वराह पुराण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
वराह पुराण  
150px
गीताप्रेस गोरखपुरको आवरण पृष्ठ
लेखक वेदव्यास
देश भारत
भाषा संस्कृत
शृंखला पुराण
विषय विष्णु भक्ति
प्रकार प्रमुख वैष्णव ग्रन्थ
पृष्ठ २३,००० स्लोक

यस पुराणमा भगवान् श्रीहरिको वराह अवतारको मुख्य कथाका साथ अनेक तीर्थ, व्रत, यज्ञ, दान आदिको विस्तृत वर्णन गरिएकोछ। यसमा भगवान् नारायणका पूजन-विधान, शिव-पार्वतीका कथाहरू, वराह क्षेत्रवर्ती आदित्य तीर्थको महिमा, मोक्षदायिनी नदीहरूको उत्पत्ति र माहात्म्य एवं त्रिदेवहरूको महिमा आदि्मा विशेष प्रकाश पारिएकोछ।[१]

विस्तार[सम्पादन गर्ने]

यह पुराण दुइ भागहरूले युक्त छ र सनातन भगवान विष्णुको माहात्मयको सूचक हो। वराह पुराणको श्लोक संख्या चौबीस हजार छ, यसलाई सर्वप्रथम प्राचीन कालमा वेदव्यास जीले लिपिबद्ध गरेकाथिए। [२] यसमा भगवान् श्रीहरिको वराह अवतारको मुख्य कथाको साथमा अनेक तीर्थ, व्रत, यज्ञ-यजन, श्राद्ध-तर्पण, दान र अनुष्ठान आदिको शिक्षाप्रद र आत्मकल्याणकारी वर्णन छ। भगवान् श्रीहरिको महिमा, पूजन-विधान, हिमालयकी पुत्रीको रूपमा गौरीको उत्पत्तिको वर्णन र भगवान शंकरको साथ उनका विवाहको रोचक कथा यसमा विस्तारसित वर्णित छ। यसका अतिरिक्त यसमा वराह-क्षेत्रवर्ती आदित्य-तीर्थको वर्णन, भगवान श्रीकृष्ण र उनका लीलाहरूको प्रभावले मथुरामण्डल र व्रजका समस्त तीर्थको महिमा र तिनको प्रभावको विशद तथा रोचक वर्णन छ।

कथा[२][सम्पादन गर्ने]

वराह अवतार- अलवरमा प्राप्त एक मिनियेचर कलाकृति

वाराह पुराणमा सबभन्दा पहिला पृथ्वी र वाराह भगवानको संवाद छ, तदनन्तर आदि सत्ययुगको वृतांतमा रैम्य्को चरित्र छ,च दुर्जेयको चरित्र र श्राद्ध कल्प का वर्णन छ, तत्पश्चात महातपा्को आख्यान, गौरीको उत्पत्ति, विनायक, नागगण सेनानी (कार्तिकेय) आदित्यगण देवी धनद तथा वृषको आख्यान छ। त्यसपछि सत्यतपाको व्रतको कथा दिइएकोछ, तदनन्तर अगस्ट्य गीता तथा रुद्रगीता बताइएकोछ, महिषासुरको विध्वंसमा ब्रह्मा विष्णु रुद्र तीनको शक्तिको माहात्म्य प्रकट गरिएकोछ, तत्पश्चात पर्वाध्याय श्वेतोपाख्यान गोप्रदानिक इत्यादि सत्ययुग वृतान्त प्रथम भागमा बताइएकोछ, फेरी भगवर्द्धमा व्रत र तीर्थहरूको कथा छ, बत्तीस अपराधको शारीरिक प्रायश्चित बताइएकोछ, प्राय: सबै तिर्थको पृथक पृथक माहात्मयको वर्णन छ, मथुराको महिमा विशेषरूपले दीएकोछ, त्यसपछि श्राद्ध आदिको विधि छ, तदनन्तर ऋषि पुत्रको प्रसँग सहित यमलोक्को वर्णन छ, कर्मविपाक एवं विष्णुव्रत्को निरूपण छ, गोकर्णको पापनाशक माहात्मय्को पनि वर्णन गरिएकोछ, यस प्रकार वाराहपुराण्को यो पूर्वभाग बताइएकोछ, उत्तर भागमा पुलस्त्य र पुरुराजको सम्वादमा विस्तारको साथ सब तीर्थको माहात्मय्को पृथक पृथक वर्णन छ। सम्पूर्ण धर्मको व्याख्या र पुष्कर नामक पुण्य पर्व का पनि वर्णन छ।


स्रोत[सम्पादन गर्ने]

  1. गीताप्रेस डाट काम
  2. २.० २.१ वाराह पुराण,गीताप्रेस गोरखपुर