सामग्रीमा जानुहोस्

वाल्मीकि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वाल्मीकि
महर्षि वाल्मीकि रामायण रचना गर्दै
व्यक्तिगत जीवन
उल्लेखनीय कार्य(हरू)रामायण
योगवासिष्ठ
वाल्मीकि संहिता
को लागि परिचितरामायण को रचना
लवकुशका गुरु
ब्रह्माका अवतार
सम्मान
  • आदि कवि
  • महर्षि
धार्मिक जीवन
धर्महिन्दु धर्म
Lineageराम मन्त्रराज[]
Movementधार्मिक अभियान वाल्मीकिवाद वाल्मीकिका उपदेशहरूमा आधारित छ

वाल्मीकि एक पौराणिक कवि हुन्, जसलाई महाकाव्य रामायणका परम्परागत लेखकको रूपमा सम्मान गरिन्छ।[upper-alpha १] उनलाई पहिलो महाकाव्य रामायणका रचयिता भएकाले आदि कविका रूपमा पुजिन्छ।

मूल रूपमा वाल्मीकिद्वारा लिखित रामायण मा २४,००० श्लोक र सातवटा काण्डहरू रहेका छन्।[] रामायण लगभग ४,८०,००२ शब्दहरू मिलेर बनेको छ, जुन पूर्ण महाभारत को लम्बाइको एक चौथाइ वा इलियाडको लम्बाइको लगभग चार गुणा हो। रामायणले कोसल राज्यको अयोध्या सहरका राजकुमार रामको कथा बताउँछ, जसकी पत्नी सीतालाई लङ्काका राक्षस राजा रावणले अपहरण गरेका थिए। विद्वानहरूको अनुमान अनुसार यस ग्रन्थको प्रारम्भिक चरण ईसापूर्व ८ औँ देखि ४ औँ शताब्दीसम्मको मानिन्छ,[] र पछिल्ला चरणहरू ईस्वी ३ औँ शताब्दीसम्म फैलिएका छन्।[] धेरैजसो परम्परागत महाकाव्यहरू जस्तै, यो पनि धेरै संशोधन र परिमार्जनहरूबाट गुज्रिएको छ, जसले गर्दा यसको सही मिति निर्धारण गर्न असम्भव छ।

बेलायती व्यङ्ग्यकार अब्रे मेनेनका अनुसार वाल्मीकिलाई "साहित्यिक प्रतिभा" को रूपमा चिनिन्थ्यो। वाल्मीकिलाई रामको समकालीन पनि मानिन्छ। मेनेन वाल्मीकि "सम्पूर्ण इतिहासमा आफूलाई आफ्नै रचनामा पात्रका रूपमा प्रस्तुत गर्ने पहिलो लेखक" हुन् भनेर दावी गर्छन्।[]

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]
सेतो दाह्री भएका वाल्मीकिको आश्रममा युवा ऋषि नारद

धर्मशास्त्रहरूका अनुसार, वाल्मीकि देवता वरुणका दशौँ छोरा हुन्। वरुणको वीर्य एउटा धमिराको देवलमा खसेपछि उनको जन्म भएको थियो, जसका कारण उनको नाम "वाल्मीकि" रहन गएको थियो।[] आफ्नो युवावस्थामा, वाल्मीकिले एक पटक महान् ऋषि नारदलाई भेटेका थिए र उनीसँग आफ्नो कर्तव्यका बारेमा प्रवचन सुनेका थिए। नारदका शब्दहरूबाट प्रभावित भएर वाल्मीकिले तपस्या गर्न थाल्दै "मरा" शब्दको जप गरे जसको अर्थ "मर्नु" हुन्थ्यो। उनले धेरै वर्षसम्म तपस्या गरिरहँदा, त्यो शब्द "राम" बन्न पुग्यो,[] जुन भगवान् विष्णुको एक नाम हो।

वाल्मीकि ऋषि बन्नुअघि चोर थिए भन्ने केही पौराणिक कथाहरू पनि अस्तित्वमा छन्। स्कन्द पुराणको नागर खण्डमा मुखर तीर्थको उत्पत्तिको सन्दर्भमा उल्लेख भए अनुसार, वाल्मीकि एक ब्राह्मणका रूपमा जन्मिएका थिए, जसको नाम लोहजङ्घ थियो र उनी आफ्ना आमाबाबुका भक्त छोरा थिए। उनकी एक सुन्दरी पत्नी थिइन् र उनीहरू दुवै एकअर्काप्रति वफादार थिए। एक पटक, जब आनर्त क्षेत्रमा बाह्र वर्षसम्म वर्षा नहुँदा, लोहजङ्घले आफ्नो भोको परिवारका लागि जङ्गलमा भेटिने मानिसहरूलाई लुट्न थाल्छन्। यसै क्रममा उनले सात ऋषिहरू वा सप्तर्षिलाई भेट्छन् र उनीहरूलाई पनि लुट्ने प्रयास गर्छन्। तर विद्वान् ऋषिहरूले उनीप्रति दया महसुस गर्दै उनलाई आफ्नो मार्गको गल्ती देखाइदिन्छन्। तीमध्ये एक, पुलह ऋषिले उनलाई ध्यान गर्नका लागि एउटा मन्त्र दिन्छन् र ती ब्राह्मणबाट चोर बनेका व्यक्ति मन्त्रको जपमा यति मग्न हुन्छन् कि उनको शरीरको वरिपरि धमिराको देवल बन्छ। जब ऋषिहरू फर्किन्छन् र धमिराको देवलबाट मन्त्रको आवाज सुन्छन्, उनीहरूले उनलाई आशीर्वाद दिँदै "तिमीले 'वाल्मीक' (धमिराको देवल) भित्र बसेर महान् सिद्धि प्राप्त गरेका हुनाले, तिमी संसारमा 'वाल्मीकि' को नामले प्रसिद्ध हुनेछौ भनेर बताउँछन्।"[][]

