छान्दोग्य उपनिषद्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सामवेदको कौथुम संहिताकौ ब्राह्मण ग्रन्थका अन्तिम आठ अध्यायहरूको नाम छान्दोग्योपनिषद् हो । कौथुम ब्राह्मणको अन्तिम दश अध्यायलाई छान्दोग्य ब्राह्मण पनि भनिन्छ । प्रस्तुत उपनिषदमा अनेक विद्या, ओंकार, ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ, आदिका साथै गायत्री उपासना, अध्यात्म शिक्षा, सृष्टि, ब्रह्मोपासना जस्ता विषयहरूको विषद वर्णन पाइन्छ ।
यो पुरानो उपनिषद्मध्ये एक हो ।
आठ अध्याय छन्- पहिलोमा १३, दोस्रोमा २४,तेस्रोमा १८, चौथोमा १७, पाँचौंमा २४,छैठौंमा १६, सातौंमा २६ र आठौंमा १५ खण्ड छन् । प्रत्येक खण्डमा विभिन्न संख्यामा मन्त्रहरु छन् । अन्तिम खण्डमा भने एउटा मात्र मन्त्र छ । प्रस्तुत उपनिषदमा अनेक विद्या, ओंकार, ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ, आदिका साथै गायत्री उपासना, अध्यात्म शिक्षा, सृष्टि, ब्रह्मोपासना जस्ता विषयहरूको विषद वर्णन पाइन्छ । छन्दको अर्थ हो ढाक्नु । सत्य जुन अक्षर, पद, र स्वरले ढाकिएको छ, त्यो साहित्यिक छन्दका अंग नै हुन् । जस्तै उद्गीथ ॐ एउटा छन्द हो ।

शान्ति मन्त्र[सम्पादन गर्नुहोस्]


ॐ आप्यायन्तु ममांगानि वाक् प्राणुश्चक्षुः श्रोत्रमथो बलमिन्द्रियाणां च सर्वाणि सर्वं ब्रह्मौपनिषदं माहं ब्रहम निराकुर्यां मा मा ब्रह्म निराकारोदनिराकरणमस्त्वनिराकरणं मे अस्तु तदात्मनि निरते य उपनिषत्सु धर्मास्ते मयि सन्तु ते मयि सन्तु ।। ॐ शान्तिः शान्तिः शान्तिः।।

अध्याय एक र दुई[सम्पादन गर्नुहोस्]


प्रथम अध्यायमा ऋचा, साम आदिको सार रुप ॐकारका व्याख्या गरिएको छ । ॐलाई साँसमा मात्र नराखेर मुख्य प्राणको स्पन्दनबाट जोड्ने रहस्य बताइएको छ । यसमा १३ खण्डहरु छन् । ॐको उद्गाताले यज्ञमा उच्चारण गर्छ । यस ॐ बाट नै सामगान सुरु हुन्छ । सोही उद्गीतको यहाँ व्याख्या गरिन्छ ।
एषां भूतानां पृथिवी रसः पृथिव्या आपो रसो पामोषधयो रस ओषधीनां पुरुषो रसः पुरुषस्य वाग्रसो वाच ऋग्रस ऋचः साम रसः । उद्गीथो रसः ।।२।।
सम्पूर्ण प्राणी (पदार्थ) को सार पृथ्वी हो । पृथ्वीको सार जल हो । जलको सार औषधि (अन्न) । अन्नको सार मानिस । मानिसको सार वाक् । वाणीको सार साम । सामको सार उद्गीथ ॐ ।
ॐकार सबै रसहरुमा सर्वोत्तम रस हो । यो परमात्माको प्रतिक हो ।
अंगिरा ऋषिले प्राणको रुपमा ॐकारको उपासना गरेका थिए । त्यसैले प्राणलाई आंगिरस पनि भनिन्छ किनभने यो सबै अंगहरुको रस वा शक्ति हो । बृहस्पतिले पनि प्राणको रुपमा ॐकार उपासना गरे। त् वाणीलाई बृहती भनिन्छ । त्यसको स्वामी भएकोले प्राणलाई बृहस्पति पनि भनिन्छ । आयस्य ऋषि दल्भ ऋषिले पनि प्राणको रुपमा उद्गीथको उपासना गरेका थिए । यो प्रणव नै उद्गीथ हो । कौषीतिकी ऋषिले आदित्यलाई लक्ष्य गरेर ॐकारको गायन गरे र आफ्ना पुत्रलाइ पनि सोही गाउन गर्न भने ।
शिलक शालावत्यको प्रश्न– साम (संगीत) को आधार के हो ?
दाल्भ्य– स्वर
प्रश्न– स्वरको गतिको आधार के हो ?
उत्तर– प्राण
प्र. प्राणको गतिको आधार के हो ?
उ. अन्न
प्र. अन्नको गतिको आधार के हो ?
उ. जल ।
प्र. जलको गति के हो ?
उ. स्वर्ग
प्र. त्यसको आश्रय के हो ?
उ. सामलाई स्वर्गका अतिक्रमण गरेर अन्यत्र राख्न सकिन्न । साम नैस्वर्ग हो ।
संसारमा जे जति श्रेष्ठ छ त्यो साम संगीतमय हो । त्यो सा मभनेको उद्गीथ भन्ने व्याख्या गरिएको छ े । पृथ्वीलाई सा र अग्निलाई अम भनिन्छ । यी दुवैलाई मिसाउँदा साम भनिन्छ । अन्तक्षिलाई सा र पायुलाई अम भनिन्छ । यी दुवैलाई मिसाउँदा साम बन्छ । आकाश सा र आदित्य अम हो दुवैलाई मिसाउँदा साम बन्छ । द्वितीय अध्यायमा साम (संगीत) लाई साधुता श्रेष्ठतासँग जोड्दै विभिन्न प्रकारका उपासनाहरुको वर्णन छ ।

