कुम्भकर्ण
| कुम्भकर्ण | |
|---|---|
कुम्भकर्णको चित्रण | |
| आबद्ध | राक्षस |
| धर्मग्रन्थहरू | रामायण र यसका संस्करणहरू |
| वंशावली | |
| अभिभावकहरू | विश्रवा (पिता) कैकसी (आमा) |
| भाइबहिनीहरू | रावण, विभीषण (भाइहरू) शूर्पणखा (दिदी) |
| रानी |
|
| सन्तानहरू | कुम्भ र निकुम्भ (वज्रज्वालाबाट) भीमासुर (कर्कटीबाट) मूलाकासुर (तरितामालाबाट) अश्वनीकुम्भ (अश्वनीबाट) देवाभी (कर्कटी र अनुलोमबाट धर्मपुत्र) |
कुम्भकर्ण हिन्दु महाकाव्य रामायण का एक शक्तिशाली राक्षस र रावणका भाइ हुन्।[१] उनको विशाल शरीर र भोजनको भोक भए तापनि, उनलाई हिन्दु धर्मग्रन्थहरूमा एक गुणवान् पात्र र महान् योद्धाको रूपमा वर्णन गरिएको छ। सीतालाई बचाउने रामको अभियानका क्रममा उनले ८,००० वानरहरूको वध गरेको बताइन्छ।[२]
विभीषणका अनुसार कुम्भकर्ण अपार शक्तिका साथ जन्मेका थिए र उनले इन्द्र र यम दुवैलाई वशमा पारेका थिए। उनले इन्द्रको छातीमा ऐरावतको भाँचिएको दाँतले प्रहार गरेका थिए। इन्द्रको बिन्तीमा, ब्रह्माले ती राक्षसलाई "मरेको जस्तै गरी सुत्नु" भन्ने श्राप दिएका थिए। रावणको अनुरोधमा, उनले श्रापलाई परिवर्तन गरी एक पटकमा छ महिना सुत्ने र बाँकी छ महिना उठेर विनाश गर्ने र आफ्नो इच्छा अनुसार भोजन गर्ने बनाइदिएका थिए।[३]
यस कथाको एक लोकप्रिय संस्करण अनुसार, कुम्भकर्णले आफ्ना भाइहरू रावण र विभीषणका साथ ब्रह्मालाई प्रसन्न पार्न ठूलो यज्ञ गरेका थिए। इन्द्र उनको शक्ति देखेर चिन्तित र ईर्ष्यालु बनेका थिए, त्यसैले उनी कुम्भकर्णले वरदान माग्नु अघि नै ब्रह्माकहाँ गएका थिए।
कुम्भकर्णले वरदान माग्दै गर्दा इन्द्रको अनुरोधमा देवी सरस्वतीले उनको जिब्रो बाँधि दिएकी थिइन्। उनले 'इन्द्रासन' (इन्द्रको सिंहासन) माग्नुको सट्टा 'निद्रासन' (सुत्ने ओछ्यान) मागेका थिए।[४] य उनले 'निर्देवतवम्' (देवताहरूको विनाश) माग्न खोजेका थिए तर त्यसको सट्टा 'निद्रावतवम्' (निद्रा) मागेको बताइन्छ। उनको अनुरोध तुरुन्तै स्वीकार गरिएको थियो। यद्यपि, उनका भाइ रावणले ब्रह्मालाई यो श्राप फिर्ता लिन अनुरोध गरेपछि ब्रह्माले यसलाई घटाएर छ महिना सुत्ने र भोक मेटिएपछि फेरि सुत्ने बनाइदिएका थिए।[५]
जीवन
[सम्पादन गर्नुहोस्]उत्पत्ति
[सम्पादन गर्नुहोस्]भागवत पुराणका अनुसार, कुम्भकर्ण द्वारपाल देवता विजयका अवतार हुन्। विजय र उनका भाइ तथा सह-द्वारपाल जयलाई विष्णुको पवित्र क्षेत्रको रक्षा गरिरहँदा अभद्रता देखाएको कारण चार कुमारहरूले श्राप दिएका थिए। विजयलाई सुरुमा मृत्युलोकमा जन्म लिने सजाय दिइएको थियो, तर विष्णुसँगको प्रार्थना पछि, उनीहरू पुनः वैकुण्ठ फर्किन सक्ने होउन् भन्दै उनीहरूको सजायलाई तीन जन्ममा घटाइएको थियो। पृथ्वीमा उनीहरूको तीन अवतारहरू मध्ये दोस्रो अवतारमा जय रावण र विजय कुम्भकर्ण बनेका थिए।[६]
