व्रतबन्ध

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
व्रतबन्ध
Two young batuks during Upanayan Sanskar

व्रतबन्ध (चूडाकर्म पनि भनिने ) यो पुरानो समय देखि चलि आएको एक परम्परागत हिन्दु संस्कार हो। संस्कृत भाषामा व्रत भन्नाले प्रतिज्ञा बुझिन्छ भने बन्ध भन्नाले बन्धन बुझिन्छ। व्रतबन्धको प्रतीक मानिने जनै ग्रहण गर्ने धार्मिक प्रक्रिया पनि हो।

हिन्दु धर्ममा मानिसको आयुलाइ ४ भागमा विभाजन गरिन्छ - ब्रह्मचार्य (० देखि २५ वर्षसम्म), ग्रीहस्ती(२५ देखि ५० वर्षसम्म), सन्यास (५० देखि ७५ वर्षसम्म) अनि वनप्रस्थान (७५ भन्दा बढी)। जन्मेको बालक(व्रतबन्ध प्राय बालकावस्थामा नै गरिन्छ, अनि पुरूषजातिको मात्रै गरिन्छ)को उमेर ५ वर्ष पूरा भएपछि उ ब्रह्मचार्यको कर्म निर्वाह गर्न सक्षम मानिन्छ र प्राय यही उमेरमा उस्को व्रतबन्ध गरिन्छ। त्यसैले यस शुरूवातलाइ उपनयन पनि भनिन्छ।

यस व्रतबन्धको संस्कारलाइ इसाई धर्मको baptismको संसकारसँग तुलना गर्न सकिन्छ, जसअनुरूप व्रतबन्ध गरिएको बालकले धार्मिक कार्यहरूमा सहभागी हुन पाउँदछ, अनि धार्मिक कर्महरू नियमहरूको पालना पूर्ण रूपमा गर्दछ।

व्रतबन्धका विशेष लक्षणहरू[सम्पादन गर्ने]

व्रतबन्धको विशेष सूचकको रूपमा रहेको मुण्डन (केवल टुप्पी बाँकी राखेर टाउकोको सबै कपाल काट्ने प्रक्रिया) अनि जनै धारण प्रक्रिया रहेका छन्।कुनै कुनै जनै नलगाउने जातमा पनि व्रतबन्ध जस्तै छेवर गर्ने परम्परा रहि आएको छ। कुनै पनि हिन्दू धार्मिक कार्यमा झै व्रतबन्धमा पनि होम गरेझै अग्नि कुण्डमा पूजाआजा गरिन्छ। यस पूजा अन्तर्गत बालकको गुरूले बालकलाइ गायत्री मन्त्र सुनाउँछन्, जस अन्तर्गत बालकले हरेक वर्ष गुरू पूर्णिमाका दिन गुरूको मुख हेर्ने गर्दछन्।

व्रतबन्धको पद्धति[सम्पादन गर्ने]

व्रतबन्ध विशेष तिथीको दिन छानेर गरिन्छ र विहान झिसमिसेदेखि नै यसको कर्म शुरू हुन्छ। प्राथमिक क्रियाहरूमा नित्य कर्म, अनि साधारण पूजाहरू पर्दछन। प्रक्रिया त अझै अघिल्लो दिन बेलुका नै शुरू भइसकेको हुन्छ, जब केटाको शिरमा दुम्सीको काँडा जडित गेरू व्रस्त्र बेरिन्छ र व्रतबन्धको दिनको बिहानीमा मात्र त्यसलाइ निकालीन्छ। अरू पूजामा झै अग्नी कुण्ड अगाडी, अग्नीलाइ साक्षी राखी ब्रह्मचार्यका कर्म विधिहरूको प्रतीकात्मक क्रियाहरू गरिन्छ, जस्तै एकसरो गेरू लगाउने, अष्ठ बक्र (८ ठाउँमा बांगीएको लैारो), कुमण्डलु, पोटली, मृगचर्म आदि बोक्ने, भिझा माग्ने (मिझा माग्ने विधिमा बालकको मामाको साथलाइ अनिवार्य मानिन्छ)। पारम्परिक विधि अनुरूप बालक अनि गुरूको आष्रम गएर वेदको अध्ययन गर्दछन्। तर अहिले यो विधि प्रतीकात्मक रूपमा मात्रै जिवित छ। मामाको भूमिका यहाँ महत्वपूर्ण मानिन्छ। ब्रह्मचार्यबाट बालकलाइ गृहस्त जीवन निर्वाहगर्न प्रोत्साहन गर्ने जिम्मा मामाको हुन्छ। प्रतीकात्मक रूपमा भएपनि आजपनि बालकले सांसारीक माया, मोह त्यागेर आश्रम जाने चेष्टा गर्ने अनि मामाले द्रव्य अनि विलासको मोह देखाएर गृहस्त जीवनतर्फ फर्काउने अभिनय गरिन्छ।

व्रतबन्धको प्रतिक स्वरूप बालकले जनै ग्रहण गर्दछ अनि त्यस उपरान्त सदैव चोखो खाने, सत्कर्ममा लाग्ने, जनै ग्रहण गर्ने, भगवानको जप गर्ने, गायत्री मन्त्रको जप गर्ने, खानु अगाडी औसनि अर्पण गर्ने जस्ता नित्य कर्महरूको पालन गर्ने प्रण गर्दछ।