ईशावास्योपनिषद
ईशोपनिषद[सम्पादन गर्नुहोस्]
परिचय[सम्पादन गर्नुहोस्]
शुक्ल यजुर्वेदको माध्यान्दिनीय संहिताको अन्तिम (चालिसौं) अध्यायको नाम इशावास्योपनिषद् हो । ईशावास्यमिदं सर्वम् भन्ने प्रारम्भिक पङ्क्तिका आधारमा प्रस्तुत उपनिषद्को नाम ईशावास्योपनिषद् रहेको देखिन्छ । यसलाई ईशोपनिषद पनि भनिन्छ । यसमा १८ पद्य छन् । यसले ब्रह्मविद्याका बारेमा प्रकाश पारेको छ । यसले निष्काम भावले कर्म गर्ने शिक्षा दिएको छ । अद्वैत भावनाको सशक्तीकरण गर्नु पनि यसको अर्को उद्देश्य हो । [१] उपनिषद कर्म उपासनाकाण्ड पछि ज्ञान काण्ड अन्तर्गत ईश उपनिषद पर्दछ । यसलाई ईशोपनिषद पनि भनिन्छ । पहिलो मन्त्रमा ईशावास्य भनिएकोले यसलाई ईशावास्य उपनिषद पनि भनिन्छ । यस उपनिषदमा १८ मन्त्रहरु छन् । शुक्ल यजुर्वेदको ४० औँ अध्यायका यी मन्त्रहरु हुन् । ईशादि नौ उपनिषद मध्ये यस उपनिषदलाई प्रथम स्थान प्राप्त छ । अन्य उपनिषदमा जस्तै यसमा पनि वक्ता र श्रोता गुरु शिष्य कसैको नाम पाईंदैन ।[२]
शान्ति पाठ[सम्पादन गर्नुहोस्]
ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते । पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।। ॐ शान्ति ॐ शान्ति ॐ शान्ति ।।[३]
ईश्वरमा पूर्णता छ । पूर्णबाट पूर्ण नै उत्पन्न हुन्छ । पूर्णबाट पूर्ण लिंदा पूर्ण नै शेष रहन्छ अर्थात्, परमात्म तत्व पूर्ण छ ।
ईशोपनिषद् श्लोक र अर्थ [४][सम्पादन गर्नुहोस्]
ॐ ईशावास्यमिद ँ् सर्वं यत्किञ्च जगत्यां जगत् ।
तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्य स्विद्धनम् ।।१।।
- संसारमा जे जति चराचर वस्तुहरु छन् ती सबैमा सर्वशक्तिमान, सर्वज्ञ, सर्वकल्याणयुक्त परमेश्वर व्याप्त छ । यदि भोगको आनन्द लिनु छ भने अनासक्त होउ अर्थात् अरुको हितमा त्याग गर्न सिक । किनभने यो (आफुले कमाएको)धन कसैको (आफ्नो) होइन ।१।
कुर्वन्नेवेह कर्माणि जिजीविषेच्छत ँ् समाः ।
एवं त्पयि नान्यथेतोऽस्ति न कमृ लिप्यते नरे ।।२।।
- स्वस्थ र निश्चिन्त रहेर दीर्घायु बांच्ने इच्छा भने त्याग गर्नु पर्छ । अर्का शब्दमा ईश्वरकालागि (व्यक्तिगत स्वार्थकालागि होइन), परमार्थ र परोपकारकालागि काम गर्नु पर्छ ।२।
असुर्या नाम ते लोका अन्धेन तमसावृत्ताः ।
ता ँ् स्ते प्रेत्याभिगच्छन्ति ये के चात्महनो जनाः ।। ३ ।।
- तर जसले केवल आफ्ना स्वार्थकालागि काम गर्छ, त्यस्ता मानिसले (त्यसले यस जीवनमा केही भौतिक सुख पाइ हाले पनि) यो शरीर छुटेपछि अन्धकार पूर्ण योनिमा जन्म लिन्छ । यसको अर्थ हो उसको मानसिक जीवन अन्धकारपूर्ण हुन्छ । यस्ता मानिसले मानसिक उच्चता प्राप्त गर्न सक्दैन र निरन्तर निम्न र निम्नतर मानसिक स्तरको हुंदै जान्छ ।३।
