सामग्रीमा जानुहोस्

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

शिक्षा मन्त्रालय
निकाय विवरण
गठनवि.सं २००७
अधिकार क्षेत्रनेपाल सरकार
प्रधान कार्यालयसिंहदरबार, काठमाडौँ
मन्त्री
वेबसाइटmoest.gov.np

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय नेपालमा शिक्षा, विज्ञान तथा प्रविधि सम्बन्धी कार्यहरू गर्ने नेपाल सरकारको सर्वोच्च निकाय हो।[][][] यस मन्त्रालयको मुख्य कार्य नेपालभरि गरिने शैक्षिक, विज्ञान तथा प्राविधिक क्रियाकलापहरूको व्यवस्थित ढङ्गले सञ्चालन गर्नु गराउनु हो। देशमा सञ्चालित सम्पूर्ण शिक्षण, विज्ञान तथा प्रविधि संस्थाहरूको संरक्षण गरि सञ्चालनका लागि योजना, व्यवस्थापन र सेवा उपलब्ध गराउने यस मन्त्रालयको मुख्य दायित्व हो। शिक्षा, विज्ञान तथा प्रविधिको राष्ट्रिय उद्देश्य पुरा गर्नको लागि मन्त्रालय, केन्द्रीय तथा अन्तर्गतका निकाय तथा सम्वद्ध स्वायत्त संस्थाहरू कार्यरत छन्। वि.सं. २०५७ वैशाख ६ गते नेपाल सरकारले तत्कालिन शिक्षा मन्त्रालय भित्र खेलकुद समेत गाभेर यस मन्त्रालयको नाम शिक्षा तथा खेलकुद मन्त्रालय राखेको थियो। वि.सं. २०७४ मा तत्कालिन ओली मन्त्रिपरिषद्ले यस मन्त्रालयको विभाग विस्तार गरि तत्कालीन शिक्षा मन्त्रालयमा विज्ञान तथा प्रविधि मन्त्रालय गाभेर विज्ञान तथा प्रविधि मन्त्रालयलाई खारेज गरेको थियो।[] वर्तमान समयमा यो मन्त्रालयको जिम्मेवारी नेपाल सरकारको मन्त्री रघुजी पन्तले सम्हाली रहेका छन्।

वि.सं. २००७ सालको परिवर्तन पछि स्थापित पहिलो सरकारसँगै शिक्षा मन्त्रालयको नाउँ अनुसार यस मन्त्रालयको स्थापना भएको थियो।

पूर्व शिक्षामन्त्रीहरू

[सम्पादन गर्नुहोस्]

वि.सं २००७ देखि २०६९ सालसम्म नेपालका शिक्षा मन्त्रीहरू निम्न रहेका छन्:[]

क्रममन्त्री भएको वर्ष (वि.सं)नाम
२००७नृपजङ्ग राणा
२००९शारदा शमशेर
२०१०त्रिपुखारसिंह प्रधान
२०१०डिल्लीरमण रेग्मी
२०१२बालचन्द्र शर्मा
२०१४लक्ष्मीप्रसाद देवकोटा
२०१५रणधीर सुब्बा
२०१६पर्शुनारायण चौधरी
२०१७अनिरुद्रप्रसाद सिंह
१०२०१८विश्ववन्धु थापा
११२०१९कृतिनिधि विष्ट
१२२०२२पुष्करनाथ उप्रेती
१३२०२३कृतिनिधि विष्ट
१४२०२४सुरेन्द्रबहादुर बस्नेत
१५२०२५गेहेन्द्रबहादुर राजभण्डारी
१६२०२५वासुदेवप्रसाद ढुङ्गाना
१७२०२६नरेन्द्रकुमार प्रधान
१८२०२८ज्ञानेन्द्रबहादुर कार्की
१९२०३०कृष्णराज अर्याल
२०२०३२राधाप्रसाद घिमिरे
२१२०३३तर्कबहादुर गुरुङ
२२२०३५पशुपतिशमशेर जबरा
२३२०३६डम्बरनाथ यादव
२४२०३७मरिचमान सिंह श्रेष्ठ
२५२०३८नारायणदत्त भट्ट
२६२०४०फतेसिंह थारु
२७२०४१रणधीर सुब्बा
२८२०४३केशरबहादुर विष्ट
२९२०४४पर्शुनारायण चौधरी
३०२०३६अचुतराज रेग्मी
३१२०३७केशरजङ्ग रायमाझी
३२२०४८रामहरी जोशी
३३२०४८गोविन्दराज जोशी
३४२०५१मोदनाथ प्रश्रित
३५२०५२गोविन्दराज जोशी
३६२०५३देवीप्रसाद ओझा
३७२०५५अर्जुननरसिंह केसी
३८२०५५कुलबहादुर गुरुङ
३९२०५६योगप्रसाद उपाध्याय
४०२०५८ओमप्रसाद उपाध्याय
४१२०५९देवीप्रसाद ओझा
४२२०६०हरिबहादुर बस्नेत
४३२०६१विमलेन्द्र निधि
४४२०६१राधाकृष्ण मैनाली
४५२०६३मङ्गलसिद्धि मानन्धर
४६२०६४प्रदिप नेपाल
४७२०६५रेणुकुमारी यादव
४८२०६६रामचन्द्र कुशवाहा
४९२०६७गङ्गालाल तुलाधर
५०२०६८दिनानाथ शर्मा
५१२०६९माधवप्रसाद पौडेल

