सामग्रीमा जानुहोस्

सुलोचना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुलोचना
सुलोचनाले आफ्ना पति मेघनादको टाउको बुझ्दै, जसको वध लक्ष्मणद्वारा गरिएको थियो
अन्य नामहरूप्रमिला
देवनागरीसुलोचना
धर्मग्रन्थहरूरामायणका संस्करणहरू
मेघनाद वध काव्य
वंशावली
अभिभावकहरू
रानीमेघनाद

सुलोचना (सुन्दर आँखा भएकी) हिन्दु ग्रन्थहरूमा उल्लेखित एक पात्र हुन्। उनी नागराज शेषकी छोरी र रावणका ज्येष्ठ सुपुत्र मेघनाद (इन्द्रजित) की पत्नी हुन्।[] वाल्मीकि रामायणमा सुलोचनाको कुनै उल्लेख पाइँदैन, उनी महाकाव्यका पछिल्ला संस्करणहरूमा मात्र देखा पर्छिन्।[]

शेषनागको सुलोचनामाथिको श्राप

[सम्पादन गर्नुहोस्]

एकपटक, लक्ष्मीले शेषनाग लाई भगवान विष्णुको हातमा बाँधिदिन्छिन्। उनले शेषनाग लाई भगवान विष्णुको नाडीमा कसिलो गरी बाँधिदिन्छिन्, जसले गर्दा उनको आँखाबाट दुई थोपा आँसु बग्छ। ती दुई आँसुका थोपाबाट दुई सुन्दर छोरीहरू जन्मिन्छन्। पहिलो छोरीको नाम सुनयना र दोस्रो छोरीको नाम सुलोचना राखिन्छ। सुनयनाको विवाह मिथिलाका राजा जनकसँग हुन्छ। सुलोचनाको विवाह राजा इन्द्रका छोरा जयन्तसँग तय भएको हुन्छ। तर जब सुलोचनालाई दानवहरूका राजा रावण का छोरा मेघनादले इन्द्र र उनका छोरा जयन्तलाई पराजित गरेका कारण सुलोचना मेघनाद सँग प्रेममा पर्छिन् र मेघनाद पनि सुलोचनाको सुन्दरताबाट मोहित भई दुवैले विवाह गर्छन्। जब नागराज शेषनाग लाई यो कुरा थाहा हुन्छ, उनी क्रुद्ध हुन्छन् र सुलोचनालाई आफ्नो पतिको त्रेता युगमा उनीद्वारा नै मारिने श्राप दिन्छन्। यस श्रापको कारण, मेघनाद लाई लक्ष्मणको रूपमा शेषनागद्वारा मारिन्छ।

रामायणका विभिन्न संस्करणहरूका अनुसार, आफ्ना पतिको मृत्युपछि सुलोचनाले पतिको काटिएको टाउको प्राप्त गरेकी थिइन्। उनले लक्ष्मण आफ्नै पिता शेषको अवतार भएको कुरा महसुस गरेकी थिइन्। उनी रामकी परम भक्त थिइन्।[]

मेघनाद वध काव्य नामक गाथामा प्रमिलालाई इन्द्रजितकी पत्नी भनिएको छ। प्रमिलालाई सुलोचनाकै अर्को नाम मानिन्छ।

लोकप्रिय संस्कृतिमा

[सम्पादन गर्नुहोस्]

सुलोचनाको कथामा आधारित भएर धेरै चलचित्रहरू निर्माण गरिएका छन्। जी.भी. सानेद्वारा निर्देशित सन् १९२१ को मूक चलचित्र 'सती सुलोचना' यसमध्ये एक हो। यसपछि सन् १९३४ मा निर्माण गरिएको सती सुलोचना कन्नड भाषाको पहिलो सवाक (ध्वनिसहितको) चलचित्र कनेको थियो। त्यसैगरी, सन् १९६१ मा नन्दमुरी तारक रामारावद्वारा अभिनित तेलुगु भाषामा 'सती सुलोचना' निर्माण गरिएको थियो। बाबुभाई मिस्त्रीको हिन्दी चलचित्र 'सती नाग कन्या' मा विक्रम गोखले र जयश्री गड्करले अभिनय गरेका छन्।

द ब्यालेड अफ सुलोचना (सुलोचनाको गाथा) मराठी महिलाहरूको मनपर्ने गाथा हो, जुन धेरै परिवारहरूमा गाइन्छ। तमिल विद्वान एस. के. रामराजनले इन्द्रजितको वियोगान्त कथामा आधारित मेघनाधम नामक एक प्रसिद्ध महाकाव्य लेखेका छन्, जुन इन्द्रजितकी पत्नी सुलोचनाको चरित्र चित्रणका लागि परिचित छ।

कल्टिस्ट सिमुलेटर नामक भिडियो गेममा 'सुलोचना अमावस्या' नामको एक प्रमुख पात्र रहेको छ। पौराणिक सुलोचना जस्तै, यो पात्र पनि आफ्ना चम्किला, आकर्षक आँखा र शान्त स्वभावका लागि परिचित छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Das 2005.
  2. Singh, Avadhesh K. (२००७), Rāmāyaṇa Through the Ages: Rāma, Gāthā in Different Versions (अङ्ग्रेजीमा), D.K. Printworld, आइएसबिएन 978-81-246-0416-8
  3. Mittal, J. P. (२००६), History Of Ancient India (a New Version) : From 7300 Bb To 4250 Bc (अङ्ग्रेजीमा), Atlantic Publishers & Dist, पृ: 204, आइएसबिएन 978-81-269-0615-4