गर्भाधान संस्कार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

विषयप्रवेश[सम्पादन गर्ने]

संस्कार संस्कृत शब्द हाे । यसकाे अङ्ग्रेजी पर्यायवाची शब्दका रूपमा अंगेजीकाे sacrament, correctness, purification, purity अादि शब्दहरूलार्इ लिन सकिन्छ भने संस्कृतमा पवित्र, परिपूत, मेध्य, शुचि अादि शब्दहरूलार्इ लिन सकिन्छ । संस्कारकाे सामान्य अर्थ हुन्छ कुनै वस्तु वा व्यक्तिलार्इ संस्कृत बनाउनु अर्थात् शुद्ध पार्नु । सागलार्इ केलाएर पखाल्नु, चामलमा रहेका बियाँ टिपेर पखाल्नु वस्तु संस्कारकाे एउटा उदाहरण हाे । त्यसैगरी मानिसका मन, वचन, कर्म तथा शरीरलार्इ पवित्र बनाउनु पनि संस्कार हाे । प्रत्येक सुसंस्कृत कार्यकाे धार्मिक महत्त्वका साथै वैज्ञानिक महत्त्व पनि हुन्छ । शिशुकाे जन्मदेखि मृत्युसम्मका संस्कारले मानिसका मानसिक, शारीरिक बाैद्धिक एवं मनाेवैज्ञानिक सुद्धीकरण गर्दछ ।

परिचय[सम्पादन गर्ने]

महिलाले गर्भ धारण गर्नु अघि गरिने संस्कारलार्इ संस्कृत भाषामा गर्भाधान संस्कार भनिन्छ भने अङ्ग्रेजी भाषामा impregnation-rite, fertilization-rite, impregnation-rite, conception-rite भनिन्छ । कुनै पनि अन्नकाे बिउबिजन खेतबारीमा छर्नु अघि शुद्धीकरण गर्नु पनि गर्भाधान संस्कार जस्तै हाे । गर्भ रहनका लागि कुनै बाधा व्यवधान नहाेस् भनेर याे कार्य गरिन्छ । हाम्रो हिन्दुवैदिक १६ संस्कारमध्ये गर्भाधान संस्कार पहिलो हो । गृहस्थ जीवनमा प्रवेश गरेपछिको प्रथम कर्तव्यका रूपमा यसलाई लिने गरेको पाइन्छ ।

महत्त्व[सम्पादन गर्ने]

गार्हस्थ जीवनको प्रमुख उद्देश्य श्रेष्ठ सन्तानोत्पादन हो, त्यसैले यस संस्कारलाई हाम्रा धर्मशास्त्रले महत्त्व दिएको हुनुपर्छ । उत्तम सन्तानको इच्छा राख्ने मातापिताले गर्भाधान हुनु अघि आफ्नो तन र मनको पवित्रताका लागि गर्भाधान संस्कार गर्नुपर्ने शास्त्रीय विधान छ । वर्तमान समयमा याे संस्कार लाेप हुदै गएकाे देखिन्छ । प्राचीन कालमा जनसङ्ख्या बढाउने उद्देश्य रहेका कारण याे अनिवार्य थियाे भने वर्तमान समयमा जनसङ्ख्याकाे चापले पनि यसकाे महत्त्व घट्दै गएकाे हुनसक्छ ।

संस्कार विधि[सम्पादन गर्ने]

शास्त्रले गर्भाधानका निमित्त उत्तम तिथि, बार, नक्षत्रको निर्देश गरेकोछ । यसमा मघा, रेवती, ज्येष्ठा नक्षत्रलार्इ वर्जित गरेकाे छ । पूर्वाङ्गका रूपमा गर्भाधान पूर्व दीप, कलश, गणेश पूजन तथा मातृका पूजन, नान्दी श्राद्ध, आदि गर्नुपर्ने प्रावधान पनि रहेको छ । [१] [१]

सन्दर्भ स्रोत[सम्पादन गर्ने]

  1. डा.पोखरेल, ऋषिराम र अन्य (२०६१) कर्मकाण्ड, भक्तपुर : शिक्षा तथा खेलकुद मन्त्रालय, [[पाठ्यक्रम विकास केन्द्र]]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]