सामग्रीमा जानुहोस्

सुमित्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुमित्रा
कोसलकी रानी
खीर वितरणको समयमा दशरथका साथमा सुमित्रा
जन्मकाशी
जीवनसाथीदशरथ
सन्तानशान्ता
अज्ञात छोरी
लक्ष्मण
शत्रुघ्न
घरानाअयोध्या
वंशकाशी (जन्मद्वारा)
रघुवंश-सूर्यवंश (विवाहद्वारा)
धर्महिन्दु धर्म

सुमित्रा हिन्दु महाकाव्य रामायण का अनुसार काशीकी राजकुमारी र कोसलकी रानी हुन्। सुमित्रा कोसलका राजा दशरथकी दोस्रो रानी थिइन्, जसले अयोध्याबाट शासन गर्ने गर्दथे।[] एक बुद्धिमान् र समर्पित महिलाको रूपमा चिनिने उनी जुम्ल्याहा छोराहरू लक्ष्मणशत्रुघ्नकी माता हुन्।[][]

व्युत्पत्ति

[सम्पादन गर्नुहोस्]

सुमित्रा नाम संस्कृत मूलबाट आएको हो, जसलाई 'सु' (अर्थात् राम्रो) र 'मित्र' (अर्थात् साथी) गरी दुई भागमा विभाजन गर्न सकिन्छ। यसरी उनको नामको अर्थ 'एक राम्रो साथी' वा 'मिलनसार स्वभाव भएकी' भन्ने हुन्छ।[]

पौराणिक कथा

[सम्पादन गर्नुहोस्]

वाल्मीकि रामायणमा सुमित्राको पितृत्वका बारेमा केही उल्लेख नगरिए तापनि, पछिल्ला ग्रन्थहरूमा उनलाई काशी वा मगधकी राजकुमारी र हैहय कुलकी भनेर वर्णन गरिएको छ।[] कालिदासको रघुवंशम् अनुसार उनलाई मगधकी छोरी भनिएको छ।

विवाह र सन्तान

[सम्पादन गर्नुहोस्]

सुमित्राको विवाह राजा दशरथसँग उनकी दोस्रो रानीको रूपमा भएको थियो। रामायणको बालकाण्ड अध्यायमा सुमित्राको पहिलो पटक उपस्थिति देखिन्छ।[]

सुमित्रा आफ्ना जुम्ल्याहा छोराहरू लक्ष्मण र शत्रुघ्नलाई जन्म दिँदै

सन्तान प्राप्तिको आशामा सुमित्राले दशरथ र अन्य दुई रानीहरूसँगै अश्वमेध यज्ञ गर्छन्।[] निःसन्तान दशरथका लागि छोराहरू प्राप्त गर्न ऋष्यशृङ्गद्वारा गरिएको यज्ञमा, आगोको ज्वालाबाट एक दिव्य पुरुष हातमा देवताहरूले तयार पारेको दिव्य खीरले भरिएको सुनको भाँडो लिएर प्रकट हुन्छ। दशरथले यस दिव्य खीरको आधा भाग कौशल्यालाई दिए, एक चौथाइ सुमित्रालाई (अर्थात् बाँकी रहेको आधा भाग), आठौँ भाग कैकेयीलाई (अर्थात् फेरि बाँकी रहेको आधा भाग), र त्यसपछि पुन: विचार गरी अन्तिम आठौँ भाग फेरि सुमित्रालाई दिन्छन्।[]

परिणामस्वरूप, कौशल्याबाट राजकुमार राम र कैकेयीबाट भरतको जन्म हुन्छ। खीरको दुईवटा अंश प्राप्त गरेकाले सुमित्रा जुम्ल्याहा छोराहरू लक्ष्मणशत्रुघ्नकी माता बन्छिन्।[]

उनका जेठा छोरा लक्ष्मणले मिथिलाका राजा जनककी छोरी उर्मिलासँग विवाह गर्छन् भने कान्छा छोरा शत्रुघ्नले जनकका भाइ कुशध्वजकी छोरी श्रुतकीर्तिसँग विवाह गर्छन्।[]

