केनोपनिषद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सामवेदको जैमिनीय शाखाको ब्राह्मण ग्रन्थको नवौँ अध्यायको नाम केनोपनिषद् हो । यसलाई ब्राह्मणोपनिषद् पनि भनिन्छ । यस उपनिषद्का चार खण्ड छन् । उपास्य ब्रह्म र निर्गुण ब्रह्मका बिच पाइने भेदको विवेचन प्रथम खण्डको प्रतिपाद्य विषय हो भने द्वितीय खण्डमा ब्रह्मको रहस्यमय रूपको वर्णन पाइन्छ । त्यसै गरी तृतीय तथा चतुर्थ खण्डमा उमा हैमवतीको मनोरम आख्यानका माध्यमबाट परब्रह्मको सर्वशक्तिमत्ता तथा देवताहरूको अल्पशक्तिमत्ताको दिक्दर्शन गरिएको छ । [१]


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. शर्मा, गोपीकृष्ण (दो.सं.२०५३), संस्कृत साहित्यको रूपरेखा काठमाडौँ : अभिनव प्रकाशन

बाह्य वस्तु[सम्पादन गर्नुहोस्]