अध्याय तीन[सम्पादन गर्नुहोस्]


अध्याय तीनमा आदित्यलाई देवताहरुको मधु भन्दै उसका विभिन्न दिशाहरुबाट भिन्न भिन्न अमृत कसरी प्राप्त हुन्छ सो को वर्णन गरिएको छ । यस मधुविद्याको अध्ययन कसले गर्न पाउँछ, त्यसको वर्णन छ । गायत्रीको सर्वरुपता सिद्ध गर्दै आदित्यलाई ब्रह्मरुपमा उपाना गर्ने निर्देशन छ ।
मनको ब्रह्म रुपमा उपासना गर्नु पर्छ । आकाश ब्रहम रुप छ भनेर उपासना गर्नु पर्छ । वाणीलाई ब्रह्म रुपमा उपासना गर्नु पर्छ । चक्षुको मनोमय ब्रह्मको रुपमा उपासना गर्नु पर्छ ।
यस अध्यायको खण्ड १४ मा सर्व खल्विदं ब्रह्रम मन्त्रको प्रतिपादन गरिएको छ । यसका चार मन्त्रलाई शाण्डिल्य विद्या भनिन्छ ।
अध्याय ३ खण्ड १७ मा आंगिरसले भगवान् कृष्णले उपदेश दिएको वर्णन छ । जुन सुनेर कृष्ण उपाना मुक्त भए भनिएको छ । उनले उपदे दिँदै भनेका छन्– मृत्युको समयमा तीन कुरा ध्यानमा राख्नु पर्छ– १.तिमी अक्षय अनश्वर स्वरुप छौ । २. अच्युत छौ । ३. सूक्ष्म प्राणरुप छौ ।
यो सुन पछि भगवान् कृष्णलाई सबै कुराको ज्ञान भयो ।

अध्याय चार[सम्पादन गर्नुहोस्]

चतुर्थ अध्यायमा रैक्व ज्ञानीको कथा र सत्यकाम जबालालाई गोरु, अग्नि, हंस र मद्गुद्वारा ब्रह्मको बोध गराइएको वर्णन छ । जनश्रुत राजाको नाति बडो दानी थिए । गरिबका लागि अन्न पकाउने, धर्मशाला बनाउने, दान गर्ने । एक राति दुई हाँस उड्दै थिए ।
पहिलो हाँस– अलि विस्तारै उड् । राजा माथि तिम्रो छायाँ पर्यो भने तिमी भस्म हुने छौ । राजाको तेज तीन लोकमा फैलिएको छ ।
दोस्रो– हो र ? तर महत्त्वाकांक्षी छन् । गाडाछेउको रैक्व जस्ता भए पो ।
राजाले कुरा सुने । भोलि आफ्ना सेवकलाई त्यस गाडा वाला रैक्व कहाँ लैजान भने ।
टाढा टाढा खोजियो तर उनी राजाको दरबार नजिकै शरिर कन्याउँदै बसेका भेटिए । धन, राज्य, पुत्री दिँदा पनि उनले अस्वीकार गरे । राजाले जिज्ञासा प्रकट गरे । राजालाई आत्म ज्ञान दिए ।

