जमदग्नी ऋषि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्र:Jamadagni telling Parasuram about kartyaveerarjun.jpg
जमदग्नी र परशुराम

जमदग्नी प्राचिन कालका एक ऋषि थिए । यिनलाई भृगुवंशी ऋचीक ऋषिका पुत्र तथा और्व ऋषिका नाति मानिएको छ । यिनलाई हिन्दू धर्मका अनुसार सात सप्तर्षि मध्यका एक ऋषि मानिन्छ । जमदग्नी ऋषिका ५ छोराहरूमध्ये कान्छा परशुराम भगवान विष्णुको छैठौं अवतार हुन। परशुराम मातृबधको पापबाट मुक्ती पाउनको लागि तिर्थयात्रामा गएको मौका पारी राजा कार्तविर्यका छोराहरूले ऋषी जमदग्नीको हत्या गरे । जमदग्नीलाई जमदग्नी गोत्रका गोत्र प्रवर्तक तथा वत्स गोत्रका एक प्रवरका रूपमा पनि लिइन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]