यजुर्वेद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

यद्यपि वैदिक सनातन वर्णाश्रमधर्मीहरू अनादि अपौरुषेय (मन्त्र+ब्राह्मणात्मक) वाक्कृतिर्वेद भनेर मान्दछन् | यस आधारमा- मन्त्रश्च ब्राह्मणश्चैव द्वावेतौ वेदसंज्ञकौ कण्ठं भित्वा विनिर्यातौ ह्यादित्यस्य दयावतः||

यजुर्वेद चार वेदहरू मध्येको हिन्दू धर्मको एउटा महत्त्वपूर्ण श्रुति धर्मग्रन्थ हो। यसमा यज्ञ-प्रक्रियाको निम्ति गद्य र पद्य मन्त्रहरू छन्। यजुर्वेद यजुस + वेद यो हिन्दू धर्मका चार पवित्रतम प्रमुख ग्रन्थहरूमा एउटा हो। मन्त्रभाग र ब्राह्मणभाग गरी दुई भागमा यसलाई देख्न सकिन्छ|हुन त आदि कालमा वेद एउटै थियो | पछि चार भाग पारियो | वेदव्यासका अनुसार (गरुडमहापुराणको पहिलो खण्ड) एकैवासीत् यजुर्वेदः चतुर्धा व्यभजत् पुनः|| सृष्टिकालमा (वैदिक कालमा) यजुर्वेद नामक एउटै वेद थियो | पछि चातुर्होत्रविधि द्वारा यज्ञ सिद्धि गर्न ऋग्यजुसामाथर्वका रुपमा चार भाग लगइयो |यज्ञमा वाचन गरिने गद्यात्मक मन्त्रहरूलाई ‘यजुस’ भनिन्छ। यजुस नाममा नैं आधारित यस वेदको का नाम यजुस+वेद दुइ शव्दहरूको सन्धिले (यजुर्वेद) बनिएकोछ। अतः यजुर्वेदका पद्यात्मक मन्त्रहरू ॠग्वेद अथवा अथर्ववेदमा यथावत् गएका छन्।[१] यसमा स्वतन्त्र पद्यात्मक मन्त्र धेरै कम छन्। यस वेदमा अधिकांशतः यज्ञ र हवनका नियम तथा विधान छन्, अतः यो ग्रन्थ कर्मकाण्ड प्रधान छ। जहाँ ॠग्वेदको रचना सप्त-सिन्धु क्षेत्रमा भएको थियो भनें यजुर्वेदको रचना कुरुक्षेत्रको प्रदेशमा भएको हो।[२] वैदिक सनातन वर्णाश्रमधर्मीहरू वेदहरूको रचना नै मान्दैनन् | उनीहरू वेदहरूलाई अनादि अपौरुषेय दिव्यवाणी मान्दछन् जो साक्षात् विराटपुरुषबाट प्रकट भएको हो | सृष्टिका आदिमा परमात्माबाट ब्रह्माजीले प्राप्त गरे र पछि पछि ब्रह्माबाट अनुशासित मन्त्रद्रष्टा ऋषिहरूले पनि साक्षात्कार गर्न पुगे | पाश्चात्य दृष्टि भएका आधुनिक विद्वानहरूका मतानुसार यसको रचनाकाल १४०० से १००० ई.पू. मानिन्छ। यजुर्वेदका संहिताहरू लगभग अन्तमा रचिएका संहिताहरू हुन्, जो ईसा पूर्व द्वितीय सहस्राब्दि देखि प्रथम सहस्राब्दीको आरंभिक शताव्दीहरूमा लेखिएका हुन्।[१] यस ग्रन्थद्वारा आर्यहरूको सामाजिक तथा धार्मिक जीवनमाथि पूर्ण रूपमा असर परेको देखिन्छ। त्यस बेलाको वर्ण-व्यवस्था तथा वर्णाश्रमको झाँकी पनि यसैमा छ। यजुर्वेद संहितामा वैदिक कालका धर्मका कर्मकाण्ड आयोजनका साथै यज्ञ गर्नका निम्ति मन्त्रहरूको संग्रह छ। यजुर्वेदका दुइ शाखाहरू छन् : दक्षिण भारतमा प्रचलित कृष्ण यजुर्वेद र उत्तर भारतमा प्रचलित शुक्ल यजुर्वेद शाखा।यसमा कर्मकाण्डका धेरै यज्ञहरूको विवरण छः-अग्निहोत्र,अश्वमेध, वाजपेय,सोमयज्ञ, राजसूय,अग्निचयन, औद्ध्वदेहिक-:

