भजन
नेपाली समाजमा पाठपूजा तथा व्रतपर्व उत्सवमा बाह्रै महिना जुनसुकै लोकगीतको रूपमा मुखपरम्परामा गाइँदै आएको यस भजनमा खैंजडी,डम्फु, मजुरा आदि बाजाहरूको पनि आवश्यकता पर्छ र यसमा नाच्ने चलन पनि छ । भजन गाउनेहरू वृत्ताकार वा अर्धवृत्ताकारमा उभिन्छन् । तिनमध्ये एकजनाले खैंजडी मुसार्दै गीतको गेडा यसरी झिक्छ-
- अशोकको वनमा
- सिसौको फेदमा
- रुन्थिन् साीतामाई
- यति भनिसकेर उसैले भट्याउँदै सोध्छ-
- हो कि होइन ?
- यसपछि अरुले पनि उसलाई साथ दिंदं भट्याउँदै भन्छन्-
- हो, हो
- यसमा अघिबाट भट्याउनेले नारायण भन्छ र सामूहिक स्वरमा अरूले हरिहरि भन्छन् ।
- त्यसपछि बाजा बजाउनेहरू उफ्रँदे, बस्तै, कम्मर मर्काउँदै, भुइँ ढोग्दै स्वर तानीतानी भजनको चरणलाई यसरी भट्याइरहन्छन्-
- हो हो रुन्थिन् सीतामाई
- हो हो रुन्थिन् सीतामाई ।
- यसरी पराकाष्ठामा नपुगुन्जेल भजन लम्बिदै जान्छ ।[१]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ नेपाली साहित्यकोश (२०५५), नेपाली लोकसंस्कृति र साहित्य, काठमाडौँ : ने.रा.प्र.प्र.