सामग्रीमा जानुहोस्

श्रुतिकीर्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्रुतिकीर्ति
श्रुतकीर्ति र शत्रुघ्नको विवाह समारोह
आबद्धलक्ष्मी को चक्रको अवतार
वासस्थानअयोध्या
धर्मग्रन्थहरूरामायणरामायणका अन्य संस्करणहरू
वंशावली
जन्म
मृत्यु
अभिभावकहरूकुशध्वज (पिता)
चन्द्रभागा (माता)
भाइबहिनीहरूसीता (दिदी/भदैनी)
उर्मिला (दिदी)
माण्डवी (दिदी)
जीवनसाथीशत्रुघ्न
सन्तानहरूसुबाहु
शत्रुघाती
वंशविदेह (जन्मद्वारा)
रघुवंश-सूर्यवंश (विवाहद्वारा)

श्रुतकीर्ति हिन्दु महाकाव्य रामायण का अनुसार विदेहकी एक राजकुमारी हुन्। उनी शत्रुघ्नकी पत्नी र देवी लक्ष्मीको चक्रको अवतार मानिन्छिन्।[] श्रुतकीर्ति आफ्नो दूरदर्शिता र समर्पणका लागि परिचित छिन्।[][]

व्युत्पत्ति

[सम्पादन गर्नुहोस्]

श्रुतकीर्ति नाम संस्कृत मूलबाट आएको हो। यसको अर्थ 'प्रख्यात र ख्याति प्राप्त' भन्ने हुन्छ।[]

पौराणिक कथा

[सम्पादन गर्नुहोस्]

श्रुतकीर्तिको जन्म राजा कुशध्वज र उनकी पत्नी चन्द्रभागाकी कान्छी छोरीको रूपमा भएको थियो। उनी माण्डवीकी कान्छी बहिनी हुन्।[] श्रुतकीर्तिलाई लक्ष्मीको सुदर्शन चक्रको अवतार मानिन्छ।[] उनका पिता साङ्काश्यका शासक थिए, तर श्रुतकीर्ति र माण्डवीको पालनपोषण सीताउर्मिलासँगै मिथिलामा भएको थियो।[]

शत्रुघ्न सँगको विवाह

[सम्पादन गर्नुहोस्]

रामले सीताको स्वयंवरमा विजयी भएपछि, उनका पिता राजा दशरथ छोराहरूको विवाहका लागि मिथिला आइपुग्छन्। राजा दशरथले लक्ष्मणको उर्मिलाप्रति स्नेह रहेको कुरा महसुस गर्छन् तर परम्परा अनुसार भरत र माण्डवीको विवाह पहिले हुनुपर्ने हुन्छ। त्यसैले राजा दशरथले भरतको माण्डवीसँग र शत्रुघ्नको श्रुतकीर्तिसँग विवाहको व्यवस्था मिलाउाछन् जसले गर्दा लक्ष्मणले उर्मिलासँग विवाह गर्न सम्भव हुन्छ। अन्ततः, चारै दिदीबहिनीले चार दाजुभाइसँग विवाह गर्छन् जसले दुई राज्यबीचको सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत गर्दछ।[] विवाह समारोह ऋृषि शतानन्दको मार्गनिर्देशनमा सम्पन्न भएको थियो।[]

शत्रुघ्न र श्रुतकीर्तिका सुबाहुशत्रुघाती नामका दुई छोराहरू थिए। सुबाहु मथुराका राजा बन्छन् भने शत्रुघातीले विदिशामा शासन गर्छन्।[१०]

मथुराकी रानी

[सम्पादन गर्नुहोस्]

उनका पति शत्रुघ्नले लवणासुरको वध गरी राजधानी कब्जा गरेसँगै श्रुतकीर्ति मधुपरी (मथुरा) की रानी बन्छिन्।[११] शत्रुघ्न हरेक रात उनीकहाँ जान्थे र राज्य सञ्चालनका आफ्ना निर्णयहरूका बारेमा छलफल गर्ने गर्दथे। उनले आफ्नो पतिको सल्लाहकारको रूपमा काम गर्दै उनको सेवामा पूर्ण रूपमा समर्पित हुन्छिन्।[१२][१३]

