श्रुतिकीर्ति
| श्रुतिकीर्ति | |
|---|---|
श्रुतकीर्ति र शत्रुघ्नको विवाह समारोह | |
| आबद्ध | लक्ष्मी को चक्रको अवतार |
| वासस्थान | अयोध्या |
| धर्मग्रन्थहरू | रामायण र रामायणका अन्य संस्करणहरू |
| वंशावली | |
| जन्म | |
| मृत्यु | |
| अभिभावकहरू | कुशध्वज (पिता) चन्द्रभागा (माता) |
| भाइबहिनीहरू | सीता (दिदी/भदैनी) उर्मिला (दिदी) माण्डवी (दिदी) |
| जीवनसाथी | शत्रुघ्न |
| सन्तानहरू | सुबाहु शत्रुघाती |
| वंश | विदेह (जन्मद्वारा) रघुवंश-सूर्यवंश (विवाहद्वारा) |
श्रुतकीर्ति हिन्दु महाकाव्य रामायण का अनुसार विदेहकी एक राजकुमारी हुन्। उनी शत्रुघ्नकी पत्नी र देवी लक्ष्मीको चक्रको अवतार मानिन्छिन्।[१] श्रुतकीर्ति आफ्नो दूरदर्शिता र समर्पणका लागि परिचित छिन्।[२][३]
व्युत्पत्ति
[सम्पादन गर्नुहोस्]श्रुतकीर्ति नाम संस्कृत मूलबाट आएको हो। यसको अर्थ 'प्रख्यात र ख्याति प्राप्त' भन्ने हुन्छ।[४]
पौराणिक कथा
[सम्पादन गर्नुहोस्]जन्म
[सम्पादन गर्नुहोस्]श्रुतकीर्तिको जन्म राजा कुशध्वज र उनकी पत्नी चन्द्रभागाकी कान्छी छोरीको रूपमा भएको थियो। उनी माण्डवीकी कान्छी बहिनी हुन्।[५] श्रुतकीर्तिलाई लक्ष्मीको सुदर्शन चक्रको अवतार मानिन्छ।[६] उनका पिता साङ्काश्यका शासक थिए, तर श्रुतकीर्ति र माण्डवीको पालनपोषण सीता र उर्मिलासँगै मिथिलामा भएको थियो।[७]
शत्रुघ्न सँगको विवाह
[सम्पादन गर्नुहोस्]रामले सीताको स्वयंवरमा विजयी भएपछि, उनका पिता राजा दशरथ छोराहरूको विवाहका लागि मिथिला आइपुग्छन्। राजा दशरथले लक्ष्मणको उर्मिलाप्रति स्नेह रहेको कुरा महसुस गर्छन् तर परम्परा अनुसार भरत र माण्डवीको विवाह पहिले हुनुपर्ने हुन्छ। त्यसैले राजा दशरथले भरतको माण्डवीसँग र शत्रुघ्नको श्रुतकीर्तिसँग विवाहको व्यवस्था मिलाउाछन् जसले गर्दा लक्ष्मणले उर्मिलासँग विवाह गर्न सम्भव हुन्छ। अन्ततः, चारै दिदीबहिनीले चार दाजुभाइसँग विवाह गर्छन् जसले दुई राज्यबीचको सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत गर्दछ।[८] विवाह समारोह ऋृषि शतानन्दको मार्गनिर्देशनमा सम्पन्न भएको थियो।[९]
शत्रुघ्न र श्रुतकीर्तिका सुबाहु र शत्रुघाती नामका दुई छोराहरू थिए। सुबाहु मथुराका राजा बन्छन् भने शत्रुघातीले विदिशामा शासन गर्छन्।[१०]
मथुराकी रानी
[सम्पादन गर्नुहोस्]उनका पति शत्रुघ्नले लवणासुरको वध गरी राजधानी कब्जा गरेसँगै श्रुतकीर्ति मधुपरी (मथुरा) की रानी बन्छिन्।[११] शत्रुघ्न हरेक रात उनीकहाँ जान्थे र राज्य सञ्चालनका आफ्ना निर्णयहरूका बारेमा छलफल गर्ने गर्दथे। उनले आफ्नो पतिको सल्लाहकारको रूपमा काम गर्दै उनको सेवामा पूर्ण रूपमा समर्पित हुन्छिन्।[१२][१३]
मृत्यु
[सम्पादन गर्नुहोस्]तुलसीदासको रामचरितमानस को एक कथा अनुसार, श्रुतकीर्ति आफ्नी दिदी माण्डवीका साथमा आफ्ना पतिको समाधि पछि सती गएकी थिइन्। उता, उर्मिला भने आफ्ना छोराहरू अङ्गद र चन्द्रकेतुका साथै सीताका छोराहरू लव र कुशको हेरचाह गर्न अयोध्यामै बस्छिन्।[१४]
मूल्याङ्कन
