कुबेर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुबेर
धनका देव
देवनागरीकुबेर
संस्कृत उच्चारणKubera
संबद्धदेव, लोकपाल, Guardians of the directions (दिक्पाल)
वासस्थानLanka and later Alaka
मन्त्रOṃ Shaṃ Kuberāya Namaḥ
हतियारGadā (गदा or club)
पत्नीभद्रा
सन्तानNalakuvara, Manibhadra, Gandhamaadana
बहानबँदेल, Mongoose
पिताविश्वश्रवा

कुबेर (संस्कृत : कुबेर) एक हिन्दू पौराणिक पात्र हुन् जसलाई धन (धनेश) र धनको देवता मानिन्छ। उनलाई यक्षका राजा पनि मानिन्छ । कुबेर उत्तर दिशाको दिक्पाल र लोकपाल (संसारको रक्षक) पनि हुन्।

भद्रा[सम्पादन गर्नुहोस्]

भद्रा सूर्य देव र छायादेवी को छोरी थिइन्। उनी धेरै राम्री थिइन। धनका देवत कुबेरसंग उनको विवाह भयो। [१]

रामायणमा कुबेर[सम्पादन गर्नुहोस्]

रामायणमा कुबेरले भगवान शंकरलाई खुशी पार्न हिमालय पर्वतमा तपस्या गरे । ध्यानको अन्तरालमा शिव र पार्वती देखा परे। कुबेरले अति सात्विक भाव मा पार्वतीलाई बायाँ आँखाले हेरे। पार्वतीको दिव्य तेजको कारणले उनको त्यो आँखा भष्म भएर पहेंलो भयो। कुबेर त्यहाँबाट उठी अर्को ठाउँमा गए। उनले घोर तपस्या गरे कुबेरसँग प्रसन्न हुँदै शिवले भने - 'तिमी ले तपस्या गरेर मलाई जित्यौ जित्नुभयो। तिम्रो एक आँखा पार्वतीको तेजले नष्ट भएको थियो , त्यसैले तिमी एकाक्षीपिंगल कहलिनेछौ।

कुबेरले रावणका अत्याचारहरूका बारेमा थाहा पाएर उनको एक दूतलाई रावणसमक्ष पठाए। दूतले रावणलाई "अधर्म क्रुर कार्य त्याग्न र रावणले नन्दनवनको विनाश गरेको कारणले सबै देवताहरू उनका शत्रु भएका छन्।" कुबेरले दिएका सन्देश दिए । रावण अत्यन्त क्रोधित भयो र आफ्नो खड्गले ती दूतलाई काटेर राक्षसहरूलाई खान दियो। कुबेरलाई यी सबै कुरा थाहा पाउँदा साह्रै नराम्रो लाग्यो। रावण र राक्षसहरूले कुबेर र यक्षहरूसँग लडे। यक्षहरूले बलले लड्थे भने राक्षसहरु मायाबाट लड्थे , त्यसकारण पनि राक्षसहरु विजयी भए। रावणले मायाबाट अनेक रूप धारण गरे र कुबेरको शीरमा प्रहार गरे र उनलाई घाइते बनाए र जबरजस्ती उनको पुष्पक विमान लिए ।

विश्वश्रवाका दुई पत्नीहरू थिए। पुरत्रहरूमा कुबेर जेठा छोरा थिए। रावण, कुम्भकर्णविभीषणका सौतेनी भाइहरू थिए। उनीहरूले आफ्नो आमाको प्रेरणाबाट कुबेरको पुष्पक विमान लिए र लंका पुरीबाट सबै सम्पत्ति लुट्यो। कुबेर आफ्नो हजुरबाकहाँ गए। उनको प्रेरणाबाट कुबेरले शिवको पूजा आराधना गरे। फलस्वरूप, उनले 'धनपाल'को पदवी, पत्नी र पुत्र प्राप्त गरे । गौतमीको किनारमा रहेको स्थान धनदतीर्थ नामले प्रख्यात छ। [२]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Bhadra 
  2. "कुबेर - भारतकोश, ज्ञान का हिन्दी महासागर", bharatdiscovery.org, अन्तिम पहुँच २०१९-०९-२३