सामग्रीमा जानुहोस्

वैष्णव सम्प्रदाय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वैष्णव धर्म
वैष्णव परम्पराहरू हिन्दु देवता विष्णु (केन्द्र) मा केन्द्रित छन्, १०औँ शताब्दीको मूर्तिमा चित्रण गरिएको छ।

वैष्णव धर्म वा वैष्णवसम्प्रदाय जसलाई विष्णुवाद पनि भनिन्छ, प्रमुख हिन्दु सम्प्रदायहरूमध्ये एक हो। यसले विष्णुलाई अन्य सबै हिन्दु देवताहरूका अधिपति अर्थात् 'महाविष्णु' र परब्रह्मका रूपमा स्वीकार गर्दछ।[][] यो शैव धर्म, शाक्त धर्मस्मार्त धर्मसँगै हिन्दु धर्मका मुख्य शाखाहरूमध्ये एक हो।[] यसका अनुयायीहरूलाई 'वैष्णव' भनिन्छ। यसमा कृष्ण धर्मरामवाद जस्ता उप-सम्प्रदायहरू पनि समावेश छन्, जसले क्रमशः कृष्णरामलाई सर्वोच्च सत्ता मान्दछन्।[][]

वैष्णव धर्मको प्राचीन उदयको इतिहास स्पष्ट छैन। यो विभिन्न क्षेत्रीय गैर-वैदिक धर्महरूको उदय र तिनको विष्णुको उपासनासँगको एकीकरणको परिणाम हो भन्ने व्यापक अनुमान गरिन्छ। ती लोकप्रिय गैर-वैदिक ईश्वरवादी परम्पराहरू, विशेष गरी वासुदेव-कृष्णका भागवत मतहरू[] र 'गोपाल-कृष्ण'[]का साथै नारायणको पाञ्चरात्र मतहरू[] ईसापूर्व ७औँ देखि ४औँ शताब्दीमा विकसित भएका थिए। ईस्वी संवत्को प्रारम्भिक शताब्दीहरूमा यी परम्पराहरूलाई वैदिक देवता विष्णुसँग पहिचान गरिँदै वैष्णव धर्मको रूपमा अन्तिम स्वरूप दिइएको थियो।[] यस क्रममा अवतार सिद्धान्तको विकास भएसँगै, जहाँ विभिन्न गैर-वैदिक देवताहरूलाई सर्वोच्च भगवान् विष्णुका विभिन्न अवतारका रूपमा पूजा गरिन थालिन्छ। नारायण, हरि, राम, कृष्ण, कल्की, पेरुमल, श्रीनाथजी, विठोबा, वेङ्कटेश्वर, गुरुवायुरप्पन, रङ्गनाथ, जगन्नाथ, बद्रीनाथमुक्तिनाथलाई विष्णुका रूप वा अवतारका रूपमा पुजिन्छ, जसलाई एउटै सर्वोच्च सत्ताका विभिन्न पक्षका रूपमा हेरिन्छ।[१०]

वैष्णव परम्परा विष्णुको अवतार (प्रायः कृष्ण) प्रतिको प्रेमपूर्ण भक्ति (भक्ति योग) का लागि परिचित छ। यसैकारण ईस्वी संवत्को दोस्रो सहस्राब्दीमा भारतीय उपमहाद्वीपमा भक्ति आन्दोलनको विस्तारमा यसको प्रमुख भूमिका रहेको थियो।[११] यसमा वेदान्तका चार प्रमुख विद्यालय वा सम्प्रदायहरू रहेका छन्: रामानुजाचार्यको विशिष्टाद्वैत, मध्वाचार्यको द्वैत, निम्बार्काचार्यको द्वैताद्वैतवल्लभाचार्यको शुद्धाद्वैत[१२] यस बाहेक अन्य धेरै विष्णु-परम्पराहरू पनि छन्। रामानन्द (१४औँ शताब्दी) ले राम-केन्द्रित आन्दोलन सिर्जना गरे, जुन अहिले एसियाकै सबैभन्दा ठूलो सन्न्यासी समूह हो।[१३]

वैष्णव धर्मका मुख्य ग्रन्थहरूमा वेद, उपनिषद्, भगवद्गीता, पाञ्चरात्र (आगम) ग्रन्थहरू, 'नालयिरा दिव्य प्रबन्धम्' र भागवत पुराण समावेश छन्।[१४][१५]

बोस्टन विश्वविद्यालयको 'वर्ल्ड रिलिजन डेटाबेस' (२०२०) को अनुमान अनुसार, वैष्णव धर्म हिन्दु धर्मको सबैभन्दा ठूलो सम्प्रदाय हो, जसमा करिब ३९ करोड ९० लाख हिन्दुहरू आबद्ध छन्।[१६]

जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]

हिन्दु धर्म भित्रका वैष्णव वा अन्य परम्पराहरूको जनसाङ्ख्यिक इतिहास वा प्रवृत्तिको बारेमा कुनै पनि तथ्याङ्क उपलब्ध छैन।[१७]

