वेदारम्भ संस्कार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वेदारम्भ संस्कार हिन्दू धर्म अन्तर्गत सोह्र संस्कार भित्र पर्ने यो एक महत्त्वपूर्ण संस्कार हो । वैदिक सनातन वर्णाश्रम धर्मको संस्कृति नै संस्कारहरूमा अडिक छ । प्राचीनकालमा यसको विशेष महत्त्व थियो । जब बालकलाई उपनयन संस्कार गरिसके पछि उसलाई ज्ञान आर्जनका निम्ति गुरुकुल पठाउने प्रचलन थियो । गुरुकुलमा शिष्यलाई ब्रह्मचर्य ब्रत को पालन गराउने र संयमित रहने प्रतिज्ञा गराइन्थ्यो । शिष्य सम्पूर्ण परिक्षामा सफल भए पछि नै वेदारम्भको लागि योग्य भएको पुष्टि गरिन्थ्यो । आचार्यहरू आफुले उपनयन गराई आफना साथमा रहेका शिष्यहरूलाई हरेक वर्ष श्रवण नक्षत्रयुक्त वा अयुक्त श्रावणीपूर्णिमा, हस्तनक्षत्रयुक्त वा अयुक्त पञ्चमी तिथिमा अध्यायोपाकर्म सम्पन्न गरी वेद पढाउँथे । यस दिनदेखि करिव साँढे पाँच महिनासम्म स्वाध्यायाध्ययन कार्य चल्दथ्यो । त्यस पछि पौष महिनामा वेदोत्सर्ग कर्म गरी आचार्य गुरूहरू वैदिक यज्ञ-यागादि अनुष्टानतर्फ संलग्न हुन्थे ।

संस्कारहरूको महत्त्व[सम्पादन गर्नुहोस्]

वेदारम्भको विशेष व्याख्या[सम्पादन गर्नुहोस्]


सन्दर्भ[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]