गौतम ऋषि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गौतम ऋषि
गौतम महर्षि
भारतको पुष्कर स्थित महर्षि गौतम र माता अहिल्या मन्दिर
संस्कृत उच्चारणमहर्षिः गौतम
संबद्धऋषि
पत्नीअहिल्या

गौतम ऋषि वैद्धिक कालका मुल सप्तर्षि मध्यका जेठा ऋषि हुन् । उनका पिताको नाम रहुगुणा थियो । यि ऋषिलाई गौतम गौत्रका गोत्र प्रवर्तक भनेर चिनिन्छ । महर्षी गौतम वैद्धिक कालका मुल सप्तर्षि मध्यका जेठा ऋषि हुन् । वास्तवमा उच्चारणमा गौतम भनिय पनि उनको वास्तविक नाम गोतम हो भनिन्छ । गोतमको नामबाट गोतम गाण बनेको छ । वास्तविक नाम गोतम भए पनि प्रचलनमा गौतम भनिएकाले सबैतिर गौतम नै उल्लेख भएको पाइन्छ । संस्कृत ग्रन्थ मानभन्तरको सातौं भल्युममा उल्लेख तथ्यलाई जर्मन मानवशास्त्री म्याक्स मुलरले आफ्नो खोजमा यसरी उल्लेख गरेका छन् :- [१]

" महर्षि गौतम वैद्धिक कालका एक प्रख्यात महर्षि थिए । उनी हिन्दू धर्मका मन्त्रहरूका प्रतिपादक पनि थिए । त्यसैले उनलाई वैद्धिक कालमा मन्त्रद्रष्टा भनेर चिनिन्थ्यो ।"

वास्तवमा यस तथ्यले प्रमाणित गर्दछ की महर्षि गौतम महान, प्रतापी र ऋषिहरूका पनि महर्षि थिए । उनि हिन्दू धर्ममा प्रयोग हुने कतिपय मन्त्रहरूका मुख्य प्रतिपादक पनि थिए । उनले नै त्यस समयमा मन्त्रको प्रवर्तन गरेका थिए । त्यसैले उनलाई वैद्धिक कालमा मन्त्रका पिता भनेर चिनिन्थ्यो ।[१] मानवशास्त्री मुलरकै खोज अनुसार गौतम महर्षिका बारेमा ऋगवेदमा पनि उल्लेख छ । मुलरले आफ्नो खोजमा लेखेका छन् :-[१] "ऋगवेदमा थुप्रै शुक्तिहरू छन् जसले महर्षि गौतमको नाम र जिवनको केही पक्षका बारेमा उल्लेख गरेको छ ।" यस तथ्यबाट पनि प्रमाणित हुन्छ कि वास्तवमा महर्षि गौतम अत्यन्त प्रभावशाली र सिद्ध महर्षि थिए । ऋगवेदका तमाम शुक्तिहरूले उनको महानता र जिवनीको व्याख्या गरेका छन् । देवि भागवतमा पनि महर्षि गौतमका बारेमा थुप्रै कुराहरू उल्लेख गरेको भेटिएको छ । आफ्नो खोजमा मुलरले लेखेका छन् :-[१]

"देवि भागवतका अनुशार प्राचिन कालको गोदावरी नदीको नाम पनि महर्षि गौतमसँग जोडिएको छ अर्थात गोदावरी नदीको नाम पनि महर्षि गौतमकै नामबाट जुराएर राखिएको हो ।"

यस तथ्यले बताए अनुसार गोतावरी नदी प्राचिन मिथिला नजिक पर्ने मिथिला उपवन हुँदै बग्दथ्यो । यो नदी र गंगा नदी प्राचिनकालमा करिब संगसंगै भएर बग्दथे । त्यस समयको अत्यन्त पवित्र नदी मानिने गोदावरी नदीको नाम पनि महर्षि गौतमकै नामबाट राखिएको थियो । ऋगवेदका अनुसार महर्षि गौतम राहुगाणाका छोरा थिए । राहुगाना अङ्गिराका सन्तती थिए । महर्षि गौतमका तीन छोरा थिए ।[१]

यी छोराहरू मध्य वामदेव र नोधास जेठी पत्नी पट्टीका थिए भने सतानन्द कान्छी पत्नी अहल्याबाट जन्मिएका छोरा थिए । तर महर्षि गौतमकी जेठी पत्नीको बारेमा भने खासै उल्लेख गरेको पाइदैन । महर्षि गौतमाका छोराहरूका बारेमा भारतीय इन्साइक्लोपीडियामा भनिएको छ ।:-[१]"महर्षि गौतमाका वामदेव, नोधास र सतानन्द नामका तीन छोरा थिए ।" यिनै छोराहरूबाट महर्षि गौतमको वंश अघि बढेको थियो । महर्षि गौतमका छोराहरू वामदेव, नोधास र सतानन्दको जन्म तथा भरण पोषणका बारेमा सामवेदको भाद्रा श्लोकमा पनि इतिवृतान्त रुपमा व्याख्या विश्लेषण गरिएको छ, जसलाई भारतीय इन्साइक्लोपीडियाले उल्लेख गरेको छ । यस हिसाबले त महर्षि गौतम वैद्धिक कालका एक महानतम महर्षि थिए भन्ने जनाउँदछ । किनकी उनको जिवन, पराक्रम र सिद्धिका बारेमा ऋगवेद, सामवेद, देवि भागवत, ब्रह्माण्ड पुराण, महाभारत आदी हिन्दू धर्मका महानतम ग्रन्थहरूमा प्रसस्त र प्रगाढ रुपमा व्याख्या विश्लेषण गरेको पाइन्छ । उनि आफ्नो समयमा सिद्धहस्त महापुरुष थिए । उनले सनातन धर्मलाई संस्थागत गर्न त्यस समयमा उल्लेख्य अग्रणी भूमिका निर्वाह गरेका थिए ।[१]

गौतमद्वारा सामवेदको रानायनी खण्डको रचना[सम्पादन गर्ने]