[सम्पादन गर्नुहोस्]मूल महाकाव्यमा उनको धेरै चर्चा नभए तापनि, श्रुतकीर्ति आफ्नो दूरदर्शिताका लागि परिचित छिन्। उनले आफ्ना दाजुहरूको वनवासको समयमा आफ्ना पतिलाई पूर्ण साथ दिएकी थिइन् र मथुराकी रानीको रूपमा राज्यका मामिलाहरूमा आफ्ना पतिलाई सल्लाह दिने गर्थिन्। कविता काणेका अनुसार, "श्रुतकीर्ति राजमहलमा बसेर आफ्ना पति शत्रुघ्न जस्तै ब्रह्मचर्यको जीवन बिताउँछिन्।"[६]
उपासना
[सम्पादन गर्नुहोस्]तेलङ्गानाको मेडक जिल्लामा 'श्री कल्याण रामचन्द्र सन्निधि' नामक एउटा मन्दिर छ, जुन शत्रुघ्न र श्रुतकीर्तिलाई समर्पित छ। भारतमा रामका भाइहरू र उनीहरूका पत्नीहरूको मूर्ति स्थापना गरिएको यो एक मात्र मन्दिर हो।[१५][१६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Dawar, Sonalini Chaudhry (२००६), Ramayana, the Sacred Epic of Gods and Demons (अङ्ग्रेजीमा), Om Books International, आइएसबिएन 9788187107675।
- ↑ Agarwal, Shubhi (२० अप्रिल २०२२), LakshmiLa : The Eternal Love Story, Om Books International, आइएसबिएन 978-93-92834-21-9।
- ↑ Valmiki Ramayana, English verse translation by Desiraju Hanumanta Rao, K. M. K. Murthy et al.
- ↑ www.wisdomlib.org (२०१५-०९-२१), "Shrutakirti, Śrutakīrti, Śrutakīrtī, Shruta-kirti: 11 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०३।
- ↑ Prakāśa, Veda; Guptā, Praśānta (१९९८), Vālmīkī Rāmāyaṇa (अङ्ग्रेजीमा), Ḍrīmalaiṇḍa Pablikeśansa, आइएसबिएन 978-81-7301-254-9।
- 1 2 "Sita's Sisters: Conversations On Sisterhood Between Women Of Ramayana", Outlook India, अन्तिम पहुँच २६ अक्टोबर २०२३।
- ↑ "Ramayana | Summary, Characters, & Facts", Encyclopedia Britannica (अङ्ग्रेजीमा), मूलबाट १२ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०२-१८।
- ↑ Debroy, Bibek (२००५), The History of Puranas (अङ्ग्रेजीमा), Bharatiya Kala Prakashan, आइएसबिएन 978-81-8090-062-4।
- ↑ Valmiki, The Ramayana, पृ: 126–145।
- ↑ "The Ramayana and Mahabharata: Conclusion", www.sacred-texts.com, अन्तिम पहुँच २०२०-०८-०७।
- ↑ Goldman, Robert P.; Goldman, Sally J. Sutherland (२०२२-०१-१८), The Rāmāyaṇa of Vālmīki: The Complete English Translation (अङ्ग्रेजीमा), Princeton University Press, पृ: 255, आइएसबिएन 978-0-691-20686-8।
- ↑ Deepa Hariharan (२०२१), Princesses Recall - Stories of Grit and Sacrifice of Shanta, Ruma, Shrutakeerti and Urmila Based on the Indian Epic Ramayana, Independently Published, आइएसबिएन 9798528594781।
- ↑ Pargiter, F.E. (1972). Ancient Indian Historical Tradition, Delhi: Motilal Banarsidass, p.170.
- ↑ MacFie, J. M. (१ मे २००४), The Ramayan Of Tulsidas Or The Bible Of Northern India, Kessinger Publishing, आइएसबिएन 978-1-4179-1498-2।
- ↑ "Sri Kalyana Ramachandra Swamy temple: Small wonder on a hillock", Deccan Chronicle, ३ डिसेम्बर २०१७। अभिलेखिकरण ११ अगस्ट २०२३ वेब्याक मेसिन
- ↑ "This unique Rama temple near Hyderabad where Hanuman finds no place", The News Minute (अङ्ग्रेजीमा), १७ अप्रिल २०१६।