सामग्रीमा जानुहोस्

अत्रि ऋषि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अत्रि ऋषि
राम अत्रि ऋषिको आश्रममा जाँदै। अत्रि राम र उनका भाइ लक्ष्मणसँग कुरा गर्दै, अनसूया रामकी पत्नी सीतासँग कुरा गर्दै।
आबद्धब्रह्मर्षि
वंशावली
अभिभावकहरू
जीवनसाथीअनसूया
सन्तानहरूदुर्वासा, चन्द्रदत्तात्रेय

अत्रि एक वैदिक ऋषि हुन्, जसलाई अग्नि, इन्द्र र हिन्दु धर्मका अन्य वैदिक देवताहरूका लागि धेरै श्लोकहरू रचना गरेको श्रेय दिइन्छ। अत्रि हिन्दु परम्परामा सप्तऋषि (सात महान् वैदिक ऋषिहरू) मध्ये एक हुन्, र ऋग्वेदमा सबैभन्दा बढी उल्लेख गरिएका ऋषि हुन्।[]

ऋग्वेदको पाँचौं मण्डललाई उनको सम्मानमा 'अत्रि मण्डल' भनिन्छ, र यसमा भएका ८७ श्लोकहरू उनलाई र उनका वंशजहरूलाई श्रेय दिइन्छ।[]

अत्रिको उल्लेख पुराण, हिन्दु महाकाव्यहरू रामायणमहाभारतमा पनि गरिएको छ।[][]

पौराणिक कथाहरू

[सम्पादन गर्नुहोस्]
आन्ध्र प्रदेशको आत्रेयपुरम् गाउँमा रहेको अत्रि महर्षिको मूर्ति।

अत्रि वर्तमान वैवस्वत मन्वन्तरका सात महान् ऋषिहरू (सप्तऋषि) मध्ये एक हुन्। यस मण्डलका अन्य ऋषिहरूमा अगस्त्य, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठविश्वामित्र रहेका छन्।[][][] अत्रि एक मानसपुत्र हुन्, अर्थात् उनी ब्रह्माको मनबाट जन्मिएका हुन्। बृहदारण्यक उपनिषद्का अनुसार प्रत्येक सप्तऋषिले ब्रह्माको एउटा इन्द्रिय वा अङ्गको प्रतीक मानिन्छन्। अत्रिले जिब्रोको प्रतिनिधित्व गर्छन्, जसले उनको बुद्धिमत्ता र वेदको ज्ञानलाई जोड दिन्छ।[]

वैदिक कालका पौराणिक कथाहरूका अनुसार, अत्रिको विवाह अनसूया देवीसँग भएको थियो, जसलाई सात महान् पतिव्रता नारीहरू मध्ये एक मानिन्छ। दत्तात्रेय, दुर्वासाचन्द्र गरि उनीहरूका तीन छोराहरू थिए।[] भागवत पुराणका अनुसार, जब ब्रह्माले विश्वको सृष्टिमा योगदान दिन निर्देशन दिन्छन्, तब अत्रिले अनुसूयासँगै ऋक्ष पर्वत शृङ्खलामा कठोर तपस्या गर्छन्। उनीहरूको भक्ति र प्रार्थनाबाट प्रसन्न भई हिन्दु त्रिमूर्ति (ब्रह्मा, विष्णुशिव) दम्पतीको अगाडि प्रकट हुन्छन् र वरदान माग्न भन्छन्। अत्रिले तीनै देवतालाई आफ्नो पुत्रको रूपमा जन्म लिन प्रार्थना गर्छन्। फलस्वरूप, चन्द्र ब्रह्माको अंशका रूपमा, दत्तात्रेय विष्णुको अंशका रूपमा र दुर्वासा शिवको अंशका रूपमा जन्मिन्छन्।[] अर्को कथा अनुसार, अनसूयाले आफ्नो सतीत्वको बलले तीनै देवताहरूलाई बचाएकी थिइन् र त्यसको बदलामा उनीहरूले अनुसूयाको कोखबाट जन्म लिएका थिए।[]

अत्रिको उल्लेख विभिन्न धर्मग्रन्थहरूमा गरिएको छ, जसमा ऋग्वेद सबैभन्दा उल्लेखनीय छ। उनी विभिन्न युगहरूसँग पनि जोडिएका छन्, जस्तै त्रेता युगको समयमा रामायणमा उनले र अनसूयाले राम र उनकी पत्नी सीतालाई सल्लाह दिएका थिए। शिव पुराणमा उल्लेख भए अनुसार यस जोडीले नै गङ्गा नदीलाई पृथ्वीमा अवतरण गराएको श्रेय पनि दिइन्छ।[]

वाल्मीकि रामायणका अनुसार, उनी दक्षिण क्षेत्रका निवासी थिए। पौराणिक परम्पराले पनि यस कुरालाई समर्थन गर्दछ।

ऋग्वेदका द्रष्टा

[सम्पादन गर्नुहोस्]
अत्रि र अनसूयाले त्रिमूर्तिलाई भेटेको कथा चित्रण गरिएको १८औँ शताब्दीको भागवत पुराणको पाण्डुलिपिको एक पाना (जयपुर)

