नामकरण संस्कार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भारतको केरलामा नामकरण संस्कार गरिदै

नामकरण संस्कार वा न्वारान हिन्दु धर्मका सोह्र संस्कारमध्ये बच्चा, युवा वा वयस्क मानिसलाई आ-आफ्नो रितिरिवाज वा प्रचलन अनुसार नाम राखिने कार्य हो । शिशु जन्मेको ११ औं दिनमा न्वारान गर्ने गरिन्छ ।

परापूर्वकालदेखि शास्त्रमा बताइए अनुसार शिशु जन्मेको १० औं दिनसम्मलाई वृद्धि सूतक मानिएको हुनाले ११ औं दिनमा यो संस्कार गर्ने चलन चलेको हुनसक्छ । कर्मकाण्ड ज्ञाता विद्वान्हरू शुभ नक्षत्र वा शुभ दिनमा यो संस्कार गर्न उचित मान्छन् ।

महत्त्व[सम्पादन गर्ने]

हाम्रो जीवनमा नामको धेरै महत्त्व हुन्छ । नामबाट नै व्यक्तित्वको विकास र प्रभाव हुने भएकोले यसको महत्त्व रहेको हो । ज्योतिष शास्त्रले नामकै आधारमा भविष्यको रूपरेखा तयार गर्दछ । हिन्दू वैदिक विधानमा शिशुको जन्म तिथि, घडी, पला, नक्षत्र, समय र स्थान आदिलाई आधार मानेर नामकरण गर्ने चलन रहेको छ । महान् एवं एेतिहासिक पुरुषको नामले बालकलार्इ बोलाउँदा उसमा मनोवैज्ञानिक प्रभाव पर्छ, यसो भन्छन् मनोविज्ञान वेत्ताहरू । यस अर्थमा पनि नामकरणको ठूलो महत्त्व रहेको देखिन्छ ।

विधि[सम्पादन गर्ने]

यस कार्यमा अग्निस्थापना र सो अनुसारको हवन, षण्डामर्क हवन आदि गरिन्छ र जन्म नक्षत्र र त्यसको पाउको अक्षरबाट नाम जुराइन्छ । त्यसपछि सो नामलार्इ दुर्इवटा पिपलका पातमा लेखेर प्राण प्रतिष्ठा गरी शिशुको आयु वृद्धि तथा र्इश्वरप्रीतिका लागि नाम देवताको पूजा गरेर ब्राह्मणद्वारा शिशुका दाहिने कानमा हे शिशो ! त्वं अमुक असि भनेर सुनाइन्छ । नाम दुर्इ अक्षर वा चार अक्षरको सरल हुनुपर्ने कुरा नामकर्म संस्कार विधिमा उल्लेख गरिएको छ । जे जसरी भएपनि हिन्दू वैदिक धर्म मान्नेहरूले यो कर्म गर्दै आएका छन् । ख[१] [१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. डा.पोखरेल, ऋषिराम र अन्य (२०६१) कर्मकाण्ड, भक्तपुर: शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]