साधु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
वसन्तपुर दरबार क्षेत्रमा रहेका तीन साधुहरू

साधु, संस्कृत शब्द हो जसको सामान्य अर्थ 'सज्जन व्यक्ति' भन्ने हुन्छ। लघुसिद्धान्तकौमुदीमा 'साध्नोति परकार्यमिति साधुः' अर्थात जसले कुनै अर्कों व्यक्तिको कार्य गर्ने गर्दछ, उ साधु हो, भन्ने उल्लेख गरिएको छ। वर्तमान समयमा गेरू वस्त्र धारण गर्नेलाई साधु भन्ने गरिएको छ तर वास्तवमा साधुको मूल उद्देश्य समाजलाई पथप्रदर्शन गर्दै धर्मको बाटोमा हिडेर मोक्ष प्राप्त गर्नु हो। साधु सन्यासी गण साधना, तपस्या गर्दै वेदोक्त ज्ञानलाई संसारमा फैलाएर आफ्नो जीवनलाई त्याग र वैराग्यमा बिताउँदै ईश्वर भक्तिमा विलीन हुने गर्दछ। हिन्दूजैन धर्ममा धार्मिक सन्यासी, भिक्षु वा कुनैपनि पवित्र व्यक्ति जसले सांसारिक जीवनलाई त्याग गरिसकेको छ उसलाई साधु भन्ने गरिन्छ।[१][२][३] साधुहरूलाई कहिलेकाही वैकल्पिक रूपले जोगी, सन्यासी वा वैरागी समेत भन्ने गरिएको छ।[१] शाब्दिक अर्थ अनुसार साधु भनेको त्यो व्यक्ति हो जसले साधनाको अभ्यास वा आध्यात्मिक अनुशासनको पालन गरिरहेको छ। यद्यपि साधुहरूको बढीजसो सङ्ख्या योगी रहेका छन् तर सबै योगी भने साधु होइनन्।

साधु पूर्ण रूपले मोक्ष (मृत्यु र पुनर्जन्मको चक्रबाट मुक्ति), चौथौ र अन्तिम 'आश्रम' (जीवनको चरण), ब्रह्मालाई ध्यान र चिन्तनको माध्यमद्वारा प्राप्त गर्नको लागि समर्पित रहेको छ। साधु प्रायजसो साधारणवस्त्र लगाउने गर्छन्। सांसारिक मोह त्याग गरेर हिन्दू धर्ममा साधुहरूले गेरू रङको कपडा, जैन धर्ममा सेतो वा निवस्त्र रहनु नै तिनीहरूको प्रतीक हो। हिन्दू र जैन धर्ममा एक महिला सन्यासीलाई साध्वी वा केही ग्रन्थहरूमा आर्यिका भन्ने गरिएको छ।[२][३]

व्युत्पत्ति[सम्पादन गर्ने]

मोनियर मोनियर-विलियम्सको अनुसार, 'साधु' शब्द (संस्कृत: साधु) ऋग्वेदअथर्ववेदमा प्रविष्ट रहेको छ जसको अर्थ 'सीधा, सही, लक्ष्यप्रति अग्रसर' भन्ने हुन्छ। वैदिक साहित्यको ब्राह्मणनिषदमा शाधु शब्द कुनै यस्तो व्यक्तिलाई व्यक्त गर्दछ जो 'सांसारिक मोहमायाबाट टाढा, दयालु, इच्छुक, प्रभावी वा कुशल, शान्तिपूर्ण, सुरक्षित, राम्रो, गुणी, सम्मानजनक र धार्मिक स्वभावको छ। हिन्दू महाकाव्य अनुसार 'सन्त, ऋषि, द्रष्टा, पवित्र पुरुष, गुणी, पवित्र, इमानदार वा सही पुरुषलाई साधु भनिएको छ।

टिप्पणीहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ Brian Duignan, Sadhu and swami, Encyclopædia Britannica
  2. २.० २.१ Jaini 1991, p. xxviii, 180.
  3. ३.० ३.१ Klaus K. Klostermaier (२००७), A Survey of Hinduism: Third Edition, State University of New York Press, पृ: २९९, आइएसबिएन 978-0-7914-7082-4