सामग्रीमा जानुहोस्

ब्रह्मचर्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ब्रह्मचर्य एक भारतीय धार्मिक अवधारणा हो जसको शाब्दिक अर्थ ब्रह्मसँग सद्भावको आचरण वा ब्रह्मको मार्गमा चल्नु भन्नु बुझाउँछ। भारतीय धर्मअनुसार यसले सामान्यतया यौन संयम वा पूर्ण रूपमा संयम भएको विशेष जीवनशैलीलाई बुझाउँछ। ब्रह्मचर्य त्यो हो जब व्यक्ति तपस्वी तरिकाले आफ्नो शरीर र मनलाई पूर्णरूपमा नियन्त्रण गर्दछ। हिन्दु, जैन र बौद्ध मठ परम्परामा ब्रह्मचर्य भन्नाले यौन र विवाह जस्ता अनिवार्य कुराहरूको त्यागलाई बुझाउँछ। यो भिक्षुको साधनाको लागि आवश्यक मानिन्छ।

ब्रह्मचर्य पालन गरिरहेका एकजना भिक्षु

व्युत्पत्ति

[सम्पादन गर्नुहोस्]

ब्रह्मचर्य शब्दको दुई शब्दहरूको मिलनबाट बनेको छ।

  • ब्रह्म: यसको अर्थ आत्मा, अन्तिम परम् सत्य, परम चेतना हुन्छ। ब्रह्मालाई सृष्टिको वैदिक ईश्वर मानिन्छ।
  • चर्या: यसको अर्थ पेशा, संलग्नता, अगाडि बढ्नु, व्यवहार गर्नु, आचरण गर्नु, अनुसरण गर्नु, हिँड्नु, पछ्याउनु हुन्छ। यसलाई प्रायः गतिविधि, व्यवहार वा व्यवहार गर्ने तरिकाको रूपमा अनुवाद गरिन्छ।

तसर्थ, ब्रह्मचर्य शब्दको अर्थ "आफ्नो वा आफ्नै आत्माप्रति सच्चा हुनु" वा "ब्रह्मको मार्गलाई पछ्याउनु" हुन जान्छ।

प्राचीन र मध्यकालीन भारतीय ग्रन्थहरूमा ब्रह्मचर्य शब्द अधिक जटिल अर्थभएको अवधारणा हो जसले पवित्र ज्ञान र आध्यात्मिक मुक्तिको लागि अनुकूल जीवनको समग्र मार्गलाई सङ्केत गर्दछ। यसमा सामान्यतया सरसफाइ, अहिंसा, सरल जीवन, अध्ययन, ध्यान, सात्विक भोजनको सेवन गर्नु र नशालु पदार्थ र यौन व्यवहारमा (यौनहस्तमैथुन, जस्त विचार) स्वैच्छिक संयम समावेश छ।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. M Khandelwal (2001), Sexual Fluids, Emotions, Morality – Notes on the Gendering of Brahmacharya, in Celibacy, Culture, and Society: The Anthropology of Sexual Abstinence (Editors: Elisa Sobo and Sandra Bell), University of Wisconsin Press, आइएसबिएन ९७८-०२९९१७१६४३, pages 157–174
  2. Joseph Alter (2012), Moral Materialism, Penguin, आइएसबिएन ९७८-०१४३४१७४१५, pages 65–67