सत्यकाम जबाला (जाबाला)[सम्पादन गर्नुहोस्]

जबाला नाम गरेकी एक निर्धन दासी थिइन् । दासी अर्थात् सेविका । जबाला निर्धन र सेविा भए पनि अत्यन्त कर्तव्यपरायण थिई । उसको छोरो थियो सत्यकाम । आमाको चरित्रबाट उसले सत्यको कामना मात्र गथ्र्यो । त्यसैले उसको नाम भयो सत्यकाम ।
किशोर भए पछि उसले भन्यो- आमा म ब्रह्मचारी भएर गुरुकुलमा पढ्न जान्छु । त्यहाँ मेरो नाम गोत्र सोधिने छ । भन्नुस् मेरो गोत्र के हो ? गोत्र अर्थात् पिताको नाम ।
जबाला- म दासी हूँ । अनेक घरमा कमलरीको काम गरें । यस्तै बेलामा तिम्रो जन्म भयो । कुन गोत्र हो ? भन्न सक्दिनँ । गुरुले साधेध्नु भयो भने भन्नु मेरो नाम सत्यकाम जबाला हो ।
- जबाला भनेको के हो भनेर सोध्यो भने मेरी आमाको नाम नैमेरो गोत्र हो भन्नु । र यो सबै सुनाइदिनु ।
सत्यकाम हारित द्रुम गौतमकहाँ पुगे । आचार्य मैले ब्रह्मचर्यपूर्वक गुरुकुलमा बसेर शिक्षा ग्रह्ण गर्न चाहन्छु ।
गौतम- तिम्रो नाम र गोत्र के हो ?
- सत्यकाम जबाला । जबाला मेरी आमाको नाम हो । मेरी आमाले भन्नु हुन्थ्यो दासीको रुपमा काम गर्दा मेरो जन्म भयो । मेरा पिता मरे । आमाले उनको नाम गोत्र सोध्न छुट्यो । आमाले भन्नु भएको थियो यही कुरा भनिदिनु ।

गौतमले सत्य बोलेकोमा उसको प्रशंसा गरे । उपनयन संस्कार गर्दै उसलाई ४०० गाई दिएर गोठमा बस्न भने । एक हजार गाई पुगे पछि आश्रममा आउनु ।
एक हजार गाईभए पछि एउटा गोरुले भन्यो सत्यकाम हामीएक हजार भयौं । गुरु आश्रम जाउँ । के मैले तिमीलाई ब्रह्मका एक पाउको उपदेश दिउँ ।
सत्यकाम- हुन्छ ।
गोरुले उसलाई ब्रह्मको प्रकाशमान स्वरुपका बारेमा बतायो । र भन्यो- अर्को पाउको उपदेश अग्निल दिने छ ।
सत्यकाम गाई लिएर आचार्यका आश्रम तिर हिंड्यो । जहाँ साँझ परयो गाईहरु बसालेर उसले आगो बालेर अग्निको पश्चिममा पूर्वतर्फ मुख गरेर बस्यो ।
अग्निदेव प्रकट भए- सत्यकाम के मैले तिमीलाई ब्रहमको दोस्रो पाउको उपदेश गरुँ ?
सत्यकाम- हस् देव ।
अग्निले दोस्रो पाउ अनन्त स्वरुपको व्याख्या गरे अनि भने- अब तेस्रो पाउ हाँसले बताउने छ ।
भोलि सत्यकाम गाई लिएर हिंड्या े । साँझ पर्ना साथ गाई बसालेर आगो बालेर आफू पश्चिम र मुख पूर्व गरेर बस्यो ।
हाँस अग्निको नजिक आएर भन्यो – सत्यकाम तिमीलाई ब्रह्मको उपदेश गरुँ ।
सत्यकाम- हस् ।
हाँसले अग्नि, सूर्य, चन्द्रमा र विद्युतको ज्योतिष्मान् कलाहरुको व्याख्या गरे । ब्रह्मको चौथो पाउ तिमीलाई मद्गु (?) पक्षीले दिने छ ।
भोलि पल्ट साँझ समिधा धान गरेपछि एउटा मद्गु आयो- सत्यकाम तिमीलाई ब्रह्मको चौथो पाउका बारेमा बताउँ ?
सत्यकाम- हस् भगवन् ।
मद्गु– प्राण, चक्षु, श्रोत्र र ब्रह्मको चौथो पाउ हो । (तिमी आफू ब्रह्म स्वरुप हो)
सत्यकाम- गुरुकुलपुग्दा आचार्यले स्वागत गरे– सत्यकाम तिम्रो अनुहारमा ब्रह्मको तेज देखिएको छ । ब्रह्म ज्ञान बिना यो तेज प्राप्त हुन सक्दैन ।
सत्यकाम– मलाई कुनै मानिसले अलिेसम्म उपदेश दिएको छैन । आचार्य हजुरले नै उपदेश दिनुहोस् ।
गौतम- आचार्यको मुखबाट निस्केको विद्या नै उपयुक्त र सार्थक हुन्छ । यति भनर उनले ब्रह्मको सम्पूर्ण उपदेश दिए ।
उनी पछि सत्यकाम गुरुकुलको प्रमुख आचार्य बने । उनले उपकोसल आदि प्रमुख शिष्यहरुलाई ब्रह्मको उपदेश दिए ।