व्यक्तित्व
[सम्पादन गर्नुहोस्]
कुम्भकर्णलाई एक वफादार, शक्तिशाली र निडर पात्रको रूपमा चित्रण गरिएको छ, जसले आफ्नो भाइ र भूमिको रक्षाका लागि कर्तव्य र स्नेहका कारण युद्ध लडेका थिए।[७] उनको भोजनको भोक निकै धेरै थियो र उनी एक पटकमा छ महिनासम्म सुत्ने गर्दथे।[८][९]
परिवार
[सम्पादन गर्नुहोस्]कुम्भकर्णका पिता विश्रवा हुन्, र उनका दाजुभाइ तथा दिदीबहिनीहरू रावण, विभीषण र शूर्पणखा हुन्।[१०] उनकी पत्नी वज्रज्वाला (बालिकी छोरी र विरोचनकी नातिनी) बाट कुम्भ र निकुम्भ नामका दुई छोराहरू थिए, जसले राम विरुद्धको युद्धमा लडेका थिए र मारिएका थिए।[११]
युद्धमा
[सम्पादन गर्नुहोस्]
आफ्नो राज्यको रक्षाका लागि रावण युद्धमा होमिएका थिए, तर शत्रुलाई कम आँकेका कारण उनी राम र उनको सेनाबाट अपमानित भएका थिए। उनले आफ्ना भाइ कुम्भकर्णको सहयोग लिने निर्णय गरेका थिए, जसलाई ब्युँझाउन १,००० हात्तीहरू उनीमाथि हिँडाउनुपरेको थियो।[१२]
रामसँगको रावणको युद्धको बारेमा जानकारी पाएपछि, कुम्भकर्णले रावणलाई उनले गरिरहेको काम गलत हो, राम विष्णुका अवतार हुन् र सीता लक्ष्मीकी अवतार हुन् भनी सम्झाउने प्रयास गरेका थिए। यद्यपि, रावणले यी कुराहरू अस्वीकार गरेका थिए र पछि कुम्भकर्ण पनि आफ्नो भाइ र मातृप्रतिको वफादारी र स्नेहका कारण युद्धमा लड्ने निर्णय गरेका थिए।[७] उनी युद्धमा सामेल हुँदै रामको सेनालाई तहसनहस पार्न सफल भउका थिए। हनुमान र सुग्रीव विरुद्धको युद्धपछि, उनले सुग्रीवलाई बेहोस बनाएर बन्दी बनाएका थिए।[१३]
लक्ष्मण र कुम्भकर्ण बीच लामो समयसम्म द्वन्द्व भएका कारण उनीहरू दुवै थकित बनेका थिए।[१४] रामसँगको युद्धमा कुम्भकर्णको एउटा हात 'वायुअस्त्र' ले काटिन पुग्यो र अर्को 'इन्द्रास्त्र' ले क्षतविक्षत हुन पुग्यो। तैपनि, उनी रामलाई निल्नका लागि क्रोधित हुँदै अगाडि बढे, जहाँ रामले वाणहरूको वर्षा गरे। कम्ब रामायणमा, कुम्भकर्णले रामको ईश्वरीयतालाई स्वीकार गर्दै, तर आफ्ना भाइका लागि लड्नु आफ्नो धर्म भएको बताउँछन् र राजकुमार रामलाई विभीषणलाई सुरक्षित राख्न मात्र आग्रह गर्छन्।[१५] आफ्नो इच्छा पूरा भएपछि, खुट्टा काटिएको अवस्थामा पनि उनी रामतर्फ जाइलाग्छन्। रामले 'इन्द्रास्त्र' प्रयोग गरेपछि मात्र उनको वध हुन्छ। कुम्भकर्णको टाउको काटिएर समुद्रमा खस्नु अघि धेरै भवन र किल्लाहरू ध्वस्त पारेको वर्णन गरिएको छ।[१६] जब रावणले आफ्नो भाइको मृत्युको खबर सुनेपछि उनी बेहोस हुन्छन् र पछि आफ्नो विनाश निश्चित भएको घोषणा गर्छन्।[१७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Valmiki; Vyasa (२०१८-०५-१९), Delphi Collected Sanskrit Epics (Illustrated) (अङ्ग्रेजीमा), Delphi Classics, आइएसबिएन 978-1-78656-128-2।
