सामग्रीमा जानुहोस्

वेद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वेद
चार वेदहरू
ऋग्वेदको पाण्डुलिपि, मण्डल १, सुक्त १, पङ्क्ति १.१.१ देखि १.१.९ (संस्कृत, देवनागरी लिपि)
जानकारी
धर्मऐतिहासिक वैदिक धर्म
हिन्दु धर्म
भाषावैदिक संस्कृत
कालवैदिक काल
अन्दाजी१५००–१२०० ईसापूर्व (ऋग्वेद),[][]
अन्दाजी१२००–९०० ईसापूर्व (यजुर्वेद, सामवेद, अथर्ववेद)[][]
पदहरू२०,३७९ मन्त्रहरू[]
Full text
वेद at English Wikisource
वेद हिन्दु धर्मका प्राचीन संस्कृत ग्रन्थहरू हुन्। माथि: अथर्ववेदको एक पाना।

वेद प्राचीन भारतमा उत्पत्ति भएका धार्मिक ग्रन्थहरूको एक विशाल समूह हो। वैदिक संस्कृतमा रचिएका यी ग्रन्थहरू संस्कृत साहित्यको सबैभन्दा पुरानो तह र हिन्दु धर्मका सबैभन्दा पुराना धर्मग्रन्थहरू हुन्।[][][]


वेद ऋग्वेद, यजुर्वेद, सामवेदअथर्ववेद गरी चारवटा छन्।[] प्रत्येक वेदका चार उपविभागहरू छन् – संहिता (मन्त्र र प्रार्थनाहरू), ब्राह्मण (धार्मिक विधि र यज्ञहरूको व्याख्या), आरण्यक (अनुष्ठान र प्रतीकात्मक बलि सम्बन्धी ग्रन्थ), र उपनिषद् (ध्यान, दर्शन र आध्यात्मिक ज्ञानका ग्रन्थहरू)।[] केही विद्वानहरूले पाँचौँ वर्गको रूपमा उपासनालाई पनि जोड्छन्।[] उपनिषद्का ग्रन्थहरूले 'श्रमण' परम्परासँग मिल्दाजुल्दा विचारहरू पनि चर्चा गर्छन्।[१०]

वेदहरूलाई श्रुति ("जे सुनियो") भनिन्छ, जसले तिनीहरूलाई अन्य धार्मिक ग्रन्थहरूबाट अलग गर्छ, जसलाई स्मृति ("जे सम्झियो") भनिन्छ। हिन्दुहरूले वेदलाई अपौरुषेय मान्छन्, जसको अर्थ "मानिसद्वारा नबनाइएको, अलौकिक" र "निर्वैयक्तिक वा लेखकविहीन" हुन्छ।[११] यी पवित्र ध्वनि र ग्रन्थहरू प्राचीन ऋषिहरूले गहन ध्यान पछि प्राप्त गरेका दिव्य ज्ञान (प्रकाश) मानिन्छन्।[१२]

वेदहरू ईसापूर्व दोस्रो सहस्राब्दीदेखि नै विस्तृत स्मरण प्रविधिहरूको सहयोगमा मौखिक रूपमा हस्तान्तरण हुँदै आएका छन्।[१३] वेदको सबैभन्दा पुरानो अंश मानिने मन्त्रहरू आधुनिक युगमा अर्थभन्दा पनि तिनीहरूको ध्वनिशास्त्रका लागि उच्चारण गरिन्छ र तिनलाई "सृष्टिको आदिम लय" मानिन्छ। तिनको उच्चारण गर्दा सृष्टिका स्वरूपहरूलाई आधारभूत रूपमा जीवन्त र पोषित गरी ब्रह्माण्डको पुनरुत्थान हुने विश्वास गरिन्छ।[१४]

