भजन
नेपाली समाजमा पाठपूजा तथा व्रतपर्व उत्सवमा बाह्रै महिना जुनसुकै लोकगीतको रूपमा मुखपरम्परामा गाइँदै आएको यस भजनमा खैंजडी,डम्फु, मजुरा आदि बाजाहरूको पनि आवश्यकता पर्छ र यसमा नाच्ने चलन पनि छ । भजन गाउनेहरू वृत्ताकार वा अर्धवृत्ताकारमा उभिन्छन् । तिनमध्ये एकजनाले खैंजडी मुसार्दै गीतको गेडा यसरी झिक्छ-
- अशोकको वनमा
- सिसौको फेदमा
- रुन्थिन् साीतामाई
- यति भनिसकेर उसैले भट्याउँदै सोध्छ-
- हो कि होइन ?
- यसपछि अरुले पनि उसलाई साथ दिंदं भट्याउँदै भन्छन्-
- हो, हो
- यसमा अघिबाट भट्याउनेले नारायण भन्छ र सामूहिक स्वरमा अरूले हरिहरि भन्छन् ।
- त्यसपछि बाजा बजाउनेहरू उफ्रँदे, बस्तै, कम्मर मर्काउँदै, भुइँ ढोग्दै स्वर तानीतानी भजनको चरणलाई यसरी भट्याइरहन्छन्-
- हो हो रुन्थिन् सीतामाई
- हो हो रुन्थिन् सीतामाई ।
- यसरी पराकाष्ठामा नपुगुन्जेल भजन लम्बिदै जान्छ ।[१]
नेपाली भक्ती भजन
● साथी भाई भजनमा नाचिदेउ
हे छम छम कम्मर भाचिदेउ कति बस्छौ कृष्ण त्यो विद्वाबनैमा आउन बस हाम्रो मनैमा - जय हो
भगवन को भक्ती गर्न पैसा चाहिदैन
यस्तो सुभ मौका फेरी आउछ आउदैन
साथी भाई भजनमा नाचिदेउ हे छमछम कम्बर भाचिदेउ
फुलपाती हातमा लिई मन्दिर सजाइदेउ वस्न लाजलाग्छ भने पाती चढाईदेउ साथी भाई भजनमा नाचिदेउ हे छमछम कम्बर भाचिदेउ
हिजो हामी कहाथियों भोलि कहाँ होला
यस्तो मौका फेरी फेरी मिल्ला नमिल्ला साथीभाई भजनमा नाचिदेउ छमछम कम्मर भाचिदेउ ।
नाम:-रोशन भट्टराई ठेगाना :-दमक १झापा धुलाबारी बिर्तामोड झापा जन्मस्थल :- साबिकआङ्सराङ्ग ५पाँचथर( हाल को फाल्गुनन्द ६ बरबोटे)
- ↑ नेपाली साहित्यकोश (२०५५), नेपाली लोकसंस्कृति र साहित्य, काठमाडौँ : ने.रा.प्र.प्र.