संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (नेपाल)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल सरकारको पर्यटन, संस्कृति तथा नागरिक उड्डयन सम्बन्धि कार्यहरू गर्ने सर्बोच्च निकाय हो। विभिन्न समयमा विभिन्न मन्त्रालय अन्तरगत रहेका विभागहरूलाई मिलाएर वि.सं. २०५७ देखि यो मन्त्रालय अस्तित्वमा आएको हो। नेपालमा पर्यटन उद्योगको विकासमा नेतृत्व गर्नु, सांस्कृतिक धरोहरहरूको संरक्षण र प्रचारप्रसार गर्नु तथा हवाई सेवाको प्रवर्धन गर्नु यसको प्रमुख कार्यहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

बि.सं. २०१६ सालमा तत्कालिन अधिराजकुमार हिमालय विक्रम शाहको अध्यक्षतामा पर्यटन बोर्डको स्थापना गरिएको थियो। त्यस पछि वि.सं. २०१८ सालमा श्री ५को सरकारले निर्माण तथा यातायात मन्त्रालय अर्न्तर्गत पर्यटन विभागको स्थापना गर्‍यो। पर्यटन क्षेत्रको नियोजित तथा योजनाबद्ध विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले बि.सं. २०३४ सालमा छुट्टै मन्त्रालयको रूपमा पर्यटन मन्त्रालयको स्थापना गर्‍यो। सुरूमा पर्यटन क्षेत्रलाई मात्र आबद्ध गरी पर्यटन मन्त्रालय नामाकरण गरिएकोमा इ.सं. १९८२मा निर्माण तथा यातायात मन्त्रालय अर्न्तर्गतको हवाई विभागलाई समेत गाभी यसलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामाकरण गरियो। यसका साथै नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०५७/१/६ गतेको निर्णयबाट युवा खेलकुद तथा संस्कृति मन्त्रालय विघटन गरी संस्कृतिको कार्य समेत यस मन्त्रालयमा थपियो र नयाँ नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय राखियो।

उद्देश्यहरू[सम्पादन गर्ने]

  • देशमा रहेको सांस्कृतिक विविधताको संरक्षण र सर्म्बर्द्धन,
  • हवाई सेवाको सुरक्षित र भरपर्दो विकास गरी राष्ट्रिय विकासमा टेवा पुर्‍याउने,
  • पर्यटन क्षेत्रलाई देशको मुख्य आर्थिक क्षेत्रको रूपमा विकास गर्ने,
  • प्राकृतिक र सांस्कृतिक वातावरणको संरक्षण गर्दै पर्यटकीय क्रियाकलापहरूको बृद्धि गर्ने,
  • सुरक्षित, भरपर्दो, प्रभावकारी र मितव्ययी हवाई सेवाको विकास गर्ने,
  • सांस्कृतिक तथा पुरातात्विक सम्पदा संरक्षण र सुदृढीकरण गर्ने,
  • नेपाल आउनको लागि हवाई उडानका सीटहरू बढी उपलब्ध गराउने,
  • आन्तरिक हवाई सेवामा सुधार गर्ने,
  • उडान सुरक्षा व्यवस्थालाई मजबुत बनाउने,
  • देशमा अद्वितीय पयर्ट न क्रियाकलापहरूको प्रबर्द्धन गर्ने,
  • पर्यटकको औसत बर्साई बढाउने,
  • पर्यटकको प्रतिव्यक्ति खर्च बढाउने,
  • पर्यटन उद्योगको लागि सहुलियत प्रदान गर्ने,
  • पर्यटन आकर्षाका बारेमा प्रचार प्रसार गर्ने,
  • साहित्य, कला, संगीत, लगायतका रचना सम्बन्धी प्रतिलिपी अधिकारको संरक्षण र सर्म्बर्द्धन गर्ने।

कार्यक्षेत्र र जिम्मेवारी[सम्पादन गर्ने]

नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०५७मा यस मन्त्रालयलाई देहाय बमोजिमका कार्यक्षेत्रहरू तोकिएका छन्mm

  • तथा पुरातात्विक अन्वेषणउत्खनन कार्य गर्ने गराउने सम्बन्धी,
  • देश बाहिर लगिने पुरातात्विक सामानहरूको जाँच र अनुमति सम्बन्धी,
  • सङ्ग्रहालयअभिलेखालयहरू सम्बन्धी,
  • प्रतिलिपी अधिकार सम्बन्धी,
  • पुरातात्विक विषयमा प्रतिलिपी अधिकार सम्बन्धी,
  • देशमा विद्यमान सांस्कृतिक धरोहरहरूको संरक्षण सम्बन्धी,
  • संस्कृति सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता, सांस्कृतिक आदान-प्रदान तथा अध्ययन र अनुसन्धान सम्बन्धी,
  • नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, बृहत्तर

जनकपुर क्षेत्र विकास परिषद्, सांस्कृतिक संस्थान र अन्य सांस्कृतिक संस्था एवम् समितिहरू सम्बन्धी,

  • विभिन्न धर्म, जात, जाति, सम्प्रदाय, भाषा, भाषिकाहरू, साहित्य, लिपि, कला र संस्कृतिको

विकास सम्बन्धी,

  • विमानस्थलको निर्माण, मर्मत तथा सम्भार एवम् पर््रबर्द्धन सम्बन्धी,
  • हवाई यातायात तथा परिवहनको सञ्चालन तथा व्यवस्था सम्बन्धी,
  • हवाई यातायात सम्बन्धी संस्थान, प्राधिकरण तथा सङ्गठनहरू सम्बन्धी,
  • नेपाल इन्जिनियरिङ्ग सेवा अर्न्तर्गत देहायका समूह सम्बन्धी नियुक्ति, सरुवा, बढुवा, सुरू
  • नियुक्तिको न्यूनतम शैक्षिक योग्यता र बढुवामा गणना हुने सम्बन्धित विषयको शैक्षिक
  • योग्यताको निर्धारण तथा विभागीय कारवाही आदि सम्बन्धी।
    • एरोनटिकल इन्जिनियरिङ्ग समूह
    • इलेक्ट्रोनिक एण्ड टेलिकम्प्युनिकेशन इन्जिनियरिङ्ग समूह
    • सिभिल एभिएसन अपरेसन तथा इन्जिनियरिङ्ग समूह

मन्त्रालय अर्न्तर्गतका निकायहरू[सम्पादन गर्ने]

आधिकारीक वेबसाईट[सम्पादन गर्ने]

www.tourism.gov.np