रामायणमा भूमिका

[सम्पादन गर्नुहोस्]
सिंहासनमा सीतासँगै राम, उनीहरूका छोराहरू लवकुश काखमा। सिंहासनको पछाडि लक्ष्मण, भरत र शत्रुघ्न उभिएका छन्। हनुमान सिंहासनको अगाडि रामलाई ढोग्दै छन्। बायाँतिर वाल्मीकि।

वाल्मीकिले महाकाव्य रामायण को अन्तिम अध्याय, उत्तरकाण्डमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यद्यपि, केही विद्वानहरू उत्तरकाण्ड मूल रूपमा वाल्मीकिले रचना नगरेको हुन सक्ने विश्वास गर्छन्। उदाहरणका लागि, विद्वान रोबर्ट र स्याली गोल्डम्यानले औंल्याएका छन्: "यस खण्डको धेरैजसो कथा रामभन्दा अन्य पात्रहरूमा केन्द्रित छ र वाल्मीकिले यसलाई अगस्त्य जस्ता अन्य पात्रहरूको माध्यमबाट अप्रत्यक्ष रूपमा वर्णन गरेका छन्।"[१०] यो खण्ड शेष रामायण बाट लिइएको पनि मानिन्छ। पौराणिक कथा अनुसार, रामले सीतालाई वनमा पठाउाछन्। सीताले ऋषि वाल्मीकिको आश्रममा शरण लिन्छिन्, जहाँ उनले जुम्ल्याहा छोराहरू लवकुश लाई जन्म दिन्छिन्। लव र कुश वाल्मीकिका पहिलो शिष्य थिए, जसलाई उनले रामायण सिकाएका थिए। महाकाव्यको बालकाण्ड मा पनि वाल्मीकिले आफ्ना शिष्य बनेका लव र कुशलाई रामायण सुनाएको कथा उल्लेख छ।[११]

  1. वाल्मीकिलाई उनका भक्तहरूले बाल्मीकि, लाल बेग र बाला शाहका नामले पनि पुकार्छन्।[]
  1. "मरा" शब्दलाई बारम्बार दोहोर्‍याउँदा -मरामरामरामरामरामरामरा- हुन्छ जसलाई -रामरामरामरामरामरामराम- को रूपमा पढ्न र उच्चारण गर्न सकिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Srinivasha Shastri, Ramayana of Valmiki-With Three Ancient Commentaries, पृ: 9।
  2. O'Brien, John (२००६), The Construction of Pakistani Christian Identity (अङ्ग्रेजीमा), Research Society of Pakistan, पृ: १२५, आइएसबिएन 978-969-425-096-0
  3. "Valmiki Ramayan", valmikiramayan.net, Desiraju Hanumanta Rao & K. M. K. Murthy, अन्तिम पहुँच ११ मे २०२०
  4. Goldman 1984, पृष्ठ 20–22.
  5. J. L. Brockington (१९९८), The Sanskrit Epics, BRILL, पृ: 379–, आइएसबिएन 90-04-10260-4
  6. Menen (1954). "The Heritage of the Gluttons", p.81.
  7. Puranic Encyclopedia: a comprehensive dictionary with special reference to the epic and Puranic literature, Vettam Mani, Motilal Banarsidass, Delhi, 1975, p. 822.
  8. "The Skanda Purana, Nagara Khanda, Chapter 124, Creation of Mukhara Tirtha", अन्तिम पहुँच ८ मे २०२०
  9. The Skanda Purana, Part 17, (Ancient Indian Tradition and Mythology Series, Vol. LXV), Motilal Banarsidass Publishers Pvt. Ltd., २००२, पृ: ५०६।
  10. The Rāmāyaṇa of Vālmīki: The Complete English Translation, ed. Robert P. Goldman and Sally J. Sutherland Goldman, Princeton Univ. Press, 2021, p. 19. ISBN 978-0-691-20686-8.
  11. Rao, T. S. Sha ma; Litent (२०१४), Lava Kusha (अङ्ग्रेजीमा), Litent।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]