in Doniger, Wendy; Hawley, John Stratton, Merriam-Webster, Merriam-Webster, Incorporated, पृ: 445 (Hinduism), 1159 (Yuga), आइएसबिएन 0877790442
    5. Gupta, S. V. (२०१०), "Ch. 1.2.4 Time Measurements", in Hull, Robert; Osgood, Richard M. Jr.; Parisi, Jurgen et al., Units of Measurement: Past, Present and Future. International System of Units, Springer Series in Materials Science: 122, Springer, पृ: 6–8, आइएसबिएन 9783642007378
    6. Bhāgavata Purāṇa 12.2.29-33
    7. "*yeug-", Online Etymology Dictionary, अन्तिम पहुँच २०२१-०२-२७
    8. Purāṇam 16, Varanasi: All-India Kasiraja Trust., १९७४, पृ: ६९।
    9. भागवतमा प्रत्येक युगको विशेषतालाई धर्मको अवतार मानिने वृषभको उभ्याइका आधारमा प्रस्तुत गरिएको छ। धर्मका चार खुट्टाहरू तप, शौच (वा दान), दयासत्य हुन्।[]
    10. Kane, P. V. (सेप्टेम्बर १९३६), "Kalivarjya (actions forbidden in the Kali Age)", in Sukthankar, V. S.; Fyzee, A. A. A.; Bhagwat, N. K., Journal of the Bombay Branch of the Royal Asiatic Society (The Asiatic Society of Mumbai) 12 (1–2): ४।
    11. Godwin 2011, पृष्ठ 301.