हिन्दु धर्मका अन्य परम्पराहरूको तुलनामा वैष्णव धर्मका अनुयायीहरूको सङ्ख्या कति छ भन्ने बारेमा विभिन्न अनुमानहरू रहेका छन्।[note १] क्लाउस क्लोस्टरमायर र अन्य विद्वानहरूका अनुसार वैष्णव धर्म हिन्दु धर्मको सबैभन्दा ठूलो सम्प्रदाय हो।[१९][२०][१४][note २] जुलियस लिपनरका अनुसार, हिन्दु धर्मका सम्प्रदायहरू विश्वका अन्य प्रमुख धर्महरूका सम्प्रदायहरू जस्ता छैनन्। हिन्दु सम्प्रदायहरू बीचको सीमा अस्पष्ट छ किनभने व्यक्तिहरूले विभिन्न देवीदेवताहरूलाई बहुकेन्द्रीय रूपमा श्रद्धा गर्छन्। धेरै वैष्णव अनुयायीहरूले चाडपर्व र अन्य अवसरहरूमा श्री (लक्ष्मी), शिव, पार्वती र अन्यलाई श्रद्धाका साथ मान्यता दिन्छन्। त्यसैगरी, शैव, शाक्त र स्मार्त हिन्दुहरूले पनि विष्णुलाई श्रद्धा गर्छन्।[२२][२३]

विशेष गरी मध्य प्रदेश, राजस्थान, महाराष्ट्र, गुजरात र दक्षिण-पश्चिमी उत्तर प्रदेश जस्ता पश्चिमी भारतीय राज्यहरू ठूला वैष्णव समुदायहरू भारतभरि फैलिएका छन्।[२४][२५] वैष्णव उपस्थितिका अन्य प्रमुख क्षेत्रहरू (विशेष गरी १५औँ शताब्दी पछि) ओडिशा, बङ्गाल र उत्तर-पूर्वी भारत (असम, मणिपुर) हुन्।[२६] द्वैत सम्प्रदायका वैष्णवहरू कर्नाटकमा फस्टाएका छन् जहाँ मध्वाचार्यले मन्दिर र मठहरू स्थापना गरेका थिए। यसका साथै छिमेकी राज्यहरू, विशेष गरी पन्धरपुर क्षेत्रमा पनि उनीहरूको बाहुल्यता छ।[२७] त्रिपुरापञ्जाबमा पनि वैष्णवहरूको उल्लेख्य उपस्थिति रहेको छ।[२८]

कृष्ण-केन्द्रित वैष्णव धर्मको भारत बाहिर पनि उपस्थिति रहेको छ। विशेष गरी सन् १९६० को दशकको प्रति-संस्कृतिसँगको यसको सम्बन्ध र अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घका संस्थापक आचार्य अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपादले विश्वभर गरेको प्रचारका कारण यसको विस्तार भएको थियो। यस आन्दोलनमा जर्ज ह्यारिसन जस्ता प्रसिद्ध व्यक्तित्वहरू पनि अनुयायीका रूपमा जोडिएका थिए।[२९][३०][३१]

  1. आदेरेन्ट्सले सन् १९९९ सम्मको तथ्याङ्क दिएको छ।[१८]
  2. जोन्स र रायनका अनुसार, "वैष्णव धर्मका अनुयायीहरू शैव धर्मको तुलनामा धेरै कम छन्, जसको सङ्ख्या करिब २० करोड हुन सक्छ।"[२१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Pratapaditya Pal (1986)
  2. Stephan Schuhmacher (1994)
  3. Dandekar 1987.
  4. Hardy 1987.
  5. Flood 1996, पृष्ठ 117.
  6. Dandekar 1987, पृष्ठ 9499.
  7. Flood 1996, पृष्ठ 120.
  8. Flood 1996, पृष्ठ 119.
  9. Klostermaier 2007, पृष्ठ. 206–217.
  10. Matchett 2001, पृष्ठ. 3-9.
  11. Hawley 2015, पृष्ठ. 10–12.
  12. Beck 2005a, पृष्ठ. 76–77.
  13. Lochtefeld 2002b, पृष्ठ. 553–554.
  14. 1 2 Johnson, Todd M.; Grim, Brian J. (२०१३), The World's Religions in Figures: An Introduction to International Religious Demography, John Wiley & Sons, पृ: ४००, आइएसबिएन 978-1-118-32303-8
  15. Flood 1996, पृष्ठ. 121–122.
  16. Britannica (2025)
  17. Pew Research (2012)
  18. Adherents.com (1999)
  19. Dankworth & David (2014)
  20. Rosen 2006, पृष्ठ xvi.
  21. Constance Jones; James D. Ryan (२००६), Encyclopedia of Hinduism, Infobase, पृ: ४७४, आइएसबिएन 978-0-8160-7564-5
  22. Lipner, Julius J. (2009)
  23. Gavin Flood (2008)
  24. Klostermaier, K.K. (१९९८), A concise encyclopedia of Hinduism, Oneworld।
  25. Valpey, K.R. (२००४), The Grammar and Poetics of Murti-Seva: Chaitanya Vaishnava Image Worship as Discourse, Ritual, and Narrative, University of Oxford।
  26. David Gordon White (2001)
  27. B. N. Krishnamurti Sharma (2000)
  28. ias4sure (2018)
  29. RIDENOUR, Fritz (2001)
  30. Giuliano, Geoffrey (1997)
  31. Schweig 2005.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]