अध्याय पाँच[सम्पादन गर्नुहोस्]

एक पटक इन्द्रियहरु भित्र रहेका प्राणहरुले आआफ्नो श्रेष्ठता प्रमाणित गर्नका लागि झगडा गर्न थाले । उनीहरु प्रजापिता कहाँ पुगे । तिमीहरुमध्ये जुन तत्त्व निस्के पछि इन्द्रिय जीवित रहँदा पनि प्राणहीन र निकृष्ट हुन पुग्छ त्यो नै श्रेष्ठ हो ।
यो सुनेर वाक् इन्द्रिय शरीर बाहिर निस्क्यो । एक वर्षसम्म शरीरभन्दा बाहिर बस्यो ।
एक वर्ष पछि आएर सोध्यो– म नभए पनि तिमी कसरी बाँच्यौ ?
इन्द्रियहरुले भने– जसरी लाटो मानिस नबोले पनि साँस फेर्छ, आँखाले हेर्छ, कानले सुन्छ, मनले चिन्तन गर्दै जीवन यापन गर्छ ।
यो सुनेर निराश वागिन्द्रियले शरीरमा फेरि प्रवेश गर्यो ।
यसै गरी चक्षुले शरीर बाहिर प्रवास गर्यो । फर्केर सोध्यो– म न भए पनि शरीर कसरी बाँच्यो ?
अन्य इन्द्रियले भने– जसरी नेत्रहीनले नदेख्दा पनि साँस फेर्छन्, वाणीले बोल्छन्, कानले सुन्छन् , मनले चिन्तन गर्छन् । त्यसै गरी हामी जीवित रह्यौं । अन्तमा मनले प्रवास गर्यो ।
सोध्यो – कसरी बाँच्यो ?
इन्द्रिय– जसरी साना बालक अविकसित मन भइकन पनि बाच्छन् सोही तरिकाले ।
अन्तमा प्राण बाहिर निस्कन उद्यत भयो । घोडाले कीलो उखेल्दा जस्ता शरीर तडफडाए पछि सबै इन्द्रियले निवेदन गरे– हे प्राण, तपाईं आफ्नै स्थानमा रहनु होस् ।तपाईं नै श्रेठ हुनुहुन्छ ।

अध्याय पाँच[सम्पादन गर्नुहोस्]