अग्निहोत्र गर्ने शुक्लयजुर्वेदी यजमानको मृत्यु हुँदा अन्त्येष्टिकर्ममा शवको पूर्वशिर गर्ने ,ऋग्वेदी यजमानको उत्तरशिर ,सामवेदी यजमानको दक्षिणशिर गर्ने वैदिक ग्रन्थ श्रौतसूत्र गृह्यसूत्रहरूको व्यवस्था छ|

ऋग्वेदका र यजुर्वेदका लगभग ६६३ मन्त्रहरू यथावत् एकैरुपका देखिएकाछन्। यजुर्वेद वेदको एउटा यस्तो भागहो,जो विभाजनपूर्व र आज पनि जन-जीवनमा आफ्नो स्थान उच्च रूपमा बनाएर बसेकोछ । [३] संस्कारहरू एवं यज्ञीय कर्मकाण्डहरूका अधिकांश मन्त्र यजुर्वेदका नैं छन्।

संप्रदाय, शाखाहरू अनि संहिताहरू[सम्पादन गर्ने]

संप्रदाय

यजुर्वेदाध्यायी परम्परामा दुइ सम्प्रदाय- ब्रह्म सम्प्रदाय अथवा कृष्ण यजुर्वेद र आदित्य सम्प्रदाय अथवा शुक्ल यजुर्वेद नैं प्रमुख छन्।

संहिताहरू

वर्तमानमा कृष्ण यजुर्वेदको शाखामा ४ संहिताहरू -तैत्तिरीय, मैत्रायणी, कठ र कपिष्ठल कठ मात्र उपलब्ध छन्। शुक्ल यजुर्वेदका शाखाहरूमा दुइ प्रधान संहिताहरू- १. मध्यदिन संहिता र २. काण्व संहिता नैं वर्तमान कालमा प्राप्य छन्। अचेल प्रायः उपलब्ध हुने यजुर्वेद मध्यदिन मन्त्रसंहिता हो। यसमा ४० अध्याय, १९७५ कण्डिकाहरू (एक कण्डिका धेरै भागहरूमा यागादि अनुष्ठान कर्महरूमा प्रयुक्त भएको कारण यसमा धेरै मन्त्रहरू हुन्छन्।) तथा ३९८८ मन्त्र छन्। ब्राह्मणभागमा १४ काण्ड १००अध्याय ४३८ ब्राह्मण ७६२४ कण्डिका रहेका छन् |यसवेदमा विश्वविख्यात गायत्री मन्त्र (३६.३) तथा महामृत्युञ्जय मन्त्र (३.६०) अध्यायमा छन्।

प्रतिपादित विषयहरू यजुर्वेद कर्मकाण्डसित सम्बन्धित वेद हो र यसमा विभिन्न यज्ञहरू-: दर्श,पौर्णमास, अग्निहोत्र,अग्न्याधान, आग्रायणेष्टि,दाक्षायण, चातुर्मास्य,साकमेध, शुनासीरीय,सोमयाग, अग्निष्टोम,वाजपेय, राजसूय,निरूढपशुबन्ध, सौत्रामणी,अश्वमेध, सर्वमेध,गर्भाधान, उपनयन,और्ध्वदेहिक आदि यज्ञ तथा संस्कारहरूको वर्णन पाइन्छ | जसको ब्राह्मणभागबाट विस्तारित रुपमा ज्ञान र प्रयोगविधि समेत प्राप्त गर्न सकिन्छ| यजुर्वेद पाठ यज्ञमा अध्वुर्यद्वारा गरिन्छ| हाल यजुर्वेद ५ शाखाहरूमा विभक्त छ-

  1. काठक
  2. कपिष्ठल
  3. मैत्रियाणी
  4. तैतीरीय
  5. वाजसनेयी

वाजसनेयी शाखाका पनि माध्यन्दिनीय काण्व गरी दुवै शाखामा मन्त्रभाग र ब्राह्मणभाग सहित पूर्ण ग्रन्थ प्राप्त गर्न सकिन्छ| नेपालमा माध्यन्दिनीय शाखा प्रचलनमा छ |यस शाखाका वेदांग कल्पसूत्रहरूमा कात्यायनश्रौतसूत्र २६ अध्याय, पारस्कर गृह्यसूत्र ३ काण्ड र श्रौत+गृह्य परिशिष्टग्रन्थहरू प्राप्त छन्| यिनैका आधारमा श्रौत-स्मार्त यज्ञ अनुष्ठानहरू सम्पन्न हुन्छन् |

पढ्नुहोस्[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]

  1. १.० १.१ यजुर्वेद।भारत कोषमा हेर्नुहोस्
  2. यजुर्वेद।ब्रज डिस्कवरी
  3. वेद।वेद विद्या.कम

बाहिरका कडीहरू[सम्पादन गर्ने]