महर्षि गौतम वैद्धिककालका महानतम महर्षि थिए । उनको जिवन, सिद्धी र पराक्रमको बारेमा सनातन धर्मका अधिकांश ग्रन्थहरूमा प्रसस्त रुपमा व्याख्या गरेको पाउन सकिन्छ । उनि आफैमा मन्त्रद्रष्टा थिए । मन्त्रद्वारा अलौकिक काम गर्न सक्ने यतीसम्मकी मन्त्रको माध्यमद्वारा मानिस उत्पन्न गर्न सक्ने खुबी महर्षि गौतममा थियो भनिन्छ । कतिपय विद्वानहरूले त महर्षि गौतमले आफ्ना दुई छोराहरू वामदेव र नोधासलाई मन्त्रद्वारा नै उत्पन्न गराएका हुन् भनि उल्लेख समेत गरेका छन् । यस्ता सिद्ध पुरुष महर्षि गौतमले तमाम ग्रन्थहरूको रचना गरेका थिए जो अहिले सनातन हिन्दू धर्म मान्नेहरूले आफ्ना धार्मिक ग्रन्थ मान्ने गरेका छन् । यही प्रसंगमा भारतीय इन्साइक्लोपीडियामा सामवेदको रानायनी उप-शाखाको रचना बारे यस्तो उल्लेख छ ।:- :- " सामवेदको एक मुख्य उप-खण्ड रानायनी उपखण्डको रचनामा मुख्य भूमिका गौतम महर्षिको थियो ।[१] यसबाट प्रष्ट हुन्छ कि सामवेदको रचनाकार मध्यका एक महर्षि गौतम पनि थिए । वास्तवमा महर्षि गौतम सामवेदका संस्थापक रचनाकार थिए । यस हिसाबले भन्नु पर्दा गौतम ऋषीले प्रवर्तन गरेको गौतम गोत्रका मान्छेहरू वेद सामवेद नै हो । हुनत सामवेदको उप खण्ड रानायनीमा महर्षि गौतमले आफु स्वयं र सृष्टिको शासत्व सत्यका बारेमा लेखेका छन् । त्यसमा सनातन धर्म पद्धति र प्रक्रियाका बारेमा पनि लेखिएको उल्लेख छ । [१] विभिन्न गोत्रमा विभक्त हिन्दू समाजका मानिसहरूको धार्मिक विधि क्रममा अलग अलग वेदलाई आफ्नो मुल वैद्धिक नितीशास्त्रका रुपमा मान्ने र त्यसैको आधारमा पूजा पाठ गर्ने गरेका छन् । यस हिसाबमा गौतमगोत्री समुदायको मुल वेद सामवेद हो भन्ने कुरा कहिं कतै संका छैन । किनकी सामवेद स्वयं महर्षि गौतमको संस्थापकिय संलग्ता र लेखनमा तयार भएको छ ।[१]

गौतमद्वारा गौतम धर्म सूत्रको रचना[सम्पादन गर्ने]

महर्षि गौतम वैद्धिक कालका वास्तवमै महान, चिन्तक, विचारक र सनातन धर्मका सुधारक थिए । उनलाई न्यायशास्त्रका पिता भनेर चिनिन्छ । वैद्धिक कालमा उनलाई ऋषिमुनीहरूले न्यायशास्त्रका पिता उपाधीले बिभुषित गरेका थिए । आज पनि न्यायशास्त्रका पिता भनेर गौतम ऋषिलाई नै चिनिन्छ । उनले विभिन्न शास्त्र तथा धर्मग्रन्थहरूको लेखन गरेको देखिन्छ । यसैगरी उनले सनातन धर्म सुधार र सामाजिक व्यवहारलाई सूत्रवद्ध र अनुशासित महान धर्मशुत्रको रचना गरेका छन् । त्यस धर्मशुत्रको नाम "गौतम धर्मशुत्र" राखिएको छ । यसका बारेमा भारतीय इन्साइक्लोपीडियामा यस्तो उल्लेख छ :-[१]

"महर्षि गौतम "गौतम धर्मशुत्र" का रचयीता पनि हुन् र वास्तविकतामा यो धर्मशुत्र सबैभन्दा पहिले लेखिएका महान धर्मशुत्रमध्यको एक हो । यसमा २८ पाठ मानव, एक हजार मानवजिवनका वास्तविकतासँग सम्बन्धित बिषय प्रसंग उल्लेख छन् ।"

यस धर्म शुत्रमा खासगरी ४ आश्रमका नियमहरू र हिन्दू धर्ममा पालना गर्नुपर्ने थुप्रै विधि र प्रबन्धका कुरा सामेल गरिएको छ । भारतिय इन्साइक्लोपीडियाले गौतम धर्म शुत्रबारे थप भनेको छ :-[१]

"गौतम धर्म शुत्रमा ४ आश्रमका नियमहरू, ४० संस्कारहरू, चार वर्ण, राजाका राजकिय जिम्मेवारी, विभिन्न अपराधिक अवस्थामा सजाय, मृतकको अन्त्यष्टिका लागी आवस्यक पालना गर्नुपर्ने नियमहरू, खाद्य उपभोगमा गर्नहुने र गर्न नहुने कुराहरू, पापको प्रायश्चित गर्दा पालना गर्नुपर्ने कुराहरू र वैयक्तिक सम्पत्तिको प्राप्ति र उपभोगको नियमहरू उल्लेख गरिएको छ ।"

यस गौतम धर्म शुत्रलाई विद्वानहरूले विश्वकै पहिलो कानुन किताब मानेका छन् । यस सन्दर्भमा मानशास्त्री मुलरले यस्तो लेखेका छन् :-[१] "गौतम धर्म शुत्र विश्वकै प्रथम कानुनी पुस्तक मान्न सकिन्छ ।" उनिहरूको यो भनाईलाई मान्ने हो भने त सृष्टिमा कानुनको सुरुवात पनि गौतम ऋषिले नै गरेका हुन्, उनलाई आधुनिक कानुनका जन्मदाता मान्न सकिन्छ किनकी वैद्धिककालमा लेखिएको गौतम धर्मशुत्र भन्दा पहिले कुनै लिखित कानुन थिएन ।[१]

गौतम धर्म शुत्र विश्वको पहिलो कानुनी किताब[सम्पादन गर्ने]

वास्तवमा यो धर्म शुत्र कानुनको विकासमा पहिलो आरम्भिक पुस्तक हो । जसले आधुनिक कानुनको विकासमा योगदान गरेको देखिन्छ । यहीबाट समाजमा घट्ने सबै प्रकारका अपराधिक घटनाहरू माथी मुनासिब सजायको सुरुवात भएको प्रष्ट हुन्छ । माथी उल्लेख भएको प्रसंग जर्मन मानवशास्त्री म्याक्स मुलरको खोजमा उल्लेख भए अनुसार पनि महर्षि गौतमको पुस्तक गौतम धर्म शुत्र विश्वकै प्रथम कानुनी किताब हो ।[१] यस हिसाबले त महर्षि गौतम केवल वैद्धिक कालका मन्त्रद्रष्टा, सामवेदका रचयीता, गौतम गोत्रका आरम्भकर्तामात्र नभइ आधुनिक कानुनका जन्मदाता पनि रहेछन् भन्नु पर्छ । हिन्दु विधिशास्त्रमा कलम चलाउने चाणक्य, कौटिल्य, प्रेमचन्द, बालमिकी लगायतका पुस्ता दर पुस्ताका सबै विद्वानहरूले महर्षि गौतमकै गौतम धर्म सूत्रमा आधारित भई कलम चलाएका छन् । महर्षि गौतम भन्दा पहिले कुनै पनि धर्ममा कानुनको सुरुवात भएको थिएन भन्ने प्रष्ट हुन्छ । महर्षि गौतम पछि मात्र अन्य गोत्र प्रवर्तक ऋषिमुनीहरूले आफ्नो नामबाट धर्म शुत्रहरू तयार गरेका छन् । ति सबै भन्दा पहिले धर्म शुत्र लागु गर्ने ऋषि गौतम नै हुन् । [१] यस हिसाबबाट पनि भन्न सकिन्छ कि महर्षि गौतम नै आधुनिक कानुनका जन्मदाता हुन् । किनकी हिन्दू दर्शन अनुसार वैद्धिक काल आजभन्दा करिब ५,००० बर्ष पहिले हो भनिन्छ । यस हिसाबमा भन्ने हो भने वैद्धिककालमा अहिले विश्वमा अस्तित्वमा रहेका कुनै पनि धर्मको जन्म भएको थिएन । यस हिसाबले भन्न सकिन्छ कि गौतम धर्म शुत्र विश्वकै पहिलो धार्मिक कानुन हो र यही नै विश्वको पहिलो धार्मिक तथा सामाजिक कानुन पनि हो । वास्तवमा गौतम गोत्रका सुरुवातकर्ता गौतम ऋषि आधुनिक कानुनका जन्मदाता हुन् भन्न पाउनु अहिलेका गौतम गोत्रीहरूकालागि असिम गर्वको विषय हो ।[१]