अत्रि ऋषि ऋग्वेद को पाँचौँ मण्डलका द्रष्टा हुन्। अत्रिका धेरै छोराहरू र शिष्यहरू थिए जसले ऋग्वेद र अन्य वैदिक ग्रन्थहरूको सङ्कलनमा योगदान दिएका छन्। पाँचौँ मण्डलमा ८७ श्लोकहरू छन्, जुन मुख्यतया अग्निइन्द्रका लागि समर्पित छन्। यसका साथै विश्वेदेव ("सबै देवताहरू"), मरुत, मित्र-वरुणअश्विनहरूका लागि पनि श्लोकहरू रचिएका छन्।[१०] दुई-दुईवटा श्लोकहरू उषा (मिर्मिरे बिहानी) र सविता (सूर्य) का लागि समर्पित छन्। यस मण्डलका अधिकांश श्लोकहरू अत्रि वंशका रचनाकारहरूलाई श्रेय दिइन्छ, जसलाई 'आत्रेय' भनिन्छ।[]

ऋग्वेदका अत्रि मण्डलका श्लोकहरू तिनीहरूको सुमधुर संरचनाका साथै पहेलीका रूपमा प्रस्तुत गरिएका आध्यात्मिक विचारहरूका लागि महत्त्वपूर्ण छन्। यी श्लोकहरूमा संस्कृत भाषाको लचकता प्रयोग गर्दै शब्दगत, वाक्यगत र व्याकरणगत चमत्कारहरू देखाइएको छ।[११] अत्रि मण्डलको ऋग्वेद ५.४४ श्लोकलाई गेल्डनर जस्ता विद्वानहरूले सम्पूर्ण ऋग्वेदकै सबैभन्दा कठिन पहेली श्लोक मान्दछन्।[१२] यी मन्त्रहरू प्राकृतिक घटनाहरूलाई ईश्वरीय प्रेरणाले भरिएका कविताहरू मार्फत सुन्दर ढङ्गले प्रस्तुत गर्नका लागि पनि चिनिन्छन्, जस्तै श्लोक ५.८० मा उषालाई एक हँसिलो महिलाको रूपमा काव्यात्मक रूपमा प्रस्तुत गरिएको छ।[११]

यद्यपि पाँचौं मण्डल अत्रि र उनका सहयोगीहरूलाई श्रेय दिइएको छ, ऋषि अत्रिको नाम वा योगदान ऋग्वेदका अन्य मण्डलहरूमा पनि उल्लेख गरिएको छ।[१३]

रामायणमा, राम, सीतालक्ष्मणले आफ्नो चौध वर्षको वनवासको क्रममा अत्रि र अनसूयाको आश्रमको भ्रमण गर्दछन्। अत्रिको कुटी चित्रकूटमा रहेको वर्णन गरिएको छ,[] जुन दिव्य सङ्गीत र गीतहरू गुञ्जने एक तलाउ नजिकै थियो। उक्त तलाउको पानी फूलहरू र हरिया जलस्पतिहरूले भरिएको थियो र त्यहाँ धेरै "बकुल्ला, माछा मार्ने चरा, कछुवा, हाँस, भ्यागुता र गुलाबी रङका हाँसहरू" थिए।[] भ्रमणको क्रममा, अनसूयाले सीतालाई वरदान माग्न भन्छिन्। यद्यपि, सीताले केही पनि इच्छा नगरेपछि अनसूयाले उनलाई "स्वर्गको कपडाबाट बनेको बहुमूल्य र दुर्लभ वस्त्र" का साथै केही शुद्ध र दिव्य गहनाहरू उपहारस्वरूप दिन्छिन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 Antonio Rigopoulos (१९९८), Dattatreya: The Immortal Guru, Yogin, and Avatara, State University of New York Press, पृ: 2–4, आइएसबिएन 978-0-7914-3696-7
  2. Stephanie W. Jamison; Joel P. Brereton (२०१४), The Rigveda, Oxford University Press, पृ: 659–660, आइएसबिएन 978-0-19-937018-4
  3. 1 2 Alf Hiltebeitel (२०१६), Nonviolence in the Mahabharata: Siva’s Summa on Rishidharma and the Gleaners of Kurukshetra, Routledge, पृ: 55–56, 129, आइएसबिएन 978-1-317-23877-5
  4. 1 2 3 Roshen Dalal (२०१०), Hinduism: An Alphabetical Guide, Penguin Books, पृ: ४९, आइएसबिएन 978-0-14-341421-6
  5. 1 2 Wilkins, William Joseph (१८८२), Hindu Mythology, Vedic and Purānic (अङ्ग्रेजीमा), Thacker, Spink & Company, पृ: 307–311।
  6. Archive, Internet Sacred Text, "The Vishnu Purana: Book III: Chapter I | Sacred Texts Archive", Internet Sacred Text Archive (Englishमा), अन्तिम पहुँच २०२५-०८-१०
  7. 1 2 3 Sathyamayananda, Swami, Ancient sages, Mylapore, Chennai: Sri Ramakrishna Math, पृ: 17–20, आइएसबिएन 81-7505-356-9
  8. Antonio Rigopoulos (१९९८), Dattatreya: The Immortal Guru, Yogin, and Avatara, State University of New York Press, पृ: 1–3, आइएसबिएन 978-0-7914-3696-7
  9. Motilal Banarsidass Publishers, Bhagavata Purana Motilal English Full
  10. Stephanie W. Jamison; Joel P. Brereton (२०१४), The Rigveda, Oxford University Press, पृ: 659–771, आइएसबिएन 978-0-19-937018-4
  11. 1 2 Stephanie W. Jamison; Joel P. Brereton (२०१४), The Rigveda, Oxford University Press, पृ: ६६०, आइएसबिएन 978-0-19-937018-4
  12. Stephanie W. Jamison; Joel P. Brereton (२०१४), The Rigveda, Oxford University Press, पृ: 660, 714–715, आइएसबिएन 978-0-19-937018-4
  13. Stephanie W. Jamison; Joel P. Brereton (२०१४), The Rigveda, Oxford University Press, पृ: 1622–1623, आइएसबिएन 978-0-19-937018-4