पाञ्चाल नरेश राजा अश्वपतिले ऋषि आरुणि र श्वेतकेतुलाई अग्नि विद्याको उपदेश गरेका छन् । उनले भनेका छन् यस अग्निविद्यामा सधैं क्षत्रियको अधिकार छ । आरुणि र श्वेतकेतु ऋषिले अग्नि विद्या सिकाइदिन पाञ्चाल नरेशलाई अनुरोध गर्छन् । नरेश– यो अग्नि विद्या सदा दखि नै क्षत्रियहरुको अधिकारमा रहेको छ । तिमीहरु सिक्न आएका छौ । राम्रो भयो । उपमन्यु आदि ऋषिले आत्मा र ब्रह्मको ज्ञान प्राप्त गर्न आरुणिले उनीहरुलाई लिएर केकयदेशका राजा अश्वपति कहाँ त्यो विद्या सिक्न लैजान्छन् । दरबारमा अनेक ऋषिगण उपस्थित हुन्छन् । अनि अश्वपतिले घोषणा गर्छन्– न मे स्तेनो जनपदे । न कदर्यो न मद्यपः । नानाहिताग्निर्नाविद्वान् न स्वैरी स्वैरिणी कुतः। छान्दोग्योपनिषद्, ५.११.५ मेरो राज्यमा हत्या–हिंसा छैन, चोर डाकु कोही छैन, कृपण छैन, रक्सीबाज छैन, अग्निहोत्र नगर्ने छैन, अज्ञानी छैन, व्याभिचारी छैन, वेश्या नारी छैन । यो घोषणा यजुर्वेदको मन्त्र योगक्षेममा आधारित छ । मन्त्र यस प्रकार छ– आब्रह्मन् ब्राह्मणो ब्रह्मवर्चसी जायतामाराष्ट्रे राजन्यः शूरक्इषव्योक्तिव्याधी महारथो जायताम् । दोग्ध्री धेनुर्वोढानङ्वानाशुः सप्तिःपुरन्धिर्योषा जिष्णू रथेष्ठाः सभेयो युवास्य यजमानस्य वीरो जायताम् । निकामे निकामे नः पर्जन्यो वर्षतु फलवत्यो नक्ओषधयः पच्यन्ताम् । योगक्षेमो नः कल्पताम् । यजु.२२.२२

अध्याय छ[सम्पादन गर्नुहोस्]