महर्षि गौतमको व्याक्तिगत जिवन[सम्पादन गर्ने]

महान हिन्दू ग्रन्थ महाभारतको शान्ति पर्वमा महर्षि गौतमको विस्तृत जिवनीको व्याख्या गरिएको छ । भारतीय इन्साइक्लोपीडियाले महर्षि गौतमको व्याक्तिगत जिवनको सवालमा यस्तो उल्लेख गरेको छ :- [१]

"महर्षि गौतम राहुगणाका छोरा थिए । उनि वैद्धिक कालका मुख्य सप्तर्षि मध्यका एक थिए र उनि नै गौतम गोत्रका प्रवर्तक पनि थिए ।"

हुन त यो प्रसंग माथी पनि उल्लेख गरिएको छ । तर यसलाई थप व्याख्या गर्न जरुरी देखिन्छ । महर्षि गौतमको जिवनका केही पाटाहरू अत्यन्त रोचक छन् । खासगरी उनको विवाहको प्रसंग बढी रोचक छ । महर्षि गौतमकी श्रीमतीको नाम अहल्या हो । अहल्या चतुर्मुखी ब्रह्माकी छोरी थिइन् । चतुर्मुखी ब्रह्माले मन्त्रद्वारा सृष्टिकी सबैभन्दा सुन्दर नारीको रुपमा अहल्यालाई सृजना गरेका थिए । यस सन्दर्भमा भारतिय इन्साइक्लोपीडियामा यस्तो लेखिएको छ :-[१] "अहल्या सृष्टिकर्ता ब्रह्माकी मानस पुत्री थिइन् ।" सृष्टिकर्ता ब्रह्माले तत्कालिन ऋषिहरूको बुद्धि र चातुर्यको परिक्षण गर्नको एक समारोहको आयोजना गरे । जसमा उनले सम्पूर्ण ऋषिहरूलाई भने जो तीन लोक ( स्वर्ग, पृथ्वीपाताल ) को सबैभन्दा पहिले परिक्रमा गरेर आउँछ उसलाई मेरी छोरी अहिल्या सुम्पिने छु । ब्रह्माको यो वाचा सुन्नासाथ सबै ऋषि, महर्षिहरू यसका लागि तयार भइहाले । किनकी त्यस समारोहमा सरिक ऋषि महर्षिहरू मध्य प्रायः तीन लोकको परिक्रमा गरेर आउन सक्थे फरक यति मात्र थियो कि कसले सबैलाई उछिन्ने र पहिले पुग्ने । त्यस समारोहमा उपस्थित प्रायः सबै ऋषि, महर्षिहरू मध्य महर्षि गौतम सबैभन्दा उमेरले बढी वृद्ध थिए । परिक्रमामा सहभागीहुन तयार अरू ऋषिहरूलाई हेर्दा सबैले महर्षि गौतम पछारिने अड्कल काटे । परिक्रमाको महायात्रा सुरू हुने दिन आयो। [१] विशाल समारोहकाबीच चतुर्मुखी ब्रह्माले ऋषिहरूलाई परिक्रमामा जान आदेश दिए । सबै सहभागी ऋषिमुनीहरू तछाड मछाड गर्दै परिक्रमाका लागि भागे । तर, सहभागिताकै लागि उभिएका महर्षि गौतम बडो शान्त भइ आफ्नै स्थानमा बसी रहे । यो देखेर भव्य समारोहका सबै सहभागीहरू आश्चर्य चकित भए । कसैले त अड्कलकाटे बुढो भएकाले नसक्ने भएर महर्षि गौतम परिक्रमाको महायात्रबाट पछिहटे भनेर । तर, सत्य त्यो थिएन । परिक्रमाका लागि सबै ऋषि महर्षिहरू निस्किसकेर मैदान खाली भएपछि महर्षि गौतमले चतुर्मुखी ब्रह्मा र अन्य तमाम सहभागीहरूको ध्यान आफूतिर आकर्षित गर्दै आफ्ना सहयोगीलाई संकेत गरे । महर्षि गौतमका सहयोगीहरूले गौतम उभिएक ठाउँमा एक गौमाता ल्याएर उभ्याए । यो देखेर फेरी सबै छक्क परे तर माथी आसनमा बसेका ब्रह्माजीले भेउ पाहिहाले र उनि मुस्कुराए । यत्तिकैमा ऋषिहरूका महर्षि परम वैद्धिक एवं सिद्ध पुरुष गौतम ऋषिले गौमाताको तीन पटक परिक्रमा गरे र भने मैले तिनै लेकको परिक्रमा यही नेर गरिसकें । [१] यो देखेर ड्यासमा आसिन ब्रह्माजी उभिएर तालि बजाउँदै गौतम ऋषिको दिव्य दृष्टि र चतुर कर्मलाई स्विकार गरे । सारा भिंडमा अचम्म र खुशी फैलियो । अनी ब्रह्माजीले सबैलाई सम्बोधन गर्दै भने हो आज म खुशी भएँ । किनकी महर्षि गौतम साँच्चिकै सिद्ध पुरुष भएछन् । यो सुनेर सारा भिंड खुशीले गद्गद् भयो । ब्रह्माजीले महर्षि गौतमलाई माथि ड्याससँगै रहेको भव्य विवाह मण्डपमा बोलाएर भव्यताका साथ छोरी अहल्याको विवाह महर्षि गौतमसँग गरी दिए । यो प्रसंग पुराणमा उल्लेख भएको पाइन्छ ।[१] पुराणको सोही प्रसंगलाई उल्लेख गर्दै भारतीय इन्साइक्लोपीडियाले पनि यस्तो भनेको छ:-[१]

"ब्रह्माले वाचा गरे जो यो सृष्टीको परिक्रमा गरेर पहिले आइपुग्छ त्यही अहल्याको हात पाउने छ । तर महर्षि गौतमले त्यहींनिर गाईको श्रद्धापूर्वक परिक्रमा गरेर ब्रह्माको चुनौती पुरागरी दिए र अहल्याको हात पाए ।"

