अन्नप्राशन संस्कार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अन्नप्राशन गरेको बच्चा

अन्नप्राशन संस्कार वा पास्नी हिन्दू संस्कार अनुसार अन्नप्राशन गराइने प्रक्रिया हो । शिशु विकसित हुँदै जान्छ स्तनपानबाट प्राप्तहुने पौष्टिक आहारले मात्र शिशुको शारिरिक र मानसिक विकासका लागि पर्याप्त हुँदैन । जन्मने वित्तिकै शिशुको शरीरमा बाहिरी खाद्यान्न पचाउनसक्ने क्षमता हुँदैन, त्यसैले जन्मिएको छ महिनामा अन्नप्राशन गराइन्छ ।

महत्त्व[सम्पादन गर्ने]

अन्नप्राशनको स्पष्ट अर्थ शिशु अब पेय पदार्थ, विषेश गरी आमाको दुधमा मात्र निर्भर नहुने हुँदा अन्न ग्रहण गरी शारीरिक र मानसिक रूपमा आफूलाई बलबान् बनाउनु हो । तन र मनलाई सुदृढ बनाउनलाई अन्नको सर्वाधिक योगदान छ । शुद्ध, सात्विक एवं पौष्टिक आहारले तन र मन दुबै स्वस्थ रहन्छ । स्वस्थ तनमा नै स्वस्थ मनको निवास हुन्छ । शुद्ध र सात्विक आहारले नै अन्तस्करण शुद्ध हुन्छ तथा मन, बुद्धि, आत्मा सबैलाई पोषण मिल्छ । यसैकारण अन्नप्राशन संस्कारको हाम्रो जीवनमा विषेश महत्व रहेको छ ।

संस्कार विधि[सम्पादन गर्ने]

हिन्दू धर्मका अनुयायीहरूले जन्मको छैठौं महिनालाई अन्नप्राशनको उपयुक्त समय बताएका छन् । सो महिनामा शुभ नक्षत्र एवं शुभ दिन हेराएर यो संस्कार गरिन्छ । यस संस्कारमा दियो, कलश, गणेश र विशेष गरी ब्रह्मा, विष्णु, महेश्वरको पूजन गरिन्छ, किनभने हिन्दु धर्मले अन्नं ब्रह्मा रसो विष्णुर्भुक्ता देवो महेश्वरः भनेको छ । देवपूजन कार्य सकेपछि खिर र मिठा मिठा मिष्ठान्न शिशुलार्इ भोजन गराइन्छ । हिन्दू धर्म शास्त्रमा खिरलाई अमृत समान उत्तम मानिन्छ । हाम्रो समाजमा अन्नप्राशनका दिन आफ्ना छिमेकी, नातेदार, आफन्तजनलाई बोलाई प्रसाद खुवाउने र शिशुलाई विभिन्न उपहार दिने समेत चलन छ । [१]][१]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. डा.पोखरेल, ऋषिराम र अन्य (२०६१) कर्मकाण्ड, भक्तपुर: शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]