वि.सं २०७०- हाल

[सम्पादन गर्नुहोस्]
क्रम नाम दल कार्यकाल सुरु कार्यकाल अन्त्य विभाग
चित्रलेखा यादव[]नेपाली काङ्ग्रेस२०७० फागुन १३२०७२ असोज २५ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
गिरीराजमणि पोखरेल[]नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)२०७२ कार्तिक २२०७३ असार २९
धनिराम पौडेल[]नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)२०७३ साउन ३०२०७४ जेठ १७
गोपालमान श्रेष्ठ[]नेपाल लोकतान्त्रिक फोरम२०७४ जेठ २३२०७४ फागुन ३
गिरीराजमणि पोखरेल[१०]नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)२०७४ चैत २२०७७ पुस ५
कृष्णगोपाल श्रेष्ठनेकपा (एमाले)२०७७ पुस १०२०७८ असार २९
देवेन्द्र पौडेलनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)२०७८ असोज २२२०७९ पुस ११
शिशिर खनालराष्ट्रिय स्वतन्त्र पार्टी२०७९ माघ ३२०७९ माघ २२
अशोक राईजनता समाजवादी पार्टी, नेपाल२०७९ चैत १७२०८० फागुन २१
१०सुमना श्रेष्ठराष्ट्रिय स्वतन्त्र पार्टी[११]२०८० फागुन २३२०८१ असार ३१
११विद्या भट्टराईनेकपा (एमाले)२०८१ असार ३१२०८२ वैशाख ९
१२रघुजी पन्तनेकपा (एमाले)२०८२ वैशाख १०बहालवाला

मन्त्रालय अन्तर्गतका निकायहरू

[सम्पादन गर्नुहोस्]

विश्वविद्यालयहरू

[सम्पादन गर्नुहोस्]

पुस्तकालयहरू

[सम्पादन गर्नुहोस्]

अन्य निकायहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Education, Ministry of (१५ अक्टोबर २०१७), "Ministry of Education , Singhdurbar, Kathmandu, Nepal", Mor.gov.np, अन्तिम पहुँच १४ अक्टोबर २०१७
  2. "Read online latest news and articles from Nepal.", Ekantipur.com, अन्तिम पहुँच १४ अक्टोबर २०१७ अभिलेखिकरण २० जनवरी २०१५ वेब्याक मेसिन
  3. "Latest Education News - Page 1", Edusanjal, अन्तिम पहुँच १४ अक्टोबर २०१७ अभिलेखिकरण ५ मार्च २०१४ वेब्याक मेसिन
  4. "Government restructuring its ministries", República, अन्तिम पहुँच २० मार्च २०१८
  5. "Education Ministers of Nepal", एडु सञ्जाल, अन्तिम पहुँच ११ असार २०८१
  6. "Meet the new cabinet of ministers", Nepali Times, अन्तिम पहुँच १ अक्टोबर २०१७
  7. "9 ministers sworn in", The Kathmandu Post, अन्तिम पहुँच १२ अक्टोबर २०१७
  8. "Five new ministers sworn in", Setopati, अन्तिम पहुँच १२ अक्टोबर २०१७ अभिलेखिकरण ३० अक्टोबर २०१७ वेब्याक मेसिन
  9. "Deuba sworn in as 40th PM, forms Cabinet by inducting 7 ministers", The Kathmandu Post, अन्तिम पहुँच २० अक्टोबर २०१७
  10. "PM inducts 15 new ministers in his Cabinet", The Kathmandu Post, अन्तिम पहुँच १ अप्रिल २०१८
  11. "कुन पार्टीबाट को भए मन्त्री", सेतोपाटी, अन्तिम पहुँच ६ मार्च २०२४

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]