यसरी गौतम ऋषिको विवाहको कुरा वास्तवमा वैद्धिक काल देखि हालसम्म पनि अत्यन्त रोचक मानिन्छ । सृष्टिको साँच्चिकै परिक्रमा गर्न गएका जवान ऋषिहरू फर्केर हतारिंदै अहल्याको हात माग्न आउँदा उनी त बुढा महर्षि गौतमकी पत्नी भईसकेकी थिइन् । यो देखेर अचम्मित हुँदै तीन लोक परिक्रमा गरेर आएका अन्य ऋषिहरूले ब्रह्माजीसँग सवाल गरे ब्रह्माजी किन वाचा तोडेको र सृष्टिको परिक्रमामा जाँदै नगएका बुढा गौतम ऋषिलाई किन अहल्या दिनु भो भनि आक्रोसपूर्ण सवाल गर्दा सबै आक्रोसित ऋषिहरूलाई सम्झाउँदै ब्रह्माजीले गाईको महिमा सुनाए । र, भने गाई र सृष्टिलाई मुल्य गर्यो भने म गाईको मुल्य धेरै देख्छु । तर तिमीहरूले यो कुरा बुझेका रहेनछौ । यो कुरा त गौतम ऋषिले मात्र बुझेछन् । मैले तिमीहरूको भौतिक बलको परिक्षा लिएको हैन, मैले त तिमीहरूको वौद्धिक सिद्धताको परिक्षा लिएको हुँ । यस परिक्षामा महर्षि गौतम नै उत्तिर्ण भए त्यसैले उनी बुढा भए पनि मेरी पुत्री अहल्याको हात पाए । चतुर्मुखी ब्रह्माको यो कुरा सुनेर सबै ऋषिहरूका आँखा खुले र उनीहरू फेरी वौद्धिक सिद्धताकालागि ध्यान र तपस्यामा फर्किए । [१] यति महान र रोचक प्रसंग छ, महर्षि गौतमको विवाहमा । वास्तवमा यो गौतम ऋषिको दोश्रो विवाह थियो । यस अघिको विवाहबाट उनका दुई पुत्र थिए र पछी अहल्याबाट एक पुत्रको जन्म भएको उल्लेख छ ।[१] वैवाहिक प्रसंगजस्तै गौतम ऋषिको जिवनमा अन्य पाटाहरू पनि उत्तिकै रोचक र सुन्न योग्य छन् । महाभारतको शान्ति पर्वमा गौतम ऋषिले आफूबाट जान अन्जानमा भएका पाप कर्मको स्वऐच्छिक प्रायाश्चित गरेको प्रसंग उल्लेख छ । गौतम ऋषिले आफूद्वारा भएको गल्तिको पश्चाताप गर्दै सजाय स्वरुप आफूले आफैलाई साठी वर्ष लामो सजाय दिएका थिए । उनले के गल्ती गरेका थिए र आफूलाई के सजाय दिएका थिए भन्ने कुरा महाभारतको शान्ति पर्वको अध्यायन गरेमा प्रष्ट हुन्छ । [१]

त्यस्तै उनको जिवनको अर्को रोचक प्रसंग पनि छ । नारद पुराणका अनुसार महर्षि गौतमको समयमा अहिले सम्मकै भयानक खडेरी परेको थियो । त्यस खडेरीका कारण खाद्यान्नको भयंकर अभाव भएको थियो । त्यस अनिकालमा मिथिला क्षेत्रको करिब आधाभन्दा बढी आवादी भोकका कारण मरेको थियो । त्यस्तो अनिकालको महाविपत्तिमा ठुला ठुला ऋषिहरू पनि मर्ने सम्भावना देखियो । यदी ति ऋषिहरू मरेमा तत्कालिन समाज र सभ्यतामा भयंकर संकट आइलाग्ने थियो । खडेरी र भोकमारी पनि लगातार १२ वर्षसम्म कायम रहेको थियो । त्यस्तो खडेरीमा तत्कालिन मिथिलाका सबै ऋषिहरू मर्ने सम्भावना पक्का भएपछि महर्षि गौतमले त्यस समयका सबै ऋषिमुनीहरूलाई आफ्नो आश्रमा राखी लगातार १२ वर्षसम्म खाना ख्वाएर भोकमारीबाट बचाएका थिए । [१]

त्यस्तै अर्को प्रसंग पनि रोचक छ । गौतम ऋषि भगवान शिवका निकै ठुला भक्त थिए । उनले कैयौं वर्षसम्म शिवको आराधना गरेका थिए । उनको अनवरत आराधनाबाट प्रसन्न भइ भगवान शिवले आफ्नो तर्फबाट उपहार स्वरुप महर्षि गौतमका अघि ज्योतिर्लिङ्ग स्थापना गरिदिएर भने अब तिमी यसको पूजा गर तिम्रो मनोकांक्षा पुरा हुँदै जानेछ । यही घटनाबाट धर्तिमा ज्योतिर्लिङ्ग अस्तित्वमा आएको हो । शिव लिङ्गमध्य सबैभन्दा शक्तिशाली लिङ्गको रुपमा ज्योतिर्लिङ्गलाई नै मानिन्छ । यस धर्तिमा सबैभन्दा पहिले ज्योतिर्लिङ्गको पूजा र दर्शन गर्ने मानव महर्षि गौतम नै थिए ।[१]

महर्षि गौतमको विवाह[सम्पादन गर्ने]

