शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)
शिक्षा मन्त्रालय | |
निकाय विवरण | |
---|---|
प्रधान कार्यालय | सिंहदरबार, काठमाडौँ |
मन्त्री | |
वेबसाइट | moestys |
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय नेपालमा शिक्षा, विज्ञान तथा प्रविधि सम्बन्धी कार्यहरू गर्ने नेपाल सरकारको सर्वोच्च निकाय हो।[१][२][३] यस मन्त्रालयको मुख्य कार्य नेपालभरि गरिने शैक्षिक, विज्ञान तथा प्राविधिक क्रियाकलापहरूको व्यवस्थित ढङ्गले सञ्चालन गर्नु गराउनु हो। देशमा सञ्चालित सम्पूर्ण शिक्षण, विज्ञान तथा प्रविधि संस्थाहरूको संरक्षण गरि सञ्चालनका लागि योजना, व्यवस्थापन र सेवा उपलब्ध गराउने यस मन्त्रालयको मुख्य दायित्व हो। शिक्षा, विज्ञान तथा प्रविधिको राष्ट्रिय उद्देश्य पुरा गर्नको लागि मन्त्रालय, केन्द्रीय तथा अन्तर्गतका निकाय तथा सम्वद्ध स्वायत्त संस्थाहरू कार्यरत छन्। वि.सं. २०५७ वैशाख ६ गते नेपाल सरकारले तत्कालिन शिक्षा मन्त्रालयभित्र खेलकुद समेत गाभेर यस मन्त्रालयको नाम शिक्षा तथा खेलकुद मन्त्रालय राखेको थियो। वि.सं. २०७४ मा तत्कालिन ओली मन्त्रिपरिषद्ले यस मन्त्रालयको संविभाग विस्तार गरि तत्कालीन शिक्षा मन्त्रालयमा विज्ञान तथा प्रविधि मन्त्रालय गाभेर विज्ञान तथा प्रविधि मन्त्रालयलाई खारेज गरेको थियो।[४] वर्तमान समयमा यो मन्त्रालयको जिम्मेवारी नेपाल सरकारको मन्त्री देवेन्द्र पौडेलले सम्हाली रहेका छन्।
इतिहास[सम्पादन गर्नुहोस्]
वि.सं. २००७ सालको परिवर्तन पछि स्थापित पहिलो सरकारसँगै शिक्षा मन्त्रालयको नाउँ अनुसार यस मन्त्रालयको स्थापना भएको हो।
मन्त्रालय अन्तर्गतका निकायहरू[सम्पादन गर्नुहोस्]
- शिक्षा विभाग
- पाठ्यक्रम विकास केन्द्र
- परीक्षा नियन्त्रण कार्यालय
- शैक्षिक जनशक्ति विकास केन्द्र
- अनौपचारिक शिक्षा केन्द्र
- विद्यालय शिक्षक किताबखाना
- क्षेत्रीय शिक्षा निर्देशनालयहरू
- जिल्ला शिक्षा कार्यालयहरू
- शिक्षाका लागि खाद्य कार्यक्रम परियोजना
- जनसंङख्या शिक्षा एकाइ
- विद्यालय निरीक्षणालय
- परिवर्तन व्यवस्थापन एकाइ
- सूचना प्रविधि प्रतिष्ठान
आयोगहरू[सम्पादन गर्नुहोस्]
विश्वविद्यालयहरू[सम्पादन गर्नुहोस्]
- त्रिभुवन विश्वविद्यालय
- महेन्द्र संस्कृत विश्वविद्यालय
- काठमाडौँ विश्वविद्यालय
- पूर्वाञ्चल विश्वविद्यालय
- पोखरा विश्वविद्यालय
- लुम्बिनी वौद्ध विश्वविद्यालय
- मध्य पश्चिम विश्वविद्यालय
- सुदुर पश्चिम विश्वविद्यालय
परिषदहरू[सम्पादन गर्नुहोस्]
- उच्च माध्यमिक शिक्षा परिषद्
- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्
- राष्ट्रिय खेलकुद परिषद्, नेपाल
पुस्तकालयहरू[सम्पादन गर्नुहोस्]
अन्य निकायहरू[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Education, Ministry of (१५ अक्टोबर २०१७), "Ministry of Education , Singhdurbar, Kathmandu, Nepal", Mor.gov.np, अन्तिम पहुँच १४ अक्टोबर २०१७।
- ↑ "Read online latest news and articles from Nepal.", Ekantipur.com, अन्तिम पहुँच १४ अक्टोबर २०१७। वेब्याक मेसिन अभिलेखिकरण २० जनवरी २०१५ मिति
- ↑ "Latest Education News - Page 1", Edusanjal, अन्तिम पहुँच १४ अक्टोबर २०१७। वेब्याक मेसिन अभिलेखिकरण ५ मार्च २०१४ मिति
- ↑ "Government restructuring its ministries", República, अन्तिम पहुँच २० मार्च २०१८।