विभिन्न भारतीय दर्शनहिन्दु सम्प्रदायहरूले वेदका बारेमा फरक-फरक धारणा राखेका छन्। वेदको महत्त्व वा प्राथमिक अधिकारलाई स्वीकार गर्ने भारतीय दर्शनका शाखाहरूलाई विशेष गरी हिन्दु दर्शन भनिन्छ र तिनलाई सामूहिक रूपमा छ "आस्तिक" सम्प्रदायका रूपमा वर्गीकृत गरिन्छ। यद्यपि, श्रमण परम्पराहरू, जस्तै चार्वाक, आजीविक, बौद्ध धर्म, र जैन धर्म, जसले वेदलाई आधिकारिक मान्दैनन्, तिनलाई "नास्तिक" सम्प्रदाय भनिन्छ।[१०]

व्युत्पत्ति र प्रयोग

[सम्पादन गर्नुहोस्]

संस्कृत शब्द वेदको अर्थ "ज्ञान वा बुद्धि" हुन्छ, जुन 'विद्' धातुबाट बनेको हो, जसको अर्थ "जान्नु" हुन्छ। यसलाई आदिम भारोपेली मूल शब्दबाट आएको मानिन्छ, जसको अर्थ "देख्नु" वा "जान्नु" हुन्छ।[१५][१६]

सामान्य नामपदको रूपमा संस्कृत शब्द वेद को अर्थ "ज्ञान" हुन्छ। केही सन्दर्भहरूमा, जस्तै ऋग्वेदको मन्त्र १०.९३.११ मा यसको अर्थ "धन वा सम्पत्ति प्राप्त गर्नु वा फेला पार्नु" भन्ने हुन्छ। त्यस्तै, अन्य केही ठाउँमा यसको अर्थ कुचो बनाउन वा यज्ञका लागि प्रयोग गरिने "कुश वा घाँसको मुठो" भन्ने पनि हुन्छ।[१७]

वेदहरू
आकारको आधारमा भाग
  1. ऋग् (५१.७८%)
  2. यजुर् (९.६९%)
  3. साम (९.२%)
  4. अथर्व (२९.३३%)

वेदको प्रमाणिक विभाजन चार प्रकारका (तुरीय) छन्, ती हुन्:[१८]

  1. ऋग्वेद
  2. यजुर्वेद, जसको मुख्य विभाजन तैत्तिरीय शाखावाजसनेयी संहिता बीच छ)
  3. सामवेद
  4. अथर्ववेद

यीमध्ये, पहिलो तीनवटा मुख्य मूल विभाजन थिए, जसलाई "त्रयी विद्या" पनि भनिन्थ्यो जसको अर्थ मन्त्र उच्चारण (ऋग्वेद), यज्ञ अनुष्ठान (यजुर्वेद), र गायन (सामवेद) को "तिहरो विज्ञान" भन्ने हुन्छ।[१९][२०] ऋग्वेदको रचना सम्भवतः ईसापूर्व १५०० देखि १२०० को बीचमा भएको थियो। विट्जेलका अनुसार वैदिक कालमै प्रारम्भिक सूचीहरूले वैदिक ग्रन्थहरूलाई तीन (त्रयी) वा चार शाखाहरूमा विभाजन गरेका थिए: ऋग्, यजुर्, साम र अथर्व।[२१]

प्रत्येक वेदलाई चार प्रमुख ग्रन्थ प्रकारहरूमा उप-वर्गीकृत गरिएको छ – संहिता (मन्त्र र प्रार्थनाहरू), आरण्यक (अनुष्ठान र संस्कारहरू जस्तै नवजात शिशुको जन्म संस्कार, व्रतबन्ध, विवाह, वानप्रस्थ र दाहसंस्कार, यज्ञ र प्रतीकात्मक बलि सम्बन्धी ग्रन्थ), ब्राह्मण (अनुष्ठान, समारोह र यज्ञहरूमाथिको व्याख्या), र उपनिषद् (ध्यान, दर्शन र आध्यात्मिक ज्ञानको चर्चा गर्ने ग्रन्थ)।[२२] उपासना (छोटो अनुष्ठान पूजा-सम्बन्धित खण्डहरू) लाई केही विद्वानहरूले पाँचौँ भागको रूपमा लिन्छन्।[][२३] माइकल विट्जेलका अनुसार यी प्राचीन ग्रन्थहरूमा वर्णन गरिएका अनुष्ठान र संस्कारहरूले भारतीय उपमहाद्वीप, फारस र युरोपेली क्षेत्रसम्म फैलिएको भारोपेली विवाह संस्कारहरूलाई ठूलो मात्रामा पुन: निर्माण गर्दछन् र यसबारे विस्तृत विवरणहरू गृह्यसूत्र जस्ता वैदिक कालीन ग्रन्थहरूमा पाइन्छन्।[२४]

