विश्वामित्र ऋषि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(विश्वामित्र बाट पठाईएको)
Jump to navigation Jump to search
विश्वामित्र ऋषि
Ahalya rama.jpg
Brahma Rishi Vishvamitra calm sketch
विवरण
परिवारगाधी (पिता)
बच्चा
धर्महिन्दु धर्म
शकुन्तलाको जन्म - राजा रवी बर्माले बनाएको तश्विर

विश्वामित्र हिन्दु धर्मका एक प्रशिद्ध ऋषि हुन् । रामायणका पात्र भगवान रामलक्ष्मणलाई धनुर्विद्या सिकाउने यी ऋषिको जन्म क्षत्रिय कुलमा भएको थियो । ऋषि विश्वामित्रलाई विश्वामित्र गोत्रका गोत्र प्रवर्तक मानिन्छ ।

गायत्री मन्त्र[सम्पादन गर्ने]

क्षत्रिय राजाको रूपमा[सम्पादन गर्ने]

प्रजापतिको पुत्र कुश, कुशको पुत्र कुशनाभ र कुशनाभको पुत्र राजा गाधि थिए। विश्वामित्र जी उनै गाधिका पुत्र थिए। विश्वामित्र शब्द विश्व र मित्र बाट बनेको छ जसको अर्थ हुन्छ - सबैसँग साथ मित्र अथवा प्रेम।

एक दिन राजा विश्वामित्र आफ्नो सेना लिएर वशिष्ठ ऋषिको आश्रममा गए। विश्वामित्रले उनलाई प्रणाम गरि त्यहीँ बसे। वशिष्ठ जी ले पनि राजा विश्वामित्र जी को यथोचित आदर सत्कार गरे र उनलाई केहि दिन आश्रममा रही आतिथ्य ग्रहण गर्न अनुरोध गरे। विश्वामित्रले यो विचार गरे कि मेरो साथ विशाल सेना छ र सेना सहित मेरा आतिथ्य गर्न वशिष्ठ जी लाई कष्ट होला, विश्वामित्र जी ले नम्रतापूर्वक आफूलाई जान अनुमति मागे किन्तु वशिष्ठ जी ले अत्यधिक अनुरोध गर्दा केही दिनको लागि उनको आतिथ्य स्वीकार गरे।

वशिष्ठ जी ले नन्दिनी गाईको आह्वान गरी विश्वामित्र तथा उनको सेनाको लागि छः प्रकारका व्यञ्जन तथा समस्त प्रकारका सुख सुविधाको व्यवस्था गरे। वशिष्ठ जी को आतिथ्यबाट विश्वामित्र र उनको साथ आएका सबैजना बहुत प्रसन्न भए।

नन्दिनी गाईको चमत्कार देखेर विश्वामित्रले वशिष्ठ जी सँग गाई मागे। वशिष्ठ जी भने " राजन! यो गाई मेरो जीवन हो र कुनै पनि मुल्यमा म कसैलाई पनि दिन सक्दिन।

वशिष्ठ जी यसो भन्दा विश्वामित्रले बलपूर्वक गाईलाई पकड्ने आदेश दिए। र उनका सैनिकले लठ्ठीले कुटी-कुटी लान खोजे। । नंदिनी गाई क्रोधित हुँदै ती सैनिकको बन्धनबाट छुटेर वशिष्ठ जी को सामु आएर बिलाप गर्न लागिन्। वशिष्ठ जीले भने "कि हे नंदिनी! यी राजा मेरा अतिथि हुन्। यसकारण म यिनलाई श्राप पनि दिन सक्दिन र यिनको विशाल सेना भएकाले यिनीसँग युद्धमा पनि विजय प्राप्त गर्न सक्दिन। म आफै स्वयं विवश अनुभव गर्दै छु। उनका यी वचन सुनेर नंदिनीले भनिन "हे ब्रह्मर्षि! हजुर मलाई आज्ञा दिनुहोस् ,म एक क्षण मै यो क्षत्रिय राजालाई उनको विशाल सेनासहित नष्ट गरिदिन्छु। अरु कुनै उपाय नदेखेकाले वशिष्ठ जी ले नंदिनीलाई अनुमति दिए।

आज्ञा पाउने बित्तिकै नन्दिनीले योगबलबाट अत्यन्त पराक्रमी मारक शस्त्रास्त्रबाट से युक्त पराक्रमी योद्धाहरु उत्पन्न भए जसले शीघ्र नै शत्रु सेनालाई गाजर मुला जसरेर काट्न सुरु गरे । आफ्नि सेनाको नाश भएको देखेत विश्वामित्रका द सय पुत्र अत्यन्त कुपित भइ वशिष्ठ जी लाई मार्न तत्पर भए। वशिष्ठ जीले ती मध्ये एक पुत्रलाई बाँकी राखी सबैलाई भस्म गरे।

आफ्नो सेना तथा पुत्र भस्म भएको देखी विश्वामित्र निकै दुःखी भए। आफ्नो बचेका पुत्रलाई राज सिंहासन सुम्पेर उनी तपस्या गर्नको लागी हिमालयतर्फ हिडें। कठोर तपस्या गरेर विश्वामित्र जी ले महादेवलाई प्रसन्न गरे र उनबाट दिव्य शक्ति सहित सम्पूर्ण धनुर्विद्याको ज्ञान वरदान प्राप्त गरे।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Wilson, John (२३ अप्रिल १८७७), "Indian Caste", Times of India Office – Google Booksद्वारा। 
  2. Bhishagratna, Kunjalal (१९०७), An English Translation of the Sushruta Samhita, based on Original Sanskrit Text, Calcutta, पृ: ii(introduction)। 
  3. Bibek Debroy (२०१६), Harivamsha, Penguin UK। 
  4. History Of Ancient India (a New Version) : From 7300 Bb To 4250 Bc,, Atlantic Publishers & Dist, २००६, पृ: २८१। 
  5. (India), Uttar Pradesh (२३ अप्रिल १९८८), "Uttar Pradesh District Gazetteers: Farrukhabad", Government of Uttar Pradesh – Google Booksद्वारा। 
  6. Doniger, Wendy (२३ अप्रिल १९८८), "Textual Sources for the Study of Hinduism", Manchester University Press – Google Booksद्वारा। 
  7. Jestice, Phyllis G. (२००४), Holy People of the World: A Cross-cultural Encyclopedia, ABC-CLIO, पृ: ८९९। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]