बृहदारण्यक उपनिषद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बृहदारण्यक उपनिषद महत्त्वपूर्ण उपनिषद हो जसको प्रमुख ऋषि याज्ञवल्क्य हुन्। सामवेदीय तलवकार ब्राह्मण अन्तर्गत वर्णित यो उपनिषद् महत्त्वपूर्ण छ। यसको शैली अत्यन्त क्रमबद्ध र युक्तिपूर्ण छ। यसमा तत्त्वज्ञान र तदुपयोगी कर्म तथा उपासनाहरूको सुन्दर वर्णन छ्। यो अत्यन्त प्राचीन उपनिषद हो यसमा ब्रह्म, माया, ईश्वर, अविद्या, जीव तथा जगत् ब्रह्माण्डको बारेमा विशेष कुराहरू छन् | अतः यो दार्शनिक उपनिषद हो |यस्मा आदि शंकराचार्य द्वारा भाष्य पनि लेखिएको छ । आकारका दृष्टिले यो सबैभन्दा ठुलो उपनिषद् हो । यो शतपथ ब्राह्मणको एक अंश हो । महर्षि याज्ञवल्क्य यस उपनिषद्का तत्त्वज्ञ उपदेष्टा हुन्, यसमा नीतिपरक, ब्रह्मपरक, सृष्टिपरक विषयहरूको विषद विवेचन पाइन्छ । सबै प्राणीका हृदयमा एउटै परमात्माको निवास छ र त्यो अमर एवं अविनाशी छ भन्ने कुरा पनि यसले उद्घोष गरेको छ ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. शर्मा, गोपीकृष्ण (दो.सं.२०५३), संस्कृत साहित्यको रूपरेखा काठमाडौँ : अभिनव प्रकाशन