बृहदारण्यक उपनिषद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(बृहदारण्यकोपनिषद बाट पठाईएको)
Jump to navigation Jump to search

बृहदारण्यक उपनिषद महत्वपूर्ण उपनिषद हो जसको प्रमुख ऋषि याज्ञवल्क्य हुन्। सामवेदीय तलवकार ब्राह्मण अन्तर्गत वर्णित यो उपनिषद् महत्त्वपूर्ण छ। यसको शैली अत्यन्त क्रमबद्ध र युक्तिपूर्ण छ। यसमा तत्त्वज्ञान र तदुपयोगी कर्म तथा उपासनाहरूको सुन्दर वर्णन छ्। यो अत्यन्त प्राचीन उपनिषद हो यस्मा ब्रह्म, माया, ईश्वर, अविद्या, जीव तथा जगत् ब्रह्माण्डको बारेमा विशेष कुराहरू छन् | अतः यो दार्शनिक उपनिषद हो |यस्मा आदि शंकराचार्य द्वारा भाष्य पनि लेखिएको छ । आकारका दृष्टिले यो सबैभन्दा ठुलो उपनिषद् हो । यो शतपथ ब्राह्मणको एक अंश हो । महर्षि याज्ञवल्क्य यस उपनिषद्का तत्त्वज्ञ उपदेष्टा हुन्, यसमा नीतिपरक, ब्रह्मपरक, सृष्टिपरक विषयहरूको विषद विवेचन पाइन्छ । सबै प्राणीका हृदयमा एउटै परमात्माको निवास छ र त्यो अमर एवं अविनाशी छ भन्ने कुरा पनि यसले उद्घोष गरेको छ ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. शर्मा, गोपीकृष्ण (दो.सं.२०५३), संस्कृत साहित्यको रूपरेखा काठमाडौं : अभिनव प्रकाशन