तुलसीदासको रामचरितमानस को एक कथा अनुसार, श्रुतकीर्ति आफ्नी दिदी माण्डवीका साथमा आफ्ना पतिको समाधि पछि सती गएकी थिइन्। उता, उर्मिला भने आफ्ना छोराहरू अङ्गदचन्द्रकेतुका साथै सीताका छोराहरू लवकुशको हेरचाह गर्न अयोध्यामै बस्छिन्।[१४]

मूल महाकाव्यमा उनको धेरै चर्चा नभए तापनि, श्रुतकीर्ति आफ्नो दूरदर्शिताका लागि परिचित छिन्। उनले आफ्ना दाजुहरूको वनवासको समयमा आफ्ना पतिलाई पूर्ण साथ दिएकी थिइन् र मथुराकी रानीको रूपमा राज्यका मामिलाहरूमा आफ्ना पतिलाई सल्लाह दिने गर्थिन्। कविता काणेका अनुसार, "श्रुतकीर्ति राजमहलमा बसेर आफ्ना पति शत्रुघ्न जस्तै ब्रह्मचर्यको जीवन बिताउँछिन्।"[]

तेलङ्गानाको मेडक जिल्लामा 'श्री कल्याण रामचन्द्र सन्निधि' नामक एउटा मन्दिर छ, जुन शत्रुघ्न र श्रुतकीर्तिलाई समर्पित छ। भारतमा रामका भाइहरू र उनीहरूका पत्नीहरूको मूर्ति स्थापना गरिएको यो एक मात्र मन्दिर हो।[१५][१६]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Dawar, Sonalini Chaudhry (२००६), Ramayana, the Sacred Epic of Gods and Demons (अङ्ग्रेजीमा), Om Books International, आइएसबिएन 9788187107675
  2. Agarwal, Shubhi (२० अप्रिल २०२२), LakshmiLa : The Eternal Love Story, Om Books International, आइएसबिएन 978-93-92834-21-9
  3. Valmiki Ramayana, English verse translation by Desiraju Hanumanta Rao, K. M. K. Murthy et al.
  4. www.wisdomlib.org (२०१५-०९-२१), "Shrutakirti, Śrutakīrti, Śrutakīrtī, Shruta-kirti: 11 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०३
  5. Prakāśa, Veda; Guptā, Praśānta (१९९८), Vālmīkī Rāmāyaṇa (अङ्ग्रेजीमा), Ḍrīmalaiṇḍa Pablikeśansa, आइएसबिएन 978-81-7301-254-9
  6. 1 2 "Sita's Sisters: Conversations On Sisterhood Between Women Of Ramayana", Outlook India, अन्तिम पहुँच २६ अक्टोबर २०२३
  7. "Ramayana | Summary, Characters, & Facts", Encyclopedia Britannica (अङ्ग्रेजीमा), मूलबाट १२ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०२-१८
  8. Debroy, Bibek (२००५), The History of Puranas (अङ्ग्रेजीमा), Bharatiya Kala Prakashan, आइएसबिएन 978-81-8090-062-4
  9. Valmiki, The Ramayana, पृ: 126–145।
  10. "The Ramayana and Mahabharata: Conclusion", www.sacred-texts.com, अन्तिम पहुँच २०२०-०८-०७
  11. Goldman, Robert P.; Goldman, Sally J. Sutherland (२०२२-०१-१८), The Rāmāyaṇa of Vālmīki: The Complete English Translation (अङ्ग्रेजीमा), Princeton University Press, पृ: 255, आइएसबिएन 978-0-691-20686-8
  12. Deepa Hariharan (२०२१), Princesses Recall - Stories of Grit and Sacrifice of Shanta, Ruma, Shrutakeerti and Urmila Based on the Indian Epic Ramayana, Independently Published, आइएसबिएन 9798528594781
  13. Pargiter, F.E. (1972). Ancient Indian Historical Tradition, Delhi: Motilal Banarsidass, p.170.
  14. MacFie, J. M. (१ मे २००४), The Ramayan Of Tulsidas Or The Bible Of Northern India, Kessinger Publishing, आइएसबिएन 978-1-4179-1498-2
  15. "Sri Kalyana Ramachandra Swamy temple: Small wonder on a hillock", Deccan Chronicle, ३ डिसेम्बर २०१७। अभिलेखिकरण ११ अगस्ट २०२३ वेब्याक मेसिन
  16. "This unique Rama temple near Hyderabad where Hanuman finds no place", The News Minute (अङ्ग्रेजीमा), १७ अप्रिल २०१६।