गौतमकी पत्नी अहिल्या

वैद्धिक ग्रन्थहरू र विभिन्न विद्वानहरूले विभिन्न कालखण्डमा गरेका खोज अनुसन्धान अनुसार महर्षि गौतमका दुई विवाह भएको पुष्टी हुन्छ । किनकी उनकी प्रख्यात पत्नी अहिल्याबाट एक मात्र सन्तान सतानन्दको जन्म भएको बताइन्छ भने त्यसभन्दा पहिले उनका दुई अन्य छोराहरू वामदेव र नोधास रहेको सबैले उल्लेख गरेका छन् । यी दुई पुत्रको बारेमा निकै लामो वर्णन गरेको पाइन्छ । त्यसैले पनि पुष्टी हुन्छ कि गौतम ऋषिका दुई विवाह भएका थिए । तर, कुनै ग्रन्थ र कुनै पनि खोजकर्ताले उनकी पहिली पत्नीको बारेमा उल्लेख गरेका छैनन् । [१] उनको दोश्रो विवाह ब्रह्मा पुत्री अहल्यासँग भएको थियो । यो विवाह पौराणिक कालको अत्यन्त चर्चित विवाह हो । यो विवाह सम्बन्धका बारेमा प्रायः सबै पुराणहरूमा उल्लेख छ । गौतम ऋषिको विवाह अहल्यासँग हुँदा अहल्या निकै कम उमेर (लगभग १८ वर्ष) की थिइन् जबकी महर्षि गौतम वृद्ध भइ सकेका थिए । तर पनि त्यो विवाह ब्रह्माजीले आफै गराएका थिए । विवाहमा खुल्ला प्रतिस्पर्धाबाट वरको छनौट गरिएको थियो । ब्रह्माजीले त्यस समयका सबै ऋषिमुनीहरू तथा देवताहरूलाई भेला गराई एक युगान्तकारी समारोहको आयोजना गराए । र, भने तपाइँहरू मध्य जो तीनलोकको परिक्रमा गरेर पहिले यहाँ पुग्छ, म उसैलाई मेरी छोरी अहिल्याको हात सुम्पने छु । यो सुनेपछी सबै ऋषिमुनीहरू र देवताहरू मात्र हैन देवताका राजा इन्द्र समेत त्यो प्रतियोगितामा सामेल हुन तयार भए । किनकी अहल्या धर्तीकी सबैभन्दा सुन्दर नारी थिइन् । ब्रह्माजीले स्वर्गकी परी उर्वशीको सुन्दरताको शाख झार्नको लागि अहल्याको रचना गरेका थिए । अहल्या यति सुन्दर थिइन् कि उनको सुन्दरताले वृद्ध महर्षि गौतमदेखि देवताका राजा ईन्द्र स्वयं प्रतिस्पर्धाका लागि तयार भए । [१] यसरी प्रतियोगिताको तयारी भइसके पछि तीनै लोकको परिक्रमाकालागि सबै ऋषिमुनी तथा देवताहरू गए । तर, महर्षि गौतम प्रतिस्पर्धा स्थलमा नै बसिरहे । यो देखेर सबै छक्क परे । त्यसैबेला गौतमले आफ्ना सहयोगीलाई सुरभी नाम गरेकी गाईलाई ल्याउन संकेत गरे र गाई ल्याइयो । अनी गौतम ऋषिले ब्रह्माजीको ध्यान आकर्षित गर्दै भने- "ब्रह्माजी म एकै पटक तीनै लौकको परिक्रमा गर्छु हेर्नुहोस् । पवित्र गाई सुरभीको तिन पटक परिक्रमा गर्दै भने- "सुरभी भन्दा बढी तीन लोक अन्त कहाँ छ र ? त्यसैले मैले सोचें तीन लोक घुम्नु भन्दा गौमाता सुरभीको परिक्रमा गर्नु उत्तम हुन्छ ।" [१] यो देखेपछि चतुर्मुखी ब्रह्माजी खुसीले गद् गद् भए र भने- "हे महर्षि गौतम जी म तपाईंदेखी प्रसन्न भएँ । आज मलाई विश्वास लाग्यो कि तपाईं वास्तवमा सिद्ध पुरुष हुनु भएछ । वास्तवमा तीन लोक र गौमातामा कुनै फरक छैन । मैले त देवताहरू र ऋषिमुनीहरूको परिक्षा लिएको हुँ, सबै अहल्याको सुन्तरता देखेर अन्धाभई तीन लोक तिर भागे तर तपाइँले वास्तविक कुरा बुझ्नु भएछ विचार पुर्याउनु भयो, म तपाईंदेखि धन्य भएँ ।" चतुर्मुखी ब्रह्माका मुखारविन्दुबाट यो सुनेपछि समारोहमा उपस्थित भिंड हर्षले गद्गद् भयो । ब्रह्माले घोषणा गरे मेरी सुन्दर छोरी अहल्याको विवाह महान ऋषि गौतमसँग हुनेछ । यसका लागि उनि नै उपयुक्त वर हुन् । [१] यतिभन्दै सुन्दरी अहल्या र महर्षि गौतमको विवाह सुरू भयो कैयौं दिनसम्म चलेको विवाह नसिकिंदै देवताका राजा ईन्द्र आफ्नो दैविक शक्तिको प्रयोग गरी तीनै लोकको परिक्रमा सकेर आइपुगे । उनी आफू विजय भएको भन्दै हतार हतारमा ब्रह्माजी कहाँ गई सुन्दरी अहल्याको हात माग्न खोज्दा उता त अहल्या र महर्षि गौतमको विवाह हुँदै थियो । यो देखेर ईन्द्र अचम्भित हुँदै ब्रह्माजीका सामुन्य गएर भने- "हे ब्रह्माजी मैले तीन लोकको परिक्रमा गरेर तर प्रतिस्पर्धामा जाँदै नगएका वृद्ध गौतम ऋषिलाई छोरी दिएर किन आफ्नो वाचा तोडेको ?" उनको प्रश्न सुनेर ब्रह्माजीले हाँस्दै भने- "हे देवराज ईन्द्रजी मैले तपाईं देवताहरू र धर्तिका महर्षि ऋषिहरूको शारीरिक बलको परिक्षा लिएको हैन । मैले त तपाईंहरूको दिव्यता र सिद्धताको परिक्षा लिएको हुँ । तर, तपाईंहरूले तीन लोक घुमेर आउनेले मेरी छोरी अहल्याको हात पाउने भन्ने वित्तिकै आँखा र विवेक बन्द गरेर मुर्खतापूर्वक परिक्रमा गर्न भाग्नु भयो जबकी सिद्ध महर्षि गौतमले आफ्नो सिद्ध वौद्धिकताको प्रयोग गरी मेरो चुनौतीको पहचान गरे, मैले भन्न खोजेको कुरा बुझे र उनले तीनै लोकभन्दा महान र पवित्र गौमाताको तीन पटक परिक्रमा गरेर यो चुनौतीको पुरा गरिदिए । जुनकुरा तपाईं देवराजका दिमागमा पनि आएन । त्यसैले तपाईंले प्रत्यक्ष तीनलोक परिक्रमा गरेर आउँदा समेत यो प्रतिस्पर्धामा असफल हुनुभयो । महर्षि गौतम कतै नगए पनि आफ्नो तिक्ष्ण वौद्धिकताको प्रयोग गरेर यो प्रतिस्पर्धामा प्रथम भए । त्यसैले उनले मेरी सुन्दरी छोरी अहल्याको हात पाए ।" [१] यो भन्दै ब्रह्माजीले थप भने- "मैले यो प्रतिस्पर्धा आयोजना गर्नुका मुख्य तीन उद्देश्य थिए ।

  • सबै देवता र ऋषि महर्षिहरूको सिद्धताको परिक्षण गर्नु ।
  • मेरी छोरी अहल्याको विवाह गर्नु ।
  • धर्तिमा गौमाताको महत्व र महिमा फैलाउनु ।

मेरा तीनै उद्देश्य पुरा भए र म सन्तुष्ट छु । " ब्रह्माजीको यो भनाइ सुनेर देवराज ईन्द्र छक्क परे । अनी उनले त्यही समारोहमा केही ऋषिहरूसँग भने- "म अहल्याको हात पाउन असफल भए पनि यिनसँग योनक्रिडा चाहीं कुनै पनि हालतमा गरीछाड्नेछु ।" यो प्रतिज्ञा गरेर देवराज ईन्द्र समारोहबाट बाहिरिए । [१] यसरी सृष्टिकै सुन्दरी अहल्याको विवाह वृद्ध महर्षि गौतमसँग भयो । विशेष कुरा के भने गौतमको विवाह प्रसंगले समस्त हिन्दूहरूमा गौमाताको पवित्रता, महानता र वास्तवमा गाईका तीन चिज दूध, गोमुत्र र गोबरले हिन्दू मिथोलोजी अनुसारका पूजाकर्म गरे तीन लोक घुमी तिर्थाटन गरे समान हुने कुराको पुष्टी गरिदिएको छ । [१]

गौतम ऋषिको आश्रम[सम्पादन गर्ने]