उद्दालकले ब्रह्मचर्यआश्रमको महत्त्व प्रतिपादन गर्दै १२ वर्षका पुत्रलाई गुरुकहाँ शिक्षा लिन पठाए । श्वेतकेतुले गुरु आश्रममा वेद वेदांग सबैको अध्ययन गरेर घर फर्किए । उनमा ज्ञानको अहंकार पनि आएको थियो ।
उद्दालकले सोधे– श्वेतकेतु, के तिम्रो अध्ययन पूरा भयो ।
श्वेतकेतुले आफूले पढेका सबै विषयको विस्तार लगाए ।
उद्दालकले सोधे– त्यो कुन ज्ञान हो जसलाई जाने पछि नसुनेको कुरा सुन जस्तो हुन्छ । तर्क गर्न नजान्ने पनि तर्कगर्न सिपालु हुन्छ । रहस्यका कुरा जानकारीमा आउँछन् । के यस्तो उपदेश आचार्यले तिमीलाई दिनु भयो ?
श्वेतकेतुले अनभिज्ञता जाहेर गर्यो– भगवन्, त्यो कस्तो उपदेश हो ?
यस पछि उद्दालकले श्वेतकेतुलाई अनेक उदाहरण दिएर ब्रह्मको बारेमा बुझाउने प्रयास गर्छन् । जसरी माटाका अनेक भाँडा हुन्छन् तर सबै माटोले बनेका हुन् भन्ने बोध हुना साथ अनेक नाम वाणीको विकार हो भन्ने बुझिन्छ । जसरी सुनका अनेक गहना भित्र सुन छ भन्नेले गहनाको अनेकता देख्दैन । फलामका अनेक उपकरण भित्र फलाम जान्नेले अनेक कुरा जान्नु पर्दैन । त्यही त्यो ज्ञान ।
श्वेतकेतु– त्यो ज्ञान त मैले जानिन ।
उद्दालक– सुरुमा केवल सत् मात्र थियो ? असत् थिएन, त्यसैले यसलाई केवल असत् थियो पनि भन्छन् । त्यस सत्ले के संकल्प गर्यो मेरा अनेम रुप भइ जाउन् । यो संकल्प गर्ना साथ तेजको उत्पत्ति भयो । तेजले पनि त्यस्तै संकल्प गर्यो अनि जलको उत्पत्ति भयो । जलले पनि संकल्प गर्यो अनि पृथ्वी उत्पत्ति भयो ।
यस पछि अण्डज, जरायुज, र उद्भिज्ज प्राणीको उत्पत्ति भयो ।
पृथ्वी तत्त्व अन्न मनको रुपमा, प्राण जलको रुपमा, र वाणी तेजको रुपमा स्थित छ ।
श्वेतकेतुले अझै पनि बुझ्दैनन् । अनि उद्दालकले भन्छन्– मानिस १६ कलायुक्त हुन्छ । तिमी १५ दिन केवल जल खाएर बिताउ । प्राण जल रुप भएकाले प्राणको नाश हुने छैन ।
पन्ध््र दिन अन्न नखाइ श्वेतकेतु बस्यो र १६ औं दिनमा सोध्यो– अब क गरुँ ?
उद्दालक– ऋक्, यजु र सामका मन्त्र उच्चारण गर ।
श्वेतकेतु– सकिन ।
उद्दालक– सोह्र कलाम तिमीसँग एउटै कलामात्र बाँकी छ । जाउ पहिला खाना खाउ ।
श्वेतकेतु खाना खाएर फेरि पिताको नजिक गयो । पिताले जे जे प्रश्न गरे। सबैको उत्तर दियो ।
उद्दालक– जसरी अन्न, जल र तेज जीवनको आधार हो । मृत्युको समयमा पुरुषको वाणी मनमा लीन ुन्छ, मन प्राणमा विलीन हुन्छ । प्राण तेजमा तेज परदेवता (सर्वोच्च देवता) मा मिसिन्छ ।
श्वेतकेतु– अझै बुझिन ?
उद्दालक– जसरी पूर्व पश्चिममा बग्ने नदीहरु आआफ्नै बाटोमा हिंड्छन् । उनीहरुसमुद्रबाटै निस्कन्छन् र समुद्रमा मिसिन्छन् । समुद्रमा मिसिएपछि उनीहरुदे बिर्सन्छन् म कुन नदी हूँ । त्यसै गरी प्राणीहरु पनि सत्बाट उत्पन्न हुन्छन् । तर बाघ, भालु, सुंगुर, किरा फट्याङ्ग्रा, लामखुट्टे हुन्छन् र अन्तमा पुनः आफ्नो मूलरुपमा नै विलीन हुन्छन् । त्यसैको ज्ञान जनेपछि अरु जान्नु पर्दैन ।
श्वेतकेतुलाई फेरि बुझउँदै भने– त्यो ब्रह्म (सत्य) तिमी नै हौ– तत्त्वमसि । ... जसरी नुनिलो पानीमा नुन सर्वत्र छ त्यसै गरी त्यो सत्य सर्वत्र छ । आँखामा पट्टी बाँधेर कसैलाई गान्धार देशबाट कुनै निर्जन वनमा लगेर छोड्ने हो भने त्यसले जंगलमा चारै तिर भौतारिएर मूल स्थानका लागि रुन्छ । यस्तोमा कुनै जान्ने बुद्धिमान मान्छेले आँखाको पट्टी खोलिदिएर अमुक दिशामा गान्धर छ जाउ भन्यो भने मूल स्थान अर्थात् गान्धार प्राप्त गर्न सकिन्छ ।
यसरी उद्दालकले १५ भन्दा बढी उदाहरण दिएर उसलाई आत्माको स्वरुप बुझाउने प्रया गर्छन् । अन्तमा भन्छन्– सत्लाई प्राप्त गर्नेले पुनर्जन्म प्राप्त गर्दैन । यो समस्त विश्व सत् स्वरुप छ । हे श्वेत केतु, यो तिमीनै हो । अन्तमा श्वेतकेतुले भन्छ– भगवन्, मैले बुझैं ।

अध्याय सात[सम्पादन गर्नुहोस्]

नारदले सनत्कुमारलाई उपदेशका लागि अनुरोध गर्छन् ।
सनत्कुमारले उनले जानेका विषयबारे सोध्छन् । नारदले अनेक विषयको ज्ञान रहेको बताउँछन् जस्तै ऋगवेद, सामवेद, यजु, अथर्ववेद, इतिहास, पुराण, व्याकरण, श्राद्धकल्प, गणित, उत्पात विज्ञान, नीतिशास्त्र, निधिज्ञान, तर्कशास्त्र, निरुक्त, वेदविज्ञान, भूतविद्या, धनुर्वेद, ज्योतिष, सर्पविद्या, संगीत शिल्प ।
सनत्कुमार, सबै विषयको ज्ञानभन्दा वाणी श्रेष्ठ छ । वाणीभन्दा मन, मनभन्दा संकल्प, संकल्पभन्दा चित्त श्रेष्ठ छ । सबैभन्दा श्रेष्ठ ध्यान हो ।
ध्यानभन्दा श्रेष्ठ विज्ञान, विज्ञानभन्दा श्रेष्ठ बल, बलभन्दा श्रेष्ठ अन्न, अन्नभन्दा श्रेष्ठ जल, जलभन्दा श्रेष्ठ तेज, तेजभन्दा श्रेष्ठ आकाश, आकाशभन्दा स्मृति, स्मृतिभन्दा श्रेष्ठ आशा, आशाभन्दा प्राण श्रेष्ठ हुन्छ ।

