सामग्रीमा जानुहोस्

मध्वाचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मध्वाचार्य
उडुपीको पाजकास्थित मध्वाचार्यको जन्मस्थानमा वादीराज तीर्थद्वारा स्थापित मूर्ति
व्यक्तिगत जीवन
जन्मवासुदेव
लगभग ११९९ (वा १२३८)
मृत्युलगभग १२७८ (वा १३१७)
सम्मानपूर्ण-प्रज्ञ
जगद्गुरु
धार्मिक जीवन
धर्महिन्दु धर्म
पदवेदान्त
को संस्थापकउडुपी श्री कृष्ण मठ
दर्शनतत्त्ववाद
वरिष्ठ पदमा पदस्थापन
Guruअच्युत-प्रेक्ष, वेदव्यास
Reincarnationमुख्यप्राण / वायुदेव

मध्वाचार्य (११९९–१२७८ इपू वा १२३८–१३१७ इपू), जसलाई पूर्ण प्रज्ञआनन्द तीर्थका नामले पनि चिनिन्छ,[] एक भारतीय दार्शनिक, धर्मशास्त्री र वेदान्तको द्वैत सम्प्रदायका प्रमुख प्रतिपादक थिए।[][] मध्वाचार्यले आफ्नो दर्शनलाई तत्त्ववाद नाम दिएका थिए, जसको अर्थ "यथार्थवादी दृष्टिकोणबाट तर्कहरू" भन्ने हुन्छ।

मध्वाचार्यको जन्म १३औँ शताब्दीको भारतमा कर्नाटक राज्यको पश्चिमी तटमा रहेको उडुपी नजिकैको पाजकामा भएको थियो।[] किशोरावस्थामा, उनी एक सन्न्यासी बनेर एकदण्डी सम्प्रदायका गुरु अच्युतप्रेक्षको ब्रह्म सम्प्रदायमा आबद्ध भएका थिए। मध्वाचार्यले हिन्दु दर्शनका शास्त्रीय ग्रन्थहरूको अध्ययन गर्दै प्रमुख उपनिषद्हरू, भागवद गीताब्रह्म सूत्र (प्रस्थानत्रयी) माथि टिप्पणीहरू लेखेका थिए। उनलाई संस्कृतमा ३७ वटा कृतिहरू लेखेको श्रेय दिइन्छ। उनको लेखन शैली अत्यन्त संक्षिप्त र सघन छ। उनको सबैभन्दा महान् कृति अनुव्याख्यान मानिन्छ, जुन ब्रह्म सूत्रमाथिको उनको भाष्यको एक दार्शनिक पूरक हो। केही कृतिहरूमा उनले आफूलाई भगवान् विष्णुका पुत्र वायुको अवतार घोषित गरेका छन्।[]

मध्वाचार्य आदि शङ्कराचार्यको अद्वैत वेदान्तरामानुजाचार्यको विशिष्टाद्वैत वेदान्त शिक्षाका आलोचक थिए। उनले बद्रीनाथ, बङ्गाल, वाराणसी, द्वारका, गोवा र कन्याकुमारी जस्ता स्थानहरूको भ्रमण गर्दै दार्शनिक बहसहरूमा भाग लिएर हिन्दु शिक्षा केन्द्रहरूको अवलोकन गरेका थिए। मध्वाचार्यले १२८५ मा द्वारकाबाट प्राप्त भएको एक मूर्ति स्थापना गरी उडुपी कृष्ण मठको स्थापना गरेका थिए।

आत्माब्रह्म (परम यथार्थ, भगवान् विष्णु) बीच मौलिक भिन्नता नै मध्वाचार्यको शिक्षामा आधारित छ। यी दुई अलग र अपरिवर्तनीय यथार्थहरू हुन्, जहाँ जीवात्मा ब्रह्ममा आश्रित हुन्छ तर कहिल्यै ब्रह्म समान हुँदैन। उनको विद्यालयको ईश्वरवादी द्वैतवादले अद्वैतको अद्वैतवाद र विशिष्टाद्वैतको विशिष्ट अद्वैतवादसँग असहमति राख्छ। मध्वाचार्यका अनुसार, मुक्ति केवल भगवान्‌को अनुग्रह (कृपा) बाट मात्र सम्भव छ।[]

मध्वाचार्यद्वारा स्थापित द्वैत विद्यालयले वैष्णव धर्म, मध्यकालीन भारतको भक्ति आन्दोलन र वेदान्तका तीन प्रभावशाली दर्शनहरू (अद्वैत र विशिष्टाद्वैतसँगै) मध्ये एकको रूपमा महत्त्वपूर्ण प्रभाव पारेको छ।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

मध्वाचार्यको जीवनीमा उनको जन्म वर्षबारे स्पष्टता छैन।[] धेरै स्रोतहरूले उनलाई १२३८–१३१७ को अवधिमा राख्छन्, तर केहीले उनलाई ११९९–१२७८ को आसपासको अवधिमा राख्ने गर्दछन्।[][][][]

मध्वाचार्यको जन्म वर्तमान भारतीय राज्य कर्नाटकको तटीय जिल्ला उडुपी नजिकैको पाजकामा भएको थियो। उनका पिताको नाम नडुइल्लाया (संस्कृत: मध्यगेह, मध्यमन्दिर) थियो र उनकी आमाको नाम स्पष्ट छैन, यद्यपि धेरै स्रोतहरूले सत्यवती र वेदवती भनेर विभिन्न दाबीहरू गरेका छन्।[] तुलु ब्राह्मण परिवारमा जन्मेका उनको नाम वासुदेव राखिएको थियो। पछि उनी पूर्णप्रज्ञ, आनन्दतीर्थ र मध्वाचार्य (वा केवल मध्वा) नामले प्रसिद्ध भएका थिए। किशोरावस्थामा सन्न्यास (त्याग) मा दीक्षित हुँदा उनलाई 'पूर्णप्रज्ञ' नाम दिइएको थियो। जब उनी आफ्नो मठको प्रमुख बनेका थिए। उनलाई 'आनन्द तीर्थ' नाम प्रदान गरिएको थियो। उनका यी तीनै नामहरू उनका कृतिहरूमा पाइन्छन्। मध्वाचार्य वा मध्वा नामहरू उनीमाथि लेखिएका आधुनिक साहित्य वा द्वैत वेदान्तसँग सम्बन्धित साहित्यहरूमा सबैभन्दा बढी पाइन्छन्।[][]


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Madhva | Hindu philosopher | Britannica", मूलबाट २१ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ सेप्टेम्बर २०१८
  2. Sharma 1962, पृष्ठ xv.
  3. 1 2 Stoker 2011.
  4. 1 2 3 4 Sharma 1962, पृष्ठ. xv–xvii.
  5. 1 2 Dehsen 1999, पृष्ठ 118.
  6. Jones & Ryan 2006, पृष्ठ 266.
  7. Bryant 2007, पृष्ठ. 12–13, 359–361.
  8. Sharma 2000, पृष्ठ. 77–78.
  9. Sharma 2000, पृष्ठ. 79–80.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]