गौतम ऋषिको आश्रमका बारेमा रामायणमा भनिए अनुसार उनको आश्रम त्यस बखतको मिथिला राज्यको नजिकै रहेको मिथिला उपवनमा थियो र उनको आश्रमको नजिकैबाट गोदावरी नदी बग्दथ्यो । गोदावरी नदीको नाम गौतम ऋषिकै नामबाट राखिएको थियो । यो प्रसंगलाई ब्रह्माण्ड पुराणले पनि उल्लेख गरेको छ भनि भारतीय इन्साइक्लोपीडियाले लेखेको छ । त्यस्तै स्कन्द पुराणले गौतम ऋषिको आश्रम गोदावरीमा मात्र नभई नर्मदा नदीको किनारमा पनि थियो भनेको छ । त्यस्तै ब्रह्मवैवर्त पुराणले गोदावरी नदी किनारामा रहेको गौतम ऋषिको आश्रमको ठिक पारी पट्टी त्यस समयको चर्चित शहर पुष्कर अवस्थित थियो भनेको छ । यि सबै तथ्यहरू भारतीय इन्साइक्लोपीडिले उदृत गरेको छ, त्यही आश्रममा बसेर विवाह पछि गौतम र अहल्या आत्मअनुशासनको अभ्यास गर्दथे भनिएको छ । [१] त्यस्तै रामायणका अनुसार विवाह गरेर गौतमले अहल्यालाई पहिलो पटक मिथिला वन भित्रको गोदावरी नदी किनारामा भएको आफ्नो आश्रममा ल्याएपछि एक काठको लामो वेन्च जसमा पछाडी अडेस लाग्ने र सिटतल काठकै बक्स जोडिएको थियो त्यही वेन्चमा बसालेका थिए । पछी अहल्याले त्यो वेन्चलाई विहानीपख नित्य कर्म गर्दा मन्त्रहरूलाई लय हालेर स्तुती वाचनको स्थान बनाएकी थिइन् भनिन्छ । यही मिथिला वन भित्र रहेको गोदावरी नदी किनारामा अवस्थित आश्रममा बसेर गौतम ऋषि र अहल्याको जिवन पूर्ण भएको थियो । [१]

ईन्द्रद्वारा गौतम ऋषिलाई धोका[सम्पादन गर्ने]

देवराज ईन्द्र महर्षि गौतम प्रति निकै रिस्सियका थिए । किनकी सुन्दरी अहिल्यालाई पाउन तीन लोक परिक्रमा गरेर आउँदा पनि बह्माजीले अहिल्याको विवाह महर्षि गौतमसँग गराई दिएका थिए । आफूले झण्डै प्राप्त गरिसकेकी सुन्दरी अहिल्यालाई गौतमले लगिदिंदा देवराज ईन्द्र रिसाएर विवाह समारोहमा नै भनेका थिए, अहिल्यालाई पत्नी बनाउन नपाए पनी म यिनीसँग योनक्रिडा चाहीं कुनै पनि हालतमा गरी छाड्ने छु । यस्तो प्रतिज्ञा गरेर ईन्द्र विवाह स्थलबाट गएका थिए । [१] उता महर्षि गौतम अत्यन्त वृद्ध अवस्थामा हुँदा सुन्दरी अहिल्यासँग भएको थियो । विवाह पछि महर्षि गौतम र अहिल्या गोदावरी नदीको किनारामा रहेको मिथिला वन स्थित आश्रमा बस्दथे । हिन्दू ग्रन्थ रामायणका अनुसार महर्षि गौतम सधैं प्रातः स्नानगर्न आफ्नो आश्रमबाट टाढा रहेको पवित्र नदी गंगामा जाने गर्दथे । एक दिन ईन्द्रको योजना अनुसार मध्य रात्रीमा चन्द्रमा कुखुराको भेषमा महर्षि गौतमको आश्रम नजिकै गएर कुखुराको आवाज निकालेर कराउन थाले । कुखुराको आवाज सुनेर महर्षि गौतमले प्रातकाल भएको सोचे । महर्षि गौतम गंगामा प्रातः स्नान गर्न आश्रमबाट निस्के । जब महर्षि गौतम आश्रमबाट गंगा नदीमा पुगे त्यही मौका छोपी ईन्द्र गौतम ऋषिको भेषमा नदीबाट नुहाएर फर्के झैं गरी अहिल्या मात्र रहेको आश्रमा आइपुगे । अहिल्याले छक्क पर्दै भनिन् - "हे महर्षि देव त्यती टाढाको गंगा नदीमा पुगेर यती चाँडै फर्किनु भो ।" उनको प्रश्नको जवाफ दिंदै महर्षि गौतमको भेषमा आएका देवराज ईन्द्रले भने - "हो म चाँडै आएँ, म गंगा नदीमा नगएर गोदावरीमा नै स्नान गरेर आएँ । खै किन म आज तिमी प्रति अरू दिनको भन्दा निकै आकर्षित भएँ र आज पहिलो पल्ट प्रातः स्नान पछि अन्य नित्यकर्म भन्दा पनि तिमीसँग यौन क्रिडा गर्न मन लाग्यो ।[१] उनको यो भनाई सुनेर अहिल्याले छक्क पर्दै भनिन्- "हे महर्षि देव किन आज प्रातकालको नित्यकर्म नगरी यो सोच्नु भएको ।" यो सुनेर महर्षि गौतमको भेषमा आएका ईन्द्रले भने- "हैन मैले आज निकै शक्ति महसुस गरिरहेको छु, आज तिमी नाईं नभन ।" श्रीमानले अनुरोध गर्दा एक श्रीमतीले नमान्ने कुरै भएन र अहिल्या त्यसका लागि तयार भइन् । अनि गौतम ऋषिको भेषमा आएका ईन्द्रले अहिल्यालाई सम्भोग गरे । [१] सम्भोग क्रिया नसिकिंदै गंगा नदीमा स्नान गर्न गएका गौतम पनि आश्रमा टुप्लुकै आई पुगे । उनले ईन्द्र र अहिल्या बीचको यौन क्रिडा देखे । रामायणमा भनिए अनुसार गौतम ऋषिको भेषमा आएका ईन्द्रले अहिल्यासँग शारिरिक सम्बन्ध राख्न सफल भए पछि गौतमको भेष त्यागी ईन्द्रको भेष लगी सकेका थिए । आफूसँग यौन सम्बन्ध राखिरहेको पुरुष आफ्नो पति गौतम ऋषि होइनन् भन्ने थाह पाए पनि यौन क्रिडा चलिरहेकोले अहिल्याले खासै आपत्ति जनाईनन् । जब यौन क्रिडा जोड तोडले चलिरहेको थियो त्यही बखत महर्षि गौतम आश्रममा आइ पुगेका थिए । [१] आश्रममा भएको गतिविधी देखेर गौतम ऋषि अत्यन्त दुःखी र क्रुद्ध भए । अनी महर्षि गौतमले ईन्द्र र अहिल्या प्रति क्रुद्ध हुँदै दुवैलाई भयानक श्राप दिए । रामयणमा उल्लेख भए अनुसार गौतमले आफ्नो पत्नी अहिल्यालाई ढुङ्गामा परिणत गरिदिएका थिए । ईन्द्रलाई श्राप दिंदै भने- "हे देवराज ईन्द्र यदी तपाईंलाई स्त्रीको भोग गर्न त्यती नै सौख छ भने तिम्रो शरिरमा एक हजार स्त्री यौनाङ्ग होउन" भनि श्राप दिए । महर्षि गौतमको श्रापले अहिल्या उत्ति नै बेला ढुंगामा परिणत भइन र ईन्द्रको शरिरमा १००० वटा योनीहरू बने ।[१] देवराज इन्द्रअहिल्याको सम्बन्धमा पनि विभिन्न विद्वान र अध्यताहरूबीच विवाद रहेको पाइन्छ । सबैभन्दा पछि करिब १८ औं शताब्दिमा रामायणलाई तामिल भाषामा उल्था गर्ने तेलेगु भाषाका आदिकवि भेनकाता कृष्णप्पा नायकले अहिल्या र ईन्द्रको सम्बन्धका बारेमा फरक व्याख्या गरेका छन् । उनको व्याख्यालाई भारतिय इन्साइक्लोपीडियाले यस्तो व्याख्या गरेको छ ।:-[१]