आधुनिक युगसम्म ऋग्वेदको एउटा मात्र संस्करण जीवित रहेको मानिन्छ।[२५] सामवेद र अथर्ववेदका धेरै फरक संस्करणहरू ज्ञात छन्, र दक्षिण एसियाका विभिन्न भागहरूमा यजुर्वेदका धेरै भिन्न संस्करणहरू फेला परेका छन्।[२६]

उपनिषद्का ग्रन्थहरूले 'श्रमण' परम्परासँग मिल्दाजुल्दा विचारहरू पनि चर्चा गर्छन्।[१०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 Witzel 2003, p. 69.
  2. Michaels 2004, p. 51.
  3. Flood 1996, पृष्ठ 37.
  4. "Construction of the Vedas", VedicGranth.Org, अन्तिम पहुँच ३ जुलाई २०२० अभिलेखिकरण १७ जुलाई २०२१ वेब्याक मेसिन
  5. see e.g. Radhakrishnan & Moore 1957, p. 3; Witzel 2003, p. 68; MacDonell 2004, pp. 29–39.
  6. Sanskrit literature (2003) in Philip's Encyclopedia. Accessed 2007-08-09
  7. Sanujit Ghose (2011). "Religious Developments in Ancient India" in World History Encyclopedia.
  8. 1 2 Gavin Flood (1996), An Introduction to Hinduism, Cambridge University Press, pp. 35–39
  9. 1 2 Bhattacharya 2006, पृष्ठ. 8–14.
  10. 1 2 3 Flood 1996, पृष्ठ 82.
  11. Sharma 2011, पृष्ठ. 196–197.
  12. Pollock 2011, पृष्ठ. 41–58.
  13. Wood 2007.
  14. Holdrege 1996, पृष्ठ 347.
  15. Monier-Williams 1899, p. 1015.
  16. Apte 1965, पृष्ठ 856.
  17. Monier-Williams 1899, p. 1017 (3rd Column).
  18. Radhakrishnan & Moore 1957, p. 3; Witzel 2003, p. 68
  19. Witzel, M., "The Development of the Vedic Canon and its Schools : The Social and Political Milieu" in Witzel 1997, pp. 257–348
  20. MacDonell (२००४), A History of Sanskrit Literature, पृ: 29–39।
  21. Witzel, M., "The Development of the Vedic Canon and its Schools : The Social and Political Milieu", Harvard University, in Witzel 1997, pp. 261–264
  22. A Bhattacharya (2006), Hindu Dharma: Introduction to Scriptures and Theology, आइएसबिएन ९७८-०-५९५-३८४५५-६, pp. 8–14; George M. Williams (2003), Handbook of Hindu Mythology, Oxford University Press, आइएसबिएन ९७८-०-१९-५३३२६१-२, p. 285
  23. Holdrege 1995, पृष्ठ. 351–357.
  24. Jamison and Witzel (1992), Vedic Hinduism, Harvard University, p. 21
  25. Jamison and Witzel (1992), Vedic Hinduism, Harvard University, p. 6
  26. Witzel, M., "The Development of the Vedic Canon and its Schools : The Social and Political Milieu" in Witzel 1997, p. 286
"https://ne.wikipedia.org/w/index.php?title=वेद&oldid=1350293" बाट अनुप्रेषित