- ↑ Valmiki; Venkatesananda, Swami (१९८८-०१-०१), The Concise Ramayana of Valmiki (Englishमा), SUNY Press, आइएसबिएन 978-0-88706-862-1।
- ↑ Parameswaran, Mangalam R. (२०१३-०४-१९), The Ramayana of Valmiki (A condensed version of Valmiki's epic): , published by Manipal Universal Press (अङ्ग्रेजीमा), Manipal Universal Press, आइएसबिएन 978-93-82460-08-4।
- ↑ Murty, Sudha (२०१८-०९-२५), The Upside-Down King: Unusual Tales about Rama and Krishna (अङ्ग्रेजीमा), Penguin Random House India Private Limited, आइएसबिएन 978-81-8475-417-9।
- ↑ Mani, Vettam (१९७५), Puranic encyclopaedia : a comprehensive dictionary with special reference to the epic and Puranic literature, Robarts - University of Toronto, Delhi : Motilal Banarsidass, पृ: 439, आइएसबिएन 978-0-8426-0822-0।
- ↑ "Srimad Bhagavatam", Bhagavata, अन्तिम पहुँच नोभेम्बर २, २०२२।
- 1 2 Rajagopalachari, RAMAYANA retold by C. Rajagopalachari, पृ: 168–169।
- ↑ Lakhani, Om; Lakhani, Jitendra (मे २०१५), "Kumbhakarna: Did he suffer from the disorder of the hypothalamus?", Indian Journal of Endocrinology and Metabolism 19 (3): 433–434, डिओआई:10.4103/2230-8210.152795, पिएमआइडी 25932405, पिएमसी 4366788।
- ↑ Rajagopalachari, RAMAYANA retold by C. Rajagopalachari, पृ: 186–188।
- ↑ Rajagopalachari, RAMAYANA retold by C. Rajagopalachari, पृ: 83।
- ↑ M.M.S. Shastri Chitrao (1964), pp. 149, 367
- ↑ Venkataraman, M. (२०२२-०६-०३), A few gods and goddesses of Hinduism (अङ्ग्रेजीमा), Venkataraman M।
- ↑ Swaminathan, L. (२०१८-०१-०१), Vaalmeeki Raamaayan: A Revelation (अङ्ग्रेजीमा), Motilal Banarsidass, आइएसबिएन 978-81-208-4216-8।
- ↑ Maharajan, S. (१९९६), Kamban (अङ्ग्रेजीमा), Sahitya Akademi, आइएसबिएन 978-81-7201-244-1।
- ↑ Tampi, Pa Patmanāpan̲ (१९९६), Ramayanas of Kampan and Eluttacchan (अङ्ग्रेजीमा), O. Padmakumari।
- ↑ Aravamudan, Krishnan (२०१४-०९-२२), Pure Gems of Ramayanam (अङ्ग्रेजीमा), Partridge, आइएसबिएन 978-1-4828-3720-9।
- ↑ Mani, Vettam (१९७५), Puranic encyclopaedia : a comprehensive dictionary with special reference to the epic and Puranic literature, Robarts - University of Toronto, Delhi : Motilal Banarsidass, पृ: 450, आइएसबिएन 978-0-8426-0822-0।