" अहिल्या एक रोमाञ्चक नारी थिइन् । ब्रह्माले उनलाई यही प्रयोजनकालागि अत्यन्त सुन्दरीका रुपमा रचना गरेका थिए । जब उनी जवान भईन् उनी ईन्द्रको प्रेममा परिन् । उनी ईन्द्रसँग विहे गर्न चाहन्थिन् तर बह्माले उनको विहे वृद्ध गौतम ऋषिसँग गरिदिए । उता ईन्द्र पनि अहिल्यालाई पाउन निकै लालायीत थिए । अहिल्याको विहे पछि ईन्द्र गौतम आश्रममा नभएको बेला उनलाई निरन्तर भेटिरहन्थे । साथै ईन्द्रले अहिल्यासँग निरन्तर कुराकानी गर्न र सूचना आदान प्रदान गर्न केही महिलाहरूलाई रैवारे राखेका थिए र तिनकै सहयोगमा उनीहरूको कुराकानी हुन्थ्यो । कुनदिन कहाँ भेट्ने भन्ने कुरा उनीहरूकै माध्यमबाट अहिल्या ईन्द्रलाई सूचना दिन्थिन् । त्यस्तै जब आश्रममा बुढा गौतम ऋषि अहिल्यासँग यौनसम्बन्ध राख्दथे अहिल्या मनमनै ईन्द्रसँग यौनसम्बन्ध राखिरहेको कल्पना गर्दथिन् । कम उमेरकी अहिल्यालाई सुरुसुरुमा महर्षि गौतम सन्तानउत्पादनको उमेर नपुगेकी भनेर शारीरिक सम्बन्ध राख्दैनथे । त्यसबेला अहिल्या मलाई सन्तुष्ट गर्न ईन्द्र यहाँ भइदिए हुन्थ्यो भनेर कल्पना गर्थिन् । वास्तवमा अहिल्या आनन्द पूर्वक ईन्द्रको प्रेममा थिइन् ।"

माथि उल्लेखित तथ्यलाई मान्ने हो भने त अहिल्या स्वयं ईन्द्रलाई चाहन्थिन् र अहिल्या आफै ईन्द्रलाई बोलाएर उनिसँग गोप्यरुपमा शारीरिक सम्बन्ध राख्थिन् भन्ने देखिन्छ । यस्तै कतिपय ठाउँमा ईन्द्रले अहिल्यालाई जबरजस्ती बलत्कार गरेको भन्ने उल्लेख छ । विद्वानहरूले ईन्द्र र अहिल्याको सम्बन्धलाई जसरी व्याख्या गरे ता पनि सबैले एक कुरा स्विकार गरेका छन् कि अहिल्या गौतम ऋषिकी श्रीमती थिइन् तर पनि उनी र ईन्द्रको बीचमा शारीरिक सम्बन्ध रहेको थियो । त्यो सम्बन्ध थाह पाएर महर्षि गौतम क्रुद्ध भइ उनीहरू दुइटैलाई नराम्रो श्राप दिएर कारवाही गरेका थिए ।

ईन्द्र र अहिल्यालाई महर्षि गौतमको सजाय[सम्पादन गर्ने]

ईन्द्र र अहिल्याबीचको सम्बन्धलाई विद्वान ऋषिमुनीहरू तथा अहिलेका अध्यता खोजकर्ता विश्लेषकहरूले जे जसरी व्याख्य गरेपनि सबैले स्विकारेको विषय चाहीं ईन्द्र र गौतम ऋषिकी पत्नी अहिल्याबीच अस्विकृत सम्बन्ध थियो भन्ने नै हो । उनीहरूबीचको सम्बन्धलाई महर्षि गौतमले आफ्नै आश्रममा यौनक्रिडाको अवस्थामा नै देखेका थिए । जब गौतम ऋषिले अहिल्या र ईन्द्रलाई नाजायज सम्बन्धको अवस्थामा नै समाते त्यही बेला महर्षि गौतम अत्यन्त क्रुद्ध हुँदै दुवैलाई श्राप दिए ।

अहिल्यालाई ढुङ्गामा परिणत[सम्पादन गर्ने]

ढुङ्गामा परिणत अहिल्यालाई मानव चोलामा परिणत गर्दै भगवान श्रीराम

गौतम ऋषिले पत्नी अहिल्यालाई परपुरुष गमन गरेको भन्दै श्राप दिए । "पञ्चकन्या" नामक ग्रन्थका लेखक भारतीय विद्वान प्रदिप भट्टाचार्यले यस विषयमा लेखेका छन् । उनका अनुसार सामाजिक अपमानबाट बच्न गौतमले आफ्नी पत्नीलाई श्राप दिनु परेको थियो । त्यस्तै ब्रह्मवैवर्त पुराणले पनि अहिल्यालाई श्राप दिएर कुरुप ढुङ्गामा परिणत गरेको कथा उल्लेख गरेको छ । महर्षि गौतमले सुन्दरता र जवानीको घमण्ड गर्ने र परपुरुष गमन गर्ने आफ्नी पत्नी अहिल्यालाई साठी हजार वर्षसम्मकालागि ढुङ्गा बनोस् भनि श्राप दिएका थिए । यद्यपी पछि अरुको अनुरोधमा गौतमले श्राप फिर्ता लिएर उनलाई मनुष्य बनाएका थिए ।[१] ढुङ्गामा परिणत भएकी सुन्दरी अहिल्याले महर्षि गौतमसँग पटक पटक आफू निर्दोष रहेको र ईन्द्रले छल गरेर आफूसँग शारीरिक सम्बन्ध राखेको भन्दै आफूलाई माफ गर्न आग्रह गरेकी थिइन् । ढुङ्गामा परिणत भएकी सुन्दरीको अवस्था देखेर त्यस समयमा देवता तथा ऋषिहरूले महर्षि गौतमसँग उनीमाथिको श्राप फिर्ता लिन आग्रह गरे । साथै महर्षि गौतम स्वयंले पनि अहिल्याको अवस्थादेखि दया मानेर उनको श्राप फिर्ता लिने निर्णय गरे ।[१] ढुङ्गामा परिणत अहिल्यालाई पुनः मानवीय चोलामा ल्याउन उनको ढुङ्गारुपी स्वरुपलाई अयोध्या राज्यका राजकुमार भगवान रामले आफ्नो पाउले छुनु पर्ने भयो । त्यसकालागि गौतम स्वयंले रामलाई भेटी आफ्नी पत्नीको ढुङ्गारुपलाई मानव रुपमा परिणत गरिदिन आग्रह गरे । उनको आग्रहलाई स्विकार्दै भगवान राम अहिल्याको ढुङ्गारुप भएको ठाउँमा आई आफ्नो पैतलाले छोएर फेरी मानव चोलामा परिणत गरेको भनी ब्रह्मवैवर्त पुराण, ब्रह्माण्ड पुराण, पद्म पुराण, स्कन्द पुराण, रामायण, प्रदिप भट्टाचार्यको पञ्चकन्या, भेनकाता कृष्णप्पा नायकको तेलगु भाषाको राम चरित्र नामक पूस्तक तथा ग्रन्थहरूमा स्पष्टरुपमा उल्लेख छ । यि सबै ग्रन्थमा उल्लेख यस प्रसंगलाई भारतीय इन्साइक्लोपीडियाले सटिक र सश्लिषित रुपमा उल्लेख गरेको छ ।[१]

