शुर्पणखा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लक्ष्मणले नाक काटिदिएको दृश्य

शुर्पणखा हिन्दु धर्मको ग्रन्थ रामायणकी एक पात्र तथा लंकाका राजा रावणकी बहिनी हुन् । वाल्मिकीको रामायण कथा अनुसार शुर्पणखा र कैकेयी नभएको भए उक्त कथा नै नबन्ने देखिन्छ । यसकारण पनि शुर्पणखालाई रामायणकी एक प्रमूख पात्रको रूपमा लिन सकिन्छ ।

विवरण[सम्पादन गर्नुहोस्]

वाल्मिकीले रामायणमा शुर्पणखालाई घैटे-पेट, डरलाग्दा आँखा, कर्कश स्वर, मसिनो खैरो कपाल र ठुला स्तन भएकी भनेर व्याख्या गरेका छन् । उनको जन्म भिश्रभा ऋषि र उनकी दोश्री पत्नी कैकसीकी कान्छी छोरीको रूपमा भएको थियो । बाल्यकालमा उनको नाम मिनाक्षी राखिएको थियो । उनको विवाह विद्युजिभा नामको राक्षससँग भयो तर रसातलको लडाईको क्रममा रावणले अज्ञानतावश उनको पतीको हत्या गरिदिए । आफ्नो पति दुष्टबुद्दिको मृत्यु भइसकेको अवस्थामा वन डुल्ने र असुर नाता पर्नेहरूलाई भेटदै हिड्ने सुपर्नखाको दिनचर्या बनेको थियो । अकस्मात् राम र लक्ष्मण देख्दा बिहेको प्रस्ताव लिई अगाडि सरी । मर्यादा पुरुष राम र लक्षमण यो कुरा मान्ने पक्षमा थिएनन् । बहुत जिद्द देखि वाक्क भई लक्ष्मणले उनको नाक काटिदिए । पछि उक्त कारण नै लङ्का युद्धको कारण बन्न पुग्यो ।

शुर्पणखा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]