रामानुजाचार्य

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
रामानुजाचार्य
Ramanuja embracing Lord Varadaraj.jpg
रामानुजाचार्यले वरदराज भगवान् (विष्णु)लाई काखमा लिएको एक तस्वीर ।
उपनाम: लक्ष्मण
जन्म: विक्रम सम्बत १०७५ ई 1017
मृत्यु: विक्रम सम्बत ११९५ ई 1137
श्रीरंगम्
कार्यक्षेत्र: धर्म
साहित्यीक आन्दोलन: विशिष्टाद्वैत
पहिलो कृति: श्रीभाष्यम्

रामानुजाचार्य विशिष्टाद्वैत वेदान्तका प्रवर्तक थिए। उनी वैष्णव थिए। उनको भक्ति परम्परामा धेरै प्रभाव रहेकोछ। वैष्णव आचार्यहरूमा प्रमुख रामानुजाचार्यको शिष्य परम्परामा नैं रामानन्द भएका हुन् जसका शिष्य संत कबीरसूरदास थिए तद्अतिरिक्त कुलशेखर आलवार रामानुजका एक महत्व पूर्ण शिष्य थिए ।रामानुजले वेदांत दर्शनमा आधारित आफ्नो नयाँ दर्शन विशिष्टा द्वैत वेदान्त लेखेका थिए। रामानुजाचार्यले वेदांतका अतिरिक्त सातौं - दशौं शताब्दीका रहस्यवादी एवं भक्तिमार्गी आलवार सन्तसित भक्तिको दर्शनलाई तथा दक्षिणको पंचरात्र परम्परालाई आफ्ना विचारको आधार बनाएका थिए।[१]

जीवनी[सम्पादन गर्ने]

ई.सन् . १०१७ औ बर्षमा दक्षिण भारतको तमिल नाडु राज्यको पेरम्बदुरू भन्ने ठाउको तिरुकुदुरु भन्ने गाँउमा उनको जन्म भएको थियो ।[२] रामानुजले बाल्य कालको शिक्षा काञ्चीपुरममा प्रकाशराज नामक प्रखर विद्वान् वैदिक गुरुद्वारा वैदिक शिक्षा प्राप्त गरेका थिए । पछि उनी आलवन्दार् यामुनाचार्यको मुख्य शिष्य भए । रामानुजले गुरुको इच्छा अनुसार ब्रह्मसूत्र,विष्णुसहस्रनाम, र दिव्यप्रबन्धको टिपण्णी (व्याख्या) गर्ने संकल्प लिएका थिए । हिन्दू धर्मको क्रम अनुसार उनले गृहस्थ आश्रम त्यागेर श्रीरङ्गममा रहेका यतिराज नामक सन्यासी संग सन्यास आश्रमको दिक्षा प्राप्त गरी उनी सन्यासी भए अतः उनको नाम यतिराज पनि रहन गयो । उनी मैसूर नामक स्थान रहेको श्रीरंगम छोडेर शालिग्राम नाम गरेको ठाउमा गए र त्यस स्थानमा १२ बर्ष सम श्रीसम्प्रदायको प्रचार गरे ।त्यस पछि उनले बैष्णव धर्मको प्रचारको लागि समग्र भारत हुदै उनी नेपालको मुक्ति नाथ सम्म आएका थिए। सन् ११३७ मा १२० वर्षको आयु प्राप्त गरि उनी ब्रह्मलीन भए । उनले धेरै ग्रन्थको रचना गरेका थिए । भने ब्रह्मसूत्र माथि लेखिएका दुई मुख्य ग्रन्थ श्रीभाष्यम र वेदान्त संग्रह निकै लोक प्रिय छन् ।

विशिष्टाद्वैत दर्शन[सम्पादन गर्ने]

रामानुजाचार्यको दर्शनमा सत्ता अथवा परमसत् को सम्बन्धमा तीन स्तर मानिएको छ । ब्रह्म अर्थात् ईश्वर, चित् अर्थात् आत्म तत्व र अचित् अर्थात् प्रकृति तत्व। वस्तुतः यी चित् अर्थात् आत्म तत्त्व तथा अचित् अर्थात् प्रकृति तत्त्व ब्रह्म अथवा ईश्वरदेखि भिन्न होइन । वस्तुत यी विशिष्ट रूपले ब्रह्म (ईश्वर)को नै दुई स्वरूप हो यस्तै ब्रह्म अथवा ईश्वमा नै आधारित छ । वस्तुत : यो नै रामनुजाचार्यको विशिष्टाद्वैतको सिद्धान्त हो

भक्ति मार्ग[सम्पादन गर्ने]

रामानुजको अनुसार भक्तिको अर्थ पूजा-पाठ अथवा कीर्तन-भजन नभएर वस्तुत ध्यान गर्नु अथवा ईश्वरको प्रार्थना गर्नु हो । सामाजिक परिप्रेक्ष्यदेखि रामानुजाचार्यले भक्तिलाई जाति एवं वर्गदेखि अलग तथा सबैलाई सम्भव बानाएका छन् ।

कृतिहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Hermann Kulke; Dietmar Rothermund (2004). A History of India. Routledge. p. 149. ISBN 978-0-415-32920-0 . http://books.google.com/books?id=RoW9GuFJ9GIC&pg=PA149. 
  2. C. J. Bartley 2013, pp. 1–4, 52–53, 79.

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]