ईन्द्रलाई कारवाही[सम्पादन गर्ने]

महर्षि गौतमकी पत्नी अहिल्यासँग नाजायज सम्बन्ध राख्ने देवराज ईन्द्रलाई पनि गौतमले भयानक सजाय दिएका थिए । वास्तवमा सबैभन्दा आधिकारीक धारणा अनुसार इन्द्रअहिल्याबीचको नाजायज सम्बन्धको मुलदोषी ईन्द्र नै थिए । उनले महर्षि गौतम र अहिल्याको विवाह मण्डपमा नै भनेका थिए, एक दिन कुनै पनि हालतमा अहिल्याको चिरहरण गर्ने छु भनेर किनकी उनल अहिल्यालाई पाउन हर सम्भव कोशिस गरेका थिए । उनले अहिल्याको लागि तीन लोकको सबैभन्दा पहिले परिक्रमा गरेका थिए । तीनलोकको परिक्रमा गर्ने प्रतिस्पर्धामा प्रथम भए ता पनि ब्रह्माजीले अहिल्याको विवाह महर्षि गौतमसँग गरिदिंदा ईन्द्र अत्यन्त क्रुद्ध भएका थिए । त्यही रिस मेट्न वा आफ्नो अठोट अनुरुप यौन तृप्ती मेट्न भए पनि ईन्द्र अहिल्याको पछि लागेका थिए । उनले अनेक ट्रिक गरेर अहिल्यालाई आफ्नो चंगुलमा फसाएका थिए । [१] यस विषयमा रामायणले सबैभन्दा राम्रो व्याख्य गरेको देखिन्छ । रामायणका अनुसार महर्षि गौतम प्रातः स्नान गर्न गंगा नदीमा गएको मौका छोपी ईन्द्र महर्षि गौतमको भेषमा आश्रमा आएर गौतमकी पत्नी अहिल्यालाई यौन सम्बन्धकालागि बाध्य पारेका थिए । अहिलेसम्म यही भनाईलाई आधिकारीक र मुख्य मानिएको छ । यस भनाईका अनुसार ईन्द्र अहिल्याबीचको नाजायज सम्बन्धका दोषी नै ईन्द्र थिए । उनले छल गरेर अहिल्याको चिरहरण गरेका थिए ।[१] अर्को तर्फ ईन्द्र देवताहरूका राजा थिए । उनी सुन्दरीहरूसँग योन क्रिडा गर्न तीनै लोकमा धाइरहन्थे । चतुर्मुखी ब्रह्माजीले सृष्टीकै सबैभन्दा सुन्दरी नारीका रुपमा अहिल्याको रचना गरेको सुन्नासाथ देवराज ईन्द्र अहिल्यासँग यौन क्रिडा गर्न लालायीत भइ सकेका थिए । आखिर उनले त्यो गरिछाडे । अर्थात ईन्द्र इस्त्रीको मामलामा निकै लोभी थिए । यो महर्षि गौतमलाई राम्ररी थाहा थियो र ईन्द्रको यो आचरण गौतमलाई मन पर्दैनथ्यो । त्यसैले आफ्नी पत्नीसँग ईन्द्रलाई यौनक्रिडा गर्दै गरेको देख्नासाथ गौतम रिसले क्रुद्ध भइ हे ईन्द्र तिमीलाई स्त्री मोह धेरै छ भने तिम्रो शरीरमा एक हजार स्त्री यौनाङ्ग हउन् भनेर श्राप दिए ।[१] गौतम ऋषिले यस्तो श्राप दिनासाथ ईन्द्रको शरीर भरी एक हजार स्त्री यौनाङ्ग उब्जिए र उनि कुरुप भए । शरीर भरी योनी नै योनी भए र उनको पुरुष यौनाङ्ग लुप्त भयो । यसरी योनी नै योनी भएको शरिर लिएर कसैको सामु जान ईन्द्रका लागि असम्भव भयो । उनी स्वर्गको आफ्नो दरबार भित्र लुकी बसे । यो देखेर तीनै लोकका ऋषि, महर्षि र देवताहरू अचम्भित भए । आफ्ना राजाको शरीरमा १००० योनीहरू भएको देखेर देवताहरू महर्षि गौतमाको आश्रममा आए र उनीसँग विन्ती गर्न थाले:- "हे महर्षि देव ! हाम्रा राजा ईन्द्रको यो हालत नगराइ दिनुहोस् । हामी बर्बाद हुन्छौं स्वर्गको व्यवस्था समाप्त हुन्छ । तपाइँ ईन्द्रलाई माफ गरिदिनुहोस् ।" साथै ईन्द्र स्वयंले पनि गौतम ऋषिका अघि पश्चाताप गर्दै आफूलाई त्यस हालतबाट मुक्त गरिदिन आग्रह गरे । सबैको विन्ती सुनेर तथा देवराज ईन्द्रको दयनिय हालत देखेर गौतमलाई पनि दयो जागेर आयो । महाभारतमा उल्लेख भए अनुसार गौतम ऋषि सबैको अनुरोधमा ईन्द्रलाई माफ गर्न तयार भए र उनले ईन्द्रलाई दिएको श्राप फिर्ता लिए । उनले श्राप फिर्ता लिनासाथ ईन्द्रको शरीरमा भएका एक हजार योनीहरू आँखामा परिणत भए । ब्रह्म पुराणले यस विषयमा यस्तो भनेको छ :-[१] "गौतम ऋषिले श्राप दिएपछि ईन्द्रको शरीरमा एक हजार योनी भए र अन्तमा महर्षि गौतमले माफ गर्दै भने जाउ गौतमी नदी (गोदावरी नदी) मा स्नान गरेर आउ भने । ईन्द्रले गौतमी नदीमा नुहाएपछि उनको शरीरका एक हजार योनीहरू आँखामा परिणत भए र उनलाई माफी भयो ।

महर्षि गौतमका सन्तानहरू[सम्पादन गर्ने]

महर्षि गौतमका सन्तानहरूका बारेमा सबैभन्दा बढी सामवेदको रानायनी उप-खण्डमा उल्लेख गरेको देखिन्छ । त्यस अनुसार महर्षि गौतमका तीन सन्तानहरू थिए र ति सबै छोरा थिए । ति यस प्रकार छन् :-

त्यस्तै महर्षि गौतमका छोराहरूका बारेमा देवि भागवतमा पनि उल्लेख छ । देवी भागवतको कुरालाई भारतीय इन्साइक्लोपीडियाले यस्तो उल्लेख गरेको छ :- [१]"महर्षि गौतमका तीन छोराहरू थिए । ती मध्य पहिला दुई वामदेव र नोधास हुन् भने तेस्रो सतानन्द अहिल्या पट्टीका छोरा थिए ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]