कर्म
साधारण बोलचालको भाषामा कर्मको अर्थ हुन्छ 'क्रिया'। व्याकरणमा क्रिया भन्नाले निष्पाद्यमान फलको आश्रयलाई कर्म भन्छन्। "राम घर जान्छ' यस उदाहरणमा "घर" गमन क्रियाको फलको आश्रय हुने नाताले "जानु क्रिया'लाई कर्म मानिन्छ।
दर्शनमा कर्म एक विशेष अर्थमा प्रयुक्त हुन्छ। जे पनि मनुष्यले गर्छ जसबाट कुनै फल उत्पन्न हुन्छ। यो फल शुभ, अशुभ अथवा दुवैभन्दा भिन्न हुन्छ। फलको यो रूप क्रिया द्वारा स्थिर हुन्छ। दान शुभ कर्म हो र हिंसा अशुभ कर्म हो। यहाँ कर्म शब्द क्रिया र फल दुवैको लागि प्रयुक्त हुन्छ्स्। यो कुरा यस भावनामा आधारित छ कि क्रिया सर्वदा फलसँग संलग्न हुन्छ। क्रियाबाट फल अवश्य उत्पन्न हुन्छ। यहाँ ध्यान राख्नु पर्छ कि शरीरका स्वाभाविक क्रियाहरू यसमा समावेश छैनन्। आँखाका पलकहरू उठ्नु, बन्द हुनु (आँखा झिम्क्याउनु) पनि क्रिया हो, तर यसले फल उत्पन्न हुँदैन। दर्शनको सीमामा यस प्रकारको क्रियाको कुनै महत्त्व यसैले छैन कि त्यो क्रिया मनद्वारा प्रेरित हुँदैन। उक्त सामान्य नियम मनद्वारा प्रेरित क्रियाहरूमा नै लागू हुन्छ। जानेर कसैलाई दान दिनु अथवा कुनैको वध गर्नु नै सार्थक हो। तर अनजानमा कसैलाई उपकार गर्न अथवा कसैलाई हानि पुर्याउनु के कर्मको उक्तपरिधिमा आउँदैन? कानुनमा भनिन्छ कि नियमको अज्ञानतामा मनुष्यलाई क्रियाको फलबाट बचाउन सकिंदैन। गीतामा पनि भनिएको कि कर्मका शुभ अशुभ फललाई अवश्य भोग्नु पर्दछ, त्यसबाट छुटकारा मिल्दैन। यस स्थितिमा जानी नजानी गरेका क्रियाका शुभ वा अशुभ फल हुन्छन् नैं। अनजानमा गरेका क्रियाहरूको बारेमा केवल यति नै भनिन्छ कि अज्ञान कर्ताको दोष हो र त्यस दोषको लागि कर्ता नै उत्तरदायी हुन्छ। कर्ताको क्रियामा प्रवृत्त हुन अघि पहिला क्रियासित सम्बन्धित सबै कुराहरूको ठेगाना लगाउनु पर्छ। स्वाभाविक क्रियाहरूसित अज्ञानमा गरेका क्रियाहरूमा भेद केवल यति हो कि स्वाभाविक क्रियाहरू बिना मनको सहायताले आफै हुन्छन् अनि अज्ञानप्रेरित क्रियाहरू आफै हुँदैनन् यसमा मनको हात हुन्छ। नचाहे पनि आँखा झिम्कन्छ, तर नचाही भएका अज्ञानमा कुनै क्रिया गर्न सकिन्न। क्रियाको परिणाम क्रियाको उद्देश्य भन्दा भिन्न हुन्छ, फेरि पनि यो आवश्यक हुँदैन कि क्रिया गरियोस्। अत: कर्मको परिधिमा ती क्रियाहरू र फल आउँछन् जुन स्वाभाविक क्रियाहरू भन्दा भिन्न हुन्छन्।
बाहिरी कडिहरू
[सम्पादन गर्नुहोस्]- कर्मको सिद्धान्त[स्थायी मृत कडी] (मधुमती)