यज्ञ
Jump to navigation
Jump to search
यज्ञ संस्कृतभाषाबाट उत्पन्न शब्द हो, जसको अर्थ हुन्छ - "त्याग, बलिदान, शुभ कर्म"। भगवद्गीताको अनुसार परमात्माको निमित्त गरिने कुनै पनि असल कार्यलाई यज्ञ भनेर भनिएको छ। यज्ञ सनातन धर्मका वेद एवं धार्मिक ग्रन्थमा आधारित उपासना पद्दति हो।
यज्ञलाई "अग्नि पूजा" पनि भनिन्छ। आगो बालेर आगोलाई खुसी पार्न त्यो अग्निमा तेल, घ्यु तिल, जौ आदि होम गरिन्छ। त्यही यज्ञलाई साक्षी राखेर वैदिक मन्त्रहरू वाचन गरी विभिन्न देवदेवीको उपासना गर्ने, सत्कर्महरूको विधि पुरा गर्ने, संकल्प गर्ने आदि गरिन्छ।