दर्शन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

दर्शनशास्त्र (अङ्ग्रेजी: Philosophy) भन्नाले मानवसँग सम्बन्धित मन, ज्ञान, भ्रम, वास्तविकता, कारण वा अन्य यस्तै मानव जीवन-जगतको विषयमा धारणाको अध्ययन गर्ने शास्त्र हो । साधारणत: दर्शन बन्नाले कुनै व्यक्ति वा विशेष समूहको विचार, सोच र मानसिकता भन्ने बुझिन्छ, त्यसैको अध्ययन नै दर्शन शास्त्र हो ।

इतिहास[सम्पादन गर्ने]

मानब सभ्यताको बिकासक्रम भएको दर्शनको सुरुवात नै आजको विकसित अवस्थामा पुगेको हो । मानब बिकासको क्रममा जो जस्तो वातावरणमा रहदै आयो त्यहि त्यही वातावरणलाई पहिचान गर्ने र समायोजन गर्ने प्रयत्न गर्यो । समाजमा भएको बिभिन्न बस्तु , ब्रह्माण्ड ,कहाँ बाट सुरुभई कहाँ बाट अन्त हुन्छ ? समाज किन गतिशील बन्यो ? गतिशीलताको कारणके के हुन् ? ब्रह्माण्ड,, सत्य , खोज मानिस, आत्मा , चेतना , विश्वास , संकृति , म आदि भिविन्न विषयको सुरुवात र अन्त्य के हो ? जस्ता प्रश्नहरु को उत्तर खोज्ने क्रममा दर्शन को सुरुवात भएको पइन्छ । दर्शनको उत्पति मानवजगत् , विचार, वातावरण , जिज्ञासा, कौतुहलता, सन्देह, आश्चर्य, दु:ख जस्ता विविध कारणबाट भएको मानिन्छ . यसको उत्पति कल यही हो भनि किटान गर्न सकिंदैन तर मानव विचारको स्रृष्टिको, ब्रम्हाण्डको, सत्यको, विश्वासको , र खोजीको सुरुवातबाटै दर्शनपनि सुरुवात भएको हो भन्न सकिन्छ ।

परिभाषा[सम्पादन गर्ने]

  • सत्यलाई माया गर्ने व्यक्ति दार्शनिक हुन् ।(Those who has are lovers of the vision of truth are Philosopher.) --Socrates
  • पारलौकिक वस्तुहरुको वास्तविक प्रकृति पत्ता लगाउने विज्ञान दर्शन हो ।(Philosophy as a science which discoverws the real nature of supernatural things.) --Aristotal
  • सम्पूर्ण कालाहरुको जननी र दिमागको सच्चा औषधि दर्शन हो ।(Philosophy is the mother of the all arts and true medicine of mind .) --Cersero
  • विज्ञानक आधारहरुको तार्किक अध्ययन नै दर्शन हो । (Philosophy is the logical study of the fundamental sciences.) --Bertrand Russell

क्षेत्रहरु[सम्पादन गर्ने]

  1. वास्तविकताको सिद्धान्त :वास्तविकताको अध्ययन क्षेत्र : तत्व-मीमांसा (Metaphysics: Theory of reality )

शाश्वत सत्य वा निरपेक्ष सत्यको बास्तविकता के हो भनि अध्ययन गर्ने दर्शनशास्त्रको क्षेत्रलाई वास्तविकताको क्षेत्र भनिन्छ ।

    1. धर्मशास्त्र (Theology /Notarions of God)
    2. आत्मासँग सम्बन्धित तत्वज्ञान (Metaphysics Regarding Soul: Nature of Man)
    3. ब्रमाण्डबिज्ञान (Science of Universe )
    4. सृस्टिबिज्ञान (Science of Creation)
    5. जीव सृस्टिबिज्ञान (Cosmology)
  1. ज्ञानसिद्धान्त: ज्ञान मीमांसा (Epistemology: Theory of Knowledge)
  2. मूल्यसिद्धान्त (Axiology: Theory of Value)

कार्य[सम्पादन गर्ने]

  1. व्याख्यात्मक कार्य (Descriptive Function )
  2. अनुमानित कार्य (Speculative Function)
  3. आदेशात्मक कार्य (Perscriptive Function)
  4. विश्लेषणात्मक कार्य (Analytical Function)

दर्शनका दृष्टिकाेणहरू १ अनुमान, अन्तरदृष्टि र कल्पना २ पुर्वस्थापीत सिद्दान्तमा अाधारीत अाैपचारीक तर्क ३ प्रतिविम्बात्मक चिन्तन ........शिक्षामा दर्शनकाे प्रयाेग.......... १ शिक्षाकाे उद्देश्य निर्धारण गर्न । २ शिक्षाकाे पाठ्यक्रम निर्धारण गर्न । ३ शिक्षण विधि तथा शिक्षण क्रियाकलापकाे प्रयाेग गर्न । ४ पाठ्यक्रमकाे प्रयाेग गर्न । ५ शैक्षिक व्यवस्थापन गर्न । ६ विवेक सम्मत रूपमा कुनै पनि कुराकाे व्याख्या गर्न । ७ पाठ्यक्रम पाठ्यपुस्तक निर्धारण र प्रयाेग गर्न ।