निष्क्रमण संस्कार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

निष्क्रमण शिशु जन्मिएको चार महिनामा बालकलार्इ घरबाट बाहिर निकाल्नुलार्इ भनिन्छ । यस दैवी जगत्मा नवजात शिशुको आगमन पश्चात् यसप्रति प्रगाढता बढाउनु तथा परब्रह्मको नजरमा चिरपरिचित भई दीर्घकालसम्म धर्म र मर्यादामा रही यस लोकको भोग गराउनु यस संस्कारको प्रमुख उद्देश्य हो ।[स्रोत नखुलेको]

महत्त्व[सम्पादन गर्ने]

यस संस्कारमा नवजात शिशुलाई चन्द्रमा, सूर्य, पृथ्वी, लगायत समस्त प्रकृतिको दर्शन गराइन्छ । शिशुलाई भगवान् सूर्यको तेज, चन्द्रमाको शीतलता र पृथ्वीको सहनशीलताको परिकल्पना गर्दै दिन देवी देवताहरुको दर्शन गराउनुका साथै दीर्घ एवं यशस्वी जीवनकोलागि आशीर्वाद प्रदान गर्नु यसकाे महत्त्वपूर्ण पक्ष हाे । वैज्ञानिक हिसावले पनि नवजात शिशुको शरीर चार महिनासम्म बाहिरी वातावरण सँग अनुकूल हुँदैन यसर्थ तीन महिनासम्म सावधानीपूर्वक घर भित्रै राखेर विस्तारै विस्तारै बाहिरी वातावरणको सम्पर्कमा ल्याउनु उचित हुने हुँदा यस संस्कारको प्रावधान रहेको हुन सक्छ ।

संस्कार विधि[सम्पादन गर्ने]

निष्क्रमण कार्यमा पनि दियो, कलश, गणेशका साथै चन्द्र, सूर्य, पृथ्वी र अन्य इष्टदेवकाे पूजा गर्ने विधान छ । अहिले यो संस्कार प्रायः लाेप हुँदै गएको छ । [१][१]

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. डा.पोखरेल, ऋषिराम र अन्य (२०६१) कर्मकाण्ड, भक्तपुर: शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]