अनेजदेकं मनसो जवीयो नैनद्देवा आप्नुवन्पूर्वमर्षत् ।
तद्धावतोऽन्यानत्येति तिष्ठत्तस्मिन्नपो मातरिश्वा दधाति ।। ४ ।।
- (किनभने) ब्रह्माण्डमा सबभन्दा उच्च शक्ति भनेका परमेश्वर हुन् । जुन अचल छन् । एक मात्र छन् ।मनभन्दा गतिमान छन् । सृष्टिपूर्वका जानकार छन् । ज्ञानस्वरुप छन् । जुन परमेश्वरको संकल्पले नै वायु, पानी आदि दृश्य जगत निर्माण हुन्छ,लार्ई देवताहरूले पनि जान्न सक्दैनन् । ४।
तदेजति तन्नैजति तद्दुरे तद्वन्तिके ।
तदन्तरस्य सर्वस्य तदु सर्वस्यास्य बाह्यत ः ।। ५ ।।
- यस्ता अव्यक्त ईश्वर हाम्रौ नजीकभन्दा नजिकछन् । टाढाभन्दा टाढा छन् । सदा अचल छन् । सदा प्रवाहमान छन् । पूर्ण छन् । केवल एक मात्र छन् । अनन्त रूपमा छन् ।। ५।
यस्तु सर्वाणि भूतान्यात्मन्येवानुगुप्सते ।।
सर्व भूतेषु चात्मानं ततो न विजुप्सते ।। ६ ।।
- जसले संपूर्ण सृष्टिलाई आफू भित्र देख्दछ, त्यसले आफू स्वयंलाई संपूर्ण प्राणीहरूमा अनुभव गर्दछ । तसर्थ कसै प्रति घृणा, रागद्वेष गर्दैन । ईश्वरको अनुभव गर्नेले केवल आफ्नो स्वार्थकालागि मात्र काम गर्दैन ।६।
यस्मिन्सर्वाणि भूतान्यात्मैभूद्विजानतः ।
तत्र को मोहः कः शोक एकत्वमनुपश्यतः ।। ७ ।।
- जुन अवस्थामा, व्यक्तिरुप चैतन्यले अनुभवद्वारा (सुनेर पढेर होइन) संपूर्ण विश्व आत्म चैतन्य देख्छ, ईश्वरभन्दा जगत ईश्वर तत्व भिन्न छैन भन्ने अनुभव हुन्छ । त्यस स्थितिमा म शरीर हूं, शरीर मेरो हो, शरीरसंग संबन्धित पदार्थहरु मेरा हुन् भन्ने भावना र संयोग वियोगको, सुख दुख रहंदैनन् । अनि विश्वसंग एकत्व भाव अनुभव हुन जान्छ ।७।
स पर्यगाच्छुक्तमकायमव्रणमस्नायुविर ँ् शुद्धमपापविद्धम् ।
कविर्मनीषी परिभूःस्वयंर्याथातऽर्थान्व्यधाश्वतीभ्य ः समाभ्य ः ।। ८ ।।
- संपूर्ण विश्व ब्रह्माण्ड आफुमा देख्ने र आफुलाई संपूर्ण विश्व ब्रह्माण्डमा व्याप्त भएको अनुभव गर्ने शरीरधारी व्यक्ति ऐश्वर्यमय नाडी जालरहित, भौतिक शरीर रहित, शुद्धः निर्मल पापपुण्यले स्पर्श गर्न नसक्ने परमेश्वरलाई साधकहरूले अनुभव गर्न सक्छन् ।८।
अन्धं तमः प्रविशन्ति येऽविद्यामुपासते ।
ततो भूय इव ते तमो य उ विद्याया ्ँ रताः ।।९।।
- जसको मात्र पदार्थवादी दृष्टिकोण रहन्छ, त्यस्ता व्यक्तिहरु, गहन अन्धकारतर्फ जान्छन् । जो व्यक्तिहरु, विद्यामा, शब्द ज्ञान, श्रुत ज्ञान, पदार्थ ज्ञान मै, तल्लीन रहन्छन् । त्यस्ता व्यक्तिहरु त्यो भन्दा पनि गहन अन्धकारमा प्रवेश गर्दछन् ।९।