=अध्याय आठ[सम्पादन गर्नुहोस्]

जो आत्मा पापशून्य, जरारहित, मृत्युरहित, शोरहित, क्षुधापिपासारहित, सत्यकाम र सत्यसंकल्प छ, त्यसको खोजी गरिनुपर्छ, त्यसलाई विशेषरुपले जान्ने इच्छा राख्नपर्छ । जो त्यसआत्मालाई शास्त्र र गुरुको उपदेशानुसार जान्दछ, त्यो सम्पूर्ण लोक र समस्त कामनाहरुलाई प्राप्त गर्दछ, यस्तो प्रजापतिले भन्छन् । (छान्दोग्य ८.७.१)
प्रजापतिको यो वक्तव्य इन्द्र र विरोचन दुबैले सुनेपछि हामी आत्मालाई जान्न चाहन्छौं, उनीहरु त्यहां ३२ वर्षसम्म ब्रह्मचर्यमा बसेपछि प्रसन्न भै प्रजापतिले प्रश्न गर्छन्, तिमीहरु कुन इच्छाले आयौ?
उनीहरुले भने– पापरहित, शोकरहित, मृत्युहीन आत्मालाई जान्ने व्यक्तिले समस्त लोक एवं समस्त भोगहरु प्राप्त गर्छन् भन्ने तपाईको बचन सुनेर त्यही आत्मालाई जान्न आएका हौं ।
प्रजापति– यो जो पुरुष नेत्रमा देखिन्छ, यो आत्मा हो, जो अमृत हो, अभय छ, यो ब्रह्म हो ।
उनीहरुले प्रश्न गरे– प्रभु, यो जो जलमा प्रतीत हुन्छ र जो दर्पणमा देखिन्छ, तिनमध्ये आत्मा कुनचाहिं हो? प्रजापतिले भन्छ, जुन नेत्रअन्तर्गत पुरुषको मैले वर्णन गरें, त्यही यी सबैतिर प्रतीत हुन्छ । तिमीहरुले जलको प्रतिविम्वमा आफूलाई देखेर आत्माको विषयमा जे जान्न सकेनौ त्यो मलाई भन, प्रजापतिले भन्छन् र सोध्छन्, तिमीहरुले त्यहां के देख्यौ? तब तिनीहरुले भन्छन्– हामीले समस्त आत्मालाई रौंदेखि नड.सम्म जस्ताको त्यस्तै देख्यौं अर्थात् उनीहरुले शरीरलाई नै आत्मा भनी जाने भन्ने दोष यहां देखाइन्छ ।
प्रजापति– तिमीहरु राम्रो वस्त्र र अलंकारले विभूषित भएर आउ र फेरि जलमा हेर के देख्छौ भन? उनीहरुले सुन्दर वस्त्र अलंकारले विभूषित भै जलमा हेरेर भन्छन्, हामी दुबैले सुन्दर वस्त्र र अलंकार धारण गरेर जलमा हेर्दा त्यस्तै सुन्दर देख्यौं । प्रजापतिले भन्छन्, त्यो आत्मा हो, यो अमृत हो, यो अभय छ र यो ब्रह्म हो । त्यति सुनेर दुबैजना शान्त चित्त लिएर फर्कन्छन् । उनीहरु टाढा गएको देखेर प्रजापतिले भन्छन्, देव र असुर दुबै आत्मालाई उपलब्ध नगरिकनै जांदैछन् । उता विरोचन असुरहरुको माझ पुग्छ र भन्छन्, मैले आत्मालाई देखें । त्यही पूजनीय छ र त्यसलाई जान्नेले इहलोक र परलोक दुबै भोग प्राप्त गर्छ ।
त्यसैले लोकमा जो दान आदि दिंदैन, श्रध्दा राख्दैन र यजन गर्दैन त्यस्तालाई असुर भनिन्छ । तिनीहरु नै मृत शरीरमा गन्ध, पुष्प, अन्न आदि, वस्त्र र अलंकारव्दारा सुसज्जित गरेर हामी परलोक प्राप्त गर्छौं भन्ने ठान्छन् । तर उता इन्द्र देवताहरुकहां नपुगिकनै वीचैबाट प्रजापतिकहां फर्कन्छ । उसलाई शंका हुन्छ कि यदि सुन्दर वस्त्र र अलंकारले विभुषित भएर आत्मा पनि सुन्दर र अलंकृत हुने भए पुरुष अन्धो भएमा वा देह थकित भएमा वा नाश भएमा आत्मा पनि त्यसैगरी खण्डित र नष्ट हुनेभयो । उसले प्रजापतिसामू आफ्नो शंका राख्दै भन्छन्, तब त आत्मा पनि नाशवान् भयो नि, म यसमा कुनै उपलब्धि देख्दिन । प्रजापतिले भन्छन्, यो त्यस्तै हो, तिमीलाई म यसको पुनः व्याख्या गर्छु । अब तिमी ३२ वर्ष यहीं निवास गर्नु । इन्द्रले त्यसै गर्छन् । जो स्वप्नमा पूजित भएर विचरण गर्छ, त्यो आत्मा हो, यो अमृत हो, अभय छ र यही ब्रह्म हो, प्रजापतिले पुनः भन्छन् । त्यो सुनेर इन्द्र पुनः शान्त चित्त भै त्यहांबाट फर्कन्छ तर उसलाई पुनः आफ्नो ज्ञान पूर्ण नभए झैं शंका लाग्छ र देवताहरुकहां नपुग्दै ऊ फेरि फर्कन्छन् र ३२ वर्ष ब्रह्मचर्यमा बसी ज्ञान लिन्छन् । मनको शंका मेटाउन उनी तेस्रो पल्ट फर्केर थप ५ वर्ष त्यहां बिताउंछन् अर्थात् उसले कुल १०१ वर्ष प्रजापति कहां ब्रह्मचर्यमा बिताउंछन् ।
यसरी सम्पूर्ण ज्ञान हासिल नभएसम्म इन्द्र सन्तुष्ट हुंदैनन् । अन्त्यमा प्रजापतिले उसलाई ज्ञान दिंदै सम्झाउंछ । यो शरीर मरणशील छ मृत्युले ग्रस्त छ, जो यस अमृत अशरिरी आत्माको अधिष्ठानमात्र हो । जो त्यस आत्मालाई शास्त्र र गुरु उपदेशव्दारा साक्षात अनुभव गर्छ, त्यसले समस्त लोक र समस्त भोगहरु प्राप्त गर्दछ, प्रजापतिले भन्छन् ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]


