तैत्तिरीयोपनिषद
तैत्तिरीयोपनिषदकृष्ण यजुर्वेद अंतर्गत पर्ने संस्कृत भाषाका दश उपनिषदहरू मध्येको अत्यन्त मह्त्वपूर्ण तथा प्राचीन उपनिषद हो । यसमा आद्य शंकराचार्यको शांकरभाष्य पाइन्छ |ययसलाई ३ भाग शिक्षावल्ली ब्रह्मानंदवल्ली र भृगुवल्लीमा विभक्त गरिएको छ । शिक्षावल्लीमा १२ अनुवाक र २५ मंत्र, ब्रह्मानंदवल्लीमा ९ अनुवाक र १३ मंत्र तथा भृगुवल्लीमा १९ अनुवाक र १५ मंत्र छन ।शिक्षावल्लीलाई सांहिती उपनिषद र ब्रह्मानन्द वल्ली तथा भृगुवल्लीको प्रवर्तक वरुण हुनाले वारुणी उपनिषद पनि भनिन्छ ।
पूर्णविवरण
[सम्पादन गर्नुहोस्]
शिक्षावल्ली
[सम्पादन गर्नुहोस्]बाह्र अनुवाक भएको शिक्षावल्लीको सुरुमा अधिलोक अधिजौतिष, अधिविद्य अधिप्रज र अध्यात्म नाम गरेका पाँच संहिताहरुकको वर्णन छ । त्यसलाई सुन्नेले पाउने फलको पनि वर्णन छ । साधना क्रममा ॐकार, भूः, भुवः स्वः महः आदि व्याहृतिको महत्त्वको वर्णन छ । अन्तमा अध्ययन र अध्यापन गर्नेलाई सदाचारपरक मर्यादा सूत्र र आचार संहिताको निर्दे्न छ ।
वेदमनूच्याचार्योऽन्तेवासिनमनुशास्ति ।
सत्यं वद ।
धर्मं चर ।
स्वाध्यायान्मा प्रमदः ।
आचार्याय प्रियं धनमाहृत्य ।
प्रजानन्तुं मा व्यवच्छेसीः ।
सत्यान्न प्रमदितव्यम् ।
धर्मान्न प्रमदितव्यम् ।
कुशलान्न प्रमदितव्यम् ।
भूत्यै न प्रमदितव्यम् ।
स्वाध्यायप्रवचनाभ्यां न प्रमदितव्यम् ।।
आचार्यले चाहेको धन ल्याउनु
सन्तान परंपरालाई नछोड्नु ।
सत्य कुरामा प्रमाद नगर्नु ।
धर्ममा प्रमाद नगर्नु ।
सिप सिक्न अल्छि नगर्नु ।
सुमार्गबाट धन कमाउन लापरवाही नगर्नु ।
स्वाध्ययन र प्रवचन बेवास्ता नगर्नु ।
देवपितृकार्याभ्यां न प्रमदितव्यम् ।
मातृदेवो भव ।
पितृदेवो भव ।
आचार्यदेवो भव ।
अतिथिदेवो भव ।
यान्यनवद्यानि कर्माणि तानि सेवितव्यानि । नो इतराणि । यान्यस्माकं सुचरितानि । तानि त्वयोपास्यानि ।।
दोषरहित (अनवद्य) कर्महरू सेवन गर्नु, (अवद्य = जुन वर्णन गर्न सकिँदैन, प्रशंसा योग्य छैन।) अरु होइन । सुचरित– असल आचरणको मात्र उपासना (प्रशंसा र अनुसरण) गर्नु । (आचरणमा विवेक राख्नु पर्छ त्यसै अनुकरण नगर्नु ।)
यदि तिमीलाई कर्म र आचरणको सम्बन्धमा कुनै प्रकारको सन्देह हुन्छ भने विचारशील, परामर्शकुशल, आचरण निष्ठ, निर्मल बुद्धि, धर्माभिलाषी ब्राह्मणसँग सल्लाह लिनु पर्छ । उनले जुन व्यवहारको निर्देश गर्छन् त्यो व्यवहार गर्नु पर्छ । यही आदेश हो, यही उपदेश हो । यही वेदको आज्ञा हो । यही ईश्वरको अनुशासन हो । यिनै सिद्धान्तको उपासना गर्नु । यही उपास्य हो ।
ब्रह्मानन्दवल्ली
[सम्पादन गर्नुहोस्]नौ अनुवाक भएको ब्रह्मानन्द वल्लीमा हृदयको गुफा भित्र स्थित परमेश्वरलाई किन जान्नु पर्छ सो कुरा वर्णन छ । यसमा अन्न्मय कोष, प्राणमय कोष, मनोम, विज्ञानमय र आनन्दमय कोष को वाणर््न छ । परमात्माको आनन्दमय स्वरुप बुझनेहरुको अवस्थाको वर्णन छ ।
भृगुवल्ली
[सम्पादन गर्नुहोस्]दस अनुवाक भाएको भृगुवल्लीमा भृगुमा ब्रह्म विषयक जिज्ञासाको समाधान उनका पिता वरुणले गरका छन् । उनले क्रमशःअन्न, प्राण, मन, विज्ञान र आनन्दलाई ब्रहमरुपमा अनुभव गरेको कुार बताएका छन् । वरुणले अन्नको दुरुपयोग नगरेर उसको सुनियोजनको विज्ञान सिकाएका छन् ।