अन्यदेवाहुर्विद्ययान्यादाहुरविद्यया ।
इति शुश्रुम धीराणां ये नस्तद्विचचक्षिरे ।।१० ।।
- विद्याको उचित अनुष्ठान गर्नाले अर्थात् वास्तविक ज्ञानको उपलब्धि गर्नाले अर्कै किसिमको परिणाम हुन्छ । अर्कातिर अविद्याको मार्गमा जानाले सांसारिक इच्छापूर्तिकालागि मात्र कर्म गर्नाले भिन्नै किसिमको फल प्राप्त हुन्छ । १०।
विद्यां चाविद्यां च यस्तद्वेदोभय ्ँ सह ।
अविद्यया मृत्यु मृत्र्यु तीत्र्वां विद्ययामृतमश्नुते ।। ११ ।।
- जो मनुष्य, ज्ञानमार्ग र कर्मानुष्ठान आदि सबै रहस्य जान्दछ, त्यसले निष्काम कर्म अनुष्ठानद्वारा, मृत्यु के रहेछ भन्ने कुरा जानेर, ज्ञानस्वरुप परमात्मालाई प्राप्त गर्दछ । यस्तो मानिसको भावनामा स्वार्थ र क्षुद्रता हुंदैन । किनभने व्यक्ति अव्यक्तको अभिव्यक्ति मात्र हो भन्ने अनुभवमा पुगेर निःशोक निर्भय हुन जान्छ ११।
अन्धं तमः प्रविशन्ति येऽसंभूतिमुपासते ।
ततो भूय इव ते तमो य उ संभूत्या्ँरताः ।। १२ ।।
- जो, दृश्य जगतका पदार्थकै चाहनामा (सकाम कर्म अुष्ठान) आराधना गर्दछन् । अज्ञानमय, भोग योनिलाई नै सबै कुरा ठान्दछन् । उनीहरू बारम्बार त्यस्तै जीवनमा जन्म मरणको चक्रमा पर्दछन् ।१२।
अन्यदेवाहुः संभवादन्यदाहुरसंभवात् ।
इति शुश्रुम् धरिाणां ये नस्तद्विचचक्षिरे ।।१३।।
- अव्यक्त परमेश्वरको उपासना गर्नाले, भिन्नै किसिमको फल प्राप्त हुन्छ । ईशतत्वमा प्रतिष्ठित भएर शरीरधारी हुंदा हुंदै पनि ऊ ब्रह्मज्ञ हुन्छ । लोक कल्याणकालागि अहर्निश संलग्न रहन्छ । तर व्यक्त विषयको, आफुलाई व्यक्ति ठानेर उपासना गर्दछ भने स्वर्गादि तथा अन्यान्य भोगरुप फल प्राप्त हुन्छ ।१३।
संभूतिं तच विनाशं च यस्तद्वेदोभय ्ँ सह ।
विनाशेन मृतयुं तीत्र्वा संभूत्यामृतमश्नुते ।। १४ ।।
- जुन साधकले, अव्यक्त परमेश्वरलाई र व्यक्त ब्रह्म अर्थात् शरीरलाई दुवैलाई विवेकले तत्व वेत्ताहरूको सत्संगद्वारा, अनुभवमा ल्याउंछ भने विनाशशील, मरणशील जगतबाट, जन्म मरणको भ्रमबाट, मुक्त भएर, ईश्वर तत्वमा प्रतिष्ठित भएर सनातन आफ्नो स्वरूपमा स्थित हुन्छ । १४।
हिरण्यमयेन पात्रेण सत्यस्यपिहितामुखम् ।
तत्वं पूषन्नपावृणु सत्यधमाृय दृष्टते ।।१५ ,,
- बाहरी दृश्य जगतका आकर्षणले गर्दा सच्चिदानन्दस्वरुप परमात्माको दर्शन हुन सकेको छैन ।) त्यस कारण सत्य र धर्मको, दर्शनकालागि जे जति अवरोधहरु छन् ती सबै (अधिष्ठात्री देवता) हजुरले, हटाइ दिनुहोस् । १५।
पूषन्नेकर्षे यम सूर्य प्राजापत्य व्यूह रश्मीन्समूह ।
तेजो यत्ते रूपं कलयाणतमं तत्ते पश्यामि योऽसावसौ पुरुषः सोऽहमस्मि ।।१६ ।।