छोरी शान्ता र अज्ञात छोरी

[सम्पादन गर्नुहोस्]

पछिल्ला केही ग्रन्थहरूमा शान्ता र अर्की एक अज्ञात छोरीलाई सुमित्राका दुई छोरी र दशरथका जेठा सन्तानका रूपमा वर्णन गरिएको छ। तर, रामायणको बालकाण्डमा वाल्मीकिले शान्तालाई अङ्ग देशका राजा रोमपादकी छोरी मात्र भनेका छन्, जो दशरथका साथी थिए।[] वाल्मीकिले शान्ताकी आमाको नाम कतै पनि उल्लेख गरेका छैनन्।[१०]

रामको वनवास

[सम्पादन गर्नुहोस्]

सुमित्रालाई आफ्ना छोरा लक्ष्मणलाई रामसँग वनवास जान प्रोत्साहित गर्ने पात्रका रूपमा चिनिन्छ।[११] सुमित्रालाई आफ्ना छोरा लक्ष्मणको साथमा धेरै खुसी मिल्ने कुरा वर्णन गरिएको छ, त्यसैले उनलाई 'आनन्द बढाउने' पुत्रका रूपमा हेरिन्छ र लक्ष्मणलाई 'सौमित्र' पनि भनिन्छ।[१२]

यसका बाबजुद, उनले आफ्ना छोरालाई दाजुको सेवामा पठाउँछिन्।[१३] बिदा हुनुअघि सुमित्राले लक्ष्मणलाई , "राम तिम्रा ठूला दाजु र भविष्यका राजा हुने बताउँछिन्। आफ्नो कर्तव्यमा कहिल्यै हेलचेक्र्याइँ नगर्न र उनको सेवा र रक्षा गर्ने र आफ्नो भक्ति प्रकट गर्न समेत उनले अनुरोध गर्छिन्।"[१४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Damani, Gaurang (२०२१), Essence of the Fifth Veda (Englishमा), Delhi: Motilal Banarsidass Publishing House, पृ: 2, 9, आइएसबिएन 978-9391430139
  2. "Sumitra is calm and composed", The Hindu, ८ जुन २०२३, अन्तिम पहुँच २१ सेप्टेम्बर २०२३
  3. Dharma, Krishna (२०२०-०८-१८), Ramayana: India's Immortal Tale of Adventure, Love, and Wisdom (अङ्ग्रेजीमा), Simon and Schuster, आइएसबिएन 978-1-68383-919-4
  4. 1 2 www.wisdomlib.org (२०१५-०९-२१), "Sumitra, Sumitrā, Su-mitra: 22 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०९-२३
  5. Raychaudhuri, Hemchandra (१९५३), Political History of Ancient India: From the Accession of Parikshit to the Extinction of Gupta Dynasty, University of Calcutta।
  6. The Rāmāyaṇa of Vālmīki: An Epic of Ancient India, Volume II: Ayodhyakāṇḍa, Princeton University Press, १९८६, जेएसटिओआर j.ctt1bmzkgh
  7. 1 2 Goldman, Sally J. Sutherland (२०१८), "Women at the Margins: Gender and Religious Anxieties in Vālmīki's Rāmāyaṇa", Journal of the American Oriental Society 138 (1): 45–72।
  8. "The Ramayana in Sanskrit: Book 1: Chapter 15"
  9. "The Ramayana in Sanskrit: Book 1: Chapter 8"
  10. Goldman, Robert P. (१९८४), The Rāmāyaṇa of Vālmīki: An Epic of Ancient India, I: Bālakāṇḍa, Princeton University Press, पृ: 75।
  11. www.wisdomlib.org (२०१९-११-१०), "Ramayana: Chapter I", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०१
  12. "Ramayana | Summary, Characters, & Facts", Encyclopedia Britannica
  13. aravamudan, krishnan (२०१४-०९-२२), Pure Gems of Ramayanam (अङ्ग्रेजीमा), PartridgeIndia।
  14. P. R. Mitchell (२००९), Ramayan: India's Classic Story of Divine Love, iUniverse, पृ: ४२।