वामन पुराण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वामन पुराण
चित्र:वामनपुराण.gif
गीताप्रेस गोरखपुरको आवरण पृष्ठ
लेखकवेदव्यास
देशभारत
भाषासंस्कृत
संस्करणपुराण
विषयविष्णु भक्ति
प्रकारहिन्दू धार्मिक ग्रन्थ
पृष्ठ१०,००० श्लोक

वामन पुराणमा मुख्यरूपले भगवान विष्णुको दिव्य माहात्म्यको व्याख्यान छ। विष्णुका वामन अवतारसित सम्बन्धित यो दस हजार श्लोकहरूको पुराण शिवलिंग पूजा, गणेश -स्कन्द आख्यान, शिवपार्वती विवाह आदि विषयहरूले परिपूर्ण छ। यसम भगवान् वामन, नर-नारायण, भगवती दुर्गाका उत्तम चरित्रका साथ भक्त प्रह्लाद तथा श्रीदामा आदि भक्तहरूको कथा छ। यसका अतिरिक्त, शिवजीको लीला-चरित्र, जीवमूत वाहन-आख्यान, दक्ष-यज्ञ-विध्वंस, हरिका कालरूप, कामदेव-दहन, अंधक-वध, लक्ष्मी-चरित्र, प्रेतोपाख्यान, विभिन्न व्रत, स्तोत्र र अन्तमा विष्णुभक्तिका उपदेशहरका साथ यस पुराणको हुन्छ। [१]

विस्तार[सम्पादन गर्नुहोस्]

यस पुराणमा श्लोकहरूको संख्या दस हजार छ, यस पुराणमा पुराणहरूका पांच लक्षणहरू अथवा वर्ण्य-विषय-सर्ग, प्रतिसर्ग, वंश, मन्वन्तर र वंशानुचरितको वर्णन छ। सबै विषयहरूको सानुपातिक उल्लेख गरिएकोछ। बीच-बीचमा अध्यात्म-विवेचन, कलिकर्म र सदाचार आदि माथि पनि प्रकाश पारिएकोछ।

वामन पुराणको संक्षिप्त जानकारी[सम्पादन गर्नुहोस्]

वामनपुराणमा कूर्म कल्पको वृतान्तको वर्णन छ र त्रिवर्णको कथा छ। यो पुराण दुइ भागहरूले युक्त छ र वक्ता श्रोता दुवैको लागि शुभकारक छ, यसमा पहिलो पुराणका विषयमा प्रश्न छ, फेरि ब्रह्माजीको शिरच्छेदको कथा कपाल मोचरको आख्यान र दक्ष यज्ञ विध्वंशको वर्णन छ। यसपछि भगवान हरको कालरूप संज्ञा मदनदहन प्रहलाद नारायण युद्ध देवासुर संग्राम सुकेशी र सूर्यको कथा, काम्यव्रतको वर्णन, श्रीदुर्गा चरित्र तपति चरित्र कुरुक्षेत्र वर्णन अनुपम सत्या माहात्म्य पार्वती जन्मको कथा, तपतिको विवाह गौरी उपाख्यान कुमार चरित अन्धकवधको कथा साध्योपाख्यान जाबालचरित अरजाको अद्भुतकथा अन्धकासुर र शंकरको युद्ध अन्धकलाई गणत्वको प्राप्ति मरुदगणहरूको जन्मको कथा राजा बलिको चरित्र लक्ष्मी चरित्र त्रिबिक्रम चरित्र प्रहलादको तीर्थ यात्रा र उसमा अनेक मंगलमयी कथाहरू धुन्धुको चरित्र प्रेतोपाख्यान नक्षत्र पुरुषको कथा श्रीदामाको चरित्र त्रिबिक्रम चरित्रपछि ब्रह्माजीद्वारा भनिएको उत्तम स्तोत्र तथा प्रहलाद र बलिको संवादको सुतल लोकमा श्रीहरिको प्रशंसाको उल्लेख छ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. गीताप्रेस डाट काम

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]