- सबैको पोष गर्ने एक मात्र तत्वदर्शी सर्व नियन्ता तपाईँले सूर्यस्वरुपभइ प्रजापतिस्वरुप प्रकाश किरणहरु एकत्र गर्नु होस् । र संपूर्ण प्रकाश समूहलाई आफुमा समेट्नु होस् । सूर्यको आत्मस्वरुप पनि परमेश्वर नै हुन् र त्यही प्रकाशको एक अंश म पनि हूं । यो अनुभव भए पछि ईश्वर एकत्वको अनुभव हुन जान्छ ।१६।
- यो अक्षर तत्व हो । यो (पाञ्चभौतिक) शरीर नाशवान छ । यसको परिणति पंचतत्वमा मिल्नु हो । तर प्राणवायु चैतन्य समष्टि सनातनरूपले रहेको छ । यसको विनाश हुंदैन । हे सच्चिदानन्द परमात्मा, प्रत्येकले यज्ञादि कर्मानुष्ठानद्वारा ठीक समयमा र ठीक विधिले तपाईँको स्मरण गरुन् । किनकि शरीर अनित्य छ केवल ईश्वर चैतन्य मात्र नित्य छ । यो कुरा सबैले याद गर्नु पर्छ । १७।
वायुरनिलममृतमथेदं भस्मान्त ्ँ शरीरम् ।
ॐ क्रतो स्मर कृत ्ँ स्मरकृत ्ँ स्मर ।। १७ ।।
- हे अग्नि देवता, हामीलाई परमप्रभु परमेश्वरको आराधना र प्रार्थना गर्न र असल मार्गमा अवलम्बन गरी सो मार्गबाट लिएर जानुहोस् । हे देव, तपाईँले मेरा सम्पूर्ण कर्महरु राम्ररी थाहा पाउनु भएको छ । किनभने ईश्वरलाई अज्ञात केही छैन । (तसर्थ) मेरो यस मार्गलाई प्रतिबन्ध गर्ने (जुन) पापहरु छन्, तिनीहरुलाइ पन्छाई दिनुहोस् । तपाईँलाई यो कुरा बारम्बार अनुरोध गर्दछु । बारम्बार नमस्कार गर्दछु ।१८।
अग्ने नय सुपथा राये अस्मान्विश्वानि देव वयुनानि विद्वान् ।
युयोध्यस्मज्जुहुराणमेनो भूयिष्ठां ते नम उक्र्ति विधेम ।। १८ ।।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ शर्मा, गोपीकृष्ण (दो.सं.२०५३), संस्कृत साहित्यको रूपरेखा काठमाडौँ : अभिनव प्रकाशन
- ↑ आचार्य, श्रीराम शर्मा (सन् २०११), १०८ उपनिषद्, (तीन खण्ड), मथुरा: युग निर्माण योजना।
- ↑ गीता प्रेस (वि.सं.२०६५), ईशादि नौ उपनिषद, गोरखपुर: गीता प्रेस।
- ↑ ज्ञवाली, बाबुराम (वि.सं.२०६६). "ईश उपनिषद". ज्ञानज्योति त्रैमासिक (अंक २८).
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
मूल ग्रन्थ[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- Translations of major Upanishads
- 11 principal Upanishads with translations
- Translations of principal Upanishads at sankaracharya.org
- Upanishads and other Vedanta texts
- डॉ मृदुल कीर्ति द्वारा उपनिषदोको हिन्दी काव्य रूपान्तरण
- Complete translation on-line into English of all 108 Upaniṣad-s [not only the 11 (or so) major ones to which the foregoing links are meagerly restricted]-- lacking, however, diacritical marks