अत्रि ऋषि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अत्रि राम र लक्ष्मणसँग, अनुसूया सीतासँग बोल्दै

अत्रि पौराणिक ऋषि, नौ प्रजापतिमध्य एक, ब्रम्माका मानस पुत्र र अत्रि वा आत्रय गोत्रको पुर्खा मानिन्छन् । पुराणहरूका अनुसार ब्रह्माजीदेखि अत्रि, अत्रिदेखि चन्द्रमा, चन्द्रमादेखि बुध र बुधदेखि इला-नन्दन पुरूरवाको जन्म भयो । [१] ऋग्वेदका दश मण्डलमध्ये पाँचौ मण्डलका मन्त्रद्रष्टा महर्षि अत्रि हुन्, त्यसैले यस मण्डललई आत्रेय मण्डल भनिन्छ । यस मण्डलमा ८७ सूक्त छन् । कर्दम ऋषिकी पुत्री अनसूयासंग यिनको विवाह भएको थियो ।

अत्रेर्भार्यानसूया च पञ्चात्रेयानसूयत

सत्यनेत्रश्च हव्यश्च आपोमूर्तिः शनैश्चरः ।

सोमश्च पञ्चमस्त्वेते पञ्चात्रेयाः प्रकीर्तिताः

तेषां पुत्राश्च पौत्राश्च ह्यात्रेयाणाम् महात्मनाम् ।

(शिवपुराण वायवीय संहाता पूर्वखण्ड १७ – ३०,३१,३२)

शिवपुराणको उपर्युक्त कथनले अत्रिपत्नि अनसूयाका गर्भबाट सत्य नेत्र, हव्य, आपोमूर्ति, शनैश्चर र सोम गरी ५ पुत्र प्रादुर्भाव भएको देखाइएको छ ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]