आचार्य, श्रीराम शर्मा, एक सौ आठ उपनिषद (तीन खण्ड), मथुरा ः युगनिर्माण योजना ।
खप्तड बाबा, (वि.सं.२०५१),धर्मविज्ञान सार संक्षेप–सम्पादक चूडानाथ भट्टराय, थापाथली काठमाडौं ः श्रीमती जयाराज्यलक्ष्मी शाह ।गीताप्रेस गोरखपुर,(वि.सं.२०६३), ईशादि नौ उपनिषद– व्याख्याकार हरिकृष्णदास गोयन्दका, गोरखपुर ः गीताप्रेस ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, ईशादि नौ उपनिषद् राजगोपालाचारी, सी, (सन् १९४९),उपनिषद्स, दिल्ली ः द हिन्दुस्तान टाइम्स लिमिटेड ।
रामकृष्ण मठ, (सन् १९४३), फोर उपनिषद्स– नागपुर, रामकृष्ण मठ ।
विश्व हिन्दु महासंघ, रुपन्देही,)वि.सं.२०६४– ६५) ॐ ज्ञानज्योति त्रैमासिक, अंक २१, २२, २३, २५, २७ विश्व हिन्दु महासंघ, रुपन्देही, वि.सं.२०६४– ६५ ।
सत्य साईबाबा, (मिति उल्लेख नभएको),उपनिषद् वाहिनी, दिल्ली ःसत्य साईबाबा बुक्स एन्ड पब